अच्युत पुरी/नयाँ पत्रिका काठमाडौं, १५ चैत | चैत १५, २०७४

कुल अन्तर्राष्ट्रिय व्यापार १४० देशसँग, आयात १२९ देशबाट, निर्यात १०२ देशमा
अन्तर्राष्ट्रिय व्यापारमा नेपाली वस्तु निर्यातको हिस्सा अत्यन्त कम अर्थात् ६ दशमलव ९ प्रतिशत मात्र छ । तर, निर्यातको सानो हिस्सा भए पनि नेपाली उत्पादन सयभन्दा बढी मुलुकसम्म फैलिएको छ । भन्सार विभागको सा महिनाको तथ्यांकअनुसार अहिले नेपालसँग १ लाख रुपैयाँभन्दा माथिको अन्तर्राष्ट्रिय व्यापार हुने मुलुकको संख्या १ सय ४० पुगेको छ ।

त्यसमध्ये नेपाली उत्पादन १ सय २ वटा मुलुकमा निर्यात हुन्छ । नेपालले उपभोगका लागि आवश्यक सामान भने १ सय २९ मुलुकबाट आयात गरिरहेको छ ।
चालू आर्थिक वर्षको ०७४/७५ को ७ महिनामा कुल ६ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँबराबरको आयात भएको छ । यही समयमा ४७ अर्ब ६२ करोड रुपैयाँको वस्तु मात्र नेपालबाट निर्यात भएको छ । तथ्यांकअनुसार कुल व्यापारमा आयातको हिस्सा ९३ दशमलव ३ प्रतिशत देखिन्छ ।
नेपालले बढी वस्तु निर्यात गर्ने मुलुक
भारत : २७ अर्ब १५ करोड
अमेरिका : ५ अर्ब २ करोड
टर्की : २ अर्ब ८० करोड
जर्मनी : १ अर्ब ७९ करोड
चीन : १ अर्ब ७७ करोड
बेलायत : १ अर्ब ७० करोड
भारत : २७ अर्ब १५ करोड
अमेरिका : ५ अर्ब २ करोड
टर्की : २ अर्ब ८० करोड
जर्मनी : १ अर्ब ७९ करोड
चीन : १ अर्ब ७७ करोड
बेलायत : १ अर्ब ७० करोड
नेपालले बढी वस्तु आयात गर्ने मुलुक
भारत : ४ खर्ब ३२ करोड
चीन : ८८ अर्ब ५६ करोड
इन्डोनेसिया : ७ अर्ब ६३ करोड
अर्जेन्टिना : ७ अर्ब ४८ करोड
थाइल्यान्ड : ७ अर्ब १० करोड
भियतनाम : ६ अर्ब ९१ करोड
भारत : ४ खर्ब ३२ करोड
चीन : ८८ अर्ब ५६ करोड
इन्डोनेसिया : ७ अर्ब ६३ करोड
अर्जेन्टिना : ७ अर्ब ४८ करोड
थाइल्यान्ड : ७ अर्ब १० करोड
भियतनाम : ६ अर्ब ९१ करोड
७ महिनामा ६ खर्ब १३ अर्ब व्यापार घाटा
चालू आर्थिक वर्षको ७ महिनामा नेपालको व्यापार घाटा ६ खर्ब १३ अर्ब पुगेको छ । विशेषगरी पेट्रोलियम पदार्थ, विलासिता तथा उपयोगमा आधारित वस्तुको उच्च आयातले नेपाली रकम बिदेसिने गरेको छ । त्यसको तुलनामा निर्यात भने ज्यादै कमजोर छ । अघिल्लो आव ०७३/७४ को सोही अवधिमा व्यापारघाटा ५ खर्ब ९८ करोड थियो । समीक्षा अवधिमा व्यापार घाटा १८ दशमलव ३९ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
चालू आर्थिक वर्षको ७ महिनामा नेपालको व्यापार घाटा ६ खर्ब १३ अर्ब पुगेको छ । विशेषगरी पेट्रोलियम पदार्थ, विलासिता तथा उपयोगमा आधारित वस्तुको उच्च आयातले नेपाली रकम बिदेसिने गरेको छ । त्यसको तुलनामा निर्यात भने ज्यादै कमजोर छ । अघिल्लो आव ०७३/७४ को सोही अवधिमा व्यापारघाटा ५ खर्ब ९८ करोड थियो । समीक्षा अवधिमा व्यापार घाटा १८ दशमलव ३९ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
७ महिनामा बढी आयात हुने वस्तु
पेट्रोलियम : ९७ अर्ब ७० करोड
मेसिनरी पार्टपुर्जा : ७० अर्ब ७ करोड
फलाम तथा स्टिल : ६२ अर्ब ९ करोड
सवारीसाधन : ४९ अर्ब ८४ करोड
विद्युतीय सामग्री : ४५ अर्ब २६ करोड
पेट्रोलियम : ९७ अर्ब ७० करोड
मेसिनरी पार्टपुर्जा : ७० अर्ब ७ करोड
फलाम तथा स्टिल : ६२ अर्ब ९ करोड
सवारीसाधन : ४९ अर्ब ८४ करोड
विद्युतीय सामग्री : ४५ अर्ब २६ करोड
http://www.enayapatrika.com/2018/03/29/35429/
Comments
Post a Comment