अच्युत पुरी/नयाँ पत्रिका काठमाडौं, २१ चैत |
विकल्पमा ६ ट्विनअटर र २ न्यारोबडी जहाज किन्ने तयारी
–
नेपाल वायुसेवा निगमले डेढ वर्षभित्र पुराना सबै जहाज विस्थापित गर्ने भएको छ । निगमले अहिले आन्तरिक उडानतर्फ ३ पुराना ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ एउटा बोइङ ७५७ जहाज उडाइरहेको छ । यी जहाज अबको डेढ वर्षभित्र प्रतिस्थापन गरी नयाँ जहाज किन्ने तयारी भएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।

सन् १९५८ मा २८ सिट क्षमताको ‘डग्लास डिसी–३ डाकोटा’ जहाजबाट सेवा सुरु गरेको निगमले सन् २०१५ मा अन्तर्राष्ट्रियतर्फ नयाँ जहाज ‘एयरबस ३२०’ किनेको थियो । आन्तरिकतर्फ भने सन् २०१४ मा चीनमा निर्मित ‘एमए६०’ र ‘वाई१२ई’ जहाज भित्र्याएको थियो । अन्तर्राष्ट्रियतर्फ निगमले २८ वर्षपछि नयाँ जहाज जोडेको थियो । निगमले सन् १९८७ मा दुईवटा बोइङ ७५७ जहाज किनेको थियो।
आन्तरिकतर्फ भने निगमले पहिलोपटक सन् १९७१ मा ट्विनअटर जहाज ल्याएको थियो । अहिले निगमसँग उपलब्ध ३ ट्विनअटर जहाजमध्ये एउटा मात्र उडिरहेको छ । निगमले यसै वर्ष मात्र पुरानो बोइङ ७५७ जहाज बेचिसकेको छ । यसै आवभित्र निगमको इतिहासमा पहिलोपटक दुईवटा वाइडबडी (ठूलो क्षमताका) जहाज भित्रने प्रक्रियामा छन् । महानिर्देशक कंसाकारका अनुसार १५ जुन (जेठ अन्तिम साता)सम्म एउटा वाइडबडी जहाज नेपाल आइसक्छ ।
१८ महिनाभित्र थप ८ नयाँ जहाज
निगमले पुराना जहाजको विकल्पमा १८ महिनाभित्र आन्तरिकतर्फ ६ वटा भाइकिङ ट्विनअटर जहाज किन्दै छ भने दुईवटा एयरबस ३२० खरिद हुनेछन् । जहाज खरिद प्रक्रिया सुरु भइसकेको निगमले जानकारी दिएको छ । ट्विनअटर १९ सिट क्षमताको हो । यो निगमसँग भएको पुरानै मोडलको जहाज हो । एयरबस ३२० भने १ सय ५८ सिट क्षमताको जहाज हो । निगमले अहिले दुईवटा एयरबस ३२० जहाजबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

ठूला जहाजको इन्जिन मर्मतमा वार्षिक ७२ करोड खर्च
नेपाल वायुसेवा निगमले निकट भविष्यमा भित्र्याउन लागेको दुईवटा ठूला जहाज एयरबस ३३० मा बेलायती कम्पनी ‘रोल्स रोयस’का इन्जिन छन् । निगमले यी इन्जिनको मर्मत–सम्भारको जिम्मा सोही इन्जिन निर्माता कम्पनीलाई दिने भएको छ । निगमका अनुसार आगामी १२ वर्षसम्म यी दुई जहाजमा राखिएका चारवटा इन्जिन संसारको जुन कुनामा खराबी आए पनि यही कम्पनीले मर्मत गरिदिनेछ । त्यसका लागि करिब मासिक ६ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने निगमको अनुमान छ । महाप्रबन्धक कंसाकारका अनुसार निगम पहिलोपटक यस्तो अवधारणामा जाँदै छ । ‘अहिलेसम्म जहाजको इन्जिनमा सानो समस्या आए पनि मर्मत गर्ने कम्पनी छनोट गर्दा लामो समय लागेर करोडौँ आम्दानी गुम्ने अवस्था छ,’ उनले भने, ‘अब सोही कम्पनीले तत्काल मर्मत गरिदिनेछ ।’

निगमले चारवटा इन्जिनको मर्मतका लागि मासिक शुल्क तिरेपछि इन्जिन मर्मतमा जति खर्च लागे पनि कम्पनीले नै बेहोर्ने उनले बताए । कुनै इन्जिन काम नलाग्ने अवस्थामा पुग्यो भने जगेडा इन्जिनको जोहो पनि सोही कम्पनीले गर्ने निगमको भनाइ छ । निगमले अहिले चलाइरहेका पुराना जहाजको इन्जिन मर्मतमा मात्र आम्दानीको ठूलो हिस्सा खर्च भइरहेको महाप्रबन्धक कंसाकारले बताए ।
कमजोरीको चाङमा निगम
नेपाल एयरलाइन्सले अहिले अन्तर्राष्ट्रिय गन्तव्यतर्फ उपलब्ध ३ जहाज (एउटा बोइङ ७५७ र दुईवटा ए३२०) बाट ८ गन्तव्यमा उडान गरिरहेको छ । सन् १९९० मा ११ अन्तर्राष्ट्रिय र ३९ आन्तरिक विमानस्थलमा सेवा दिएको कम्पनी विभिन्न राजनीतिक दाउपेचको सिकारले झन्डै धरासायी हुने अवस्थामा पुगेको छ । उक्त समय निगमस“ग १९ वटा जहाज थिए । निगमका जहाज समयमा नउड्ने, पाइलट र इन्जिनियरको लापरबाहीले बदनामी भोग्नुपर्ने तथा एकातर्फ टिकट नबेच्ने र अर्कातर्फ रित्तो जहाज उडाउने प्रवृत्ति हटेको छैन । निगम व्यवस्थापनका यी पाटामा अझ धेरै सुधारको आवश्यकता रहेको कंसाकारले स्वीकार गरे । अहिले पुरानो साख फिर्ता गर्ने गरी काम भइरहेको उनको भनाइ छ ।

http://www.enayapatrika.com/2018/04/04/37071/
Comments
Post a Comment