नयाँ पत्रिका काठमाडौं, १३ फागुन |
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अवकाशप्राप्त सहसचिव वीरेन्द्रकुमार सिंह नागरिक उड्डन क्षेत्रका जानकार मानिन्छन् । तत्कालीन हवाई विभाग र मन्त्रालयमा गरी करिब ३३ वर्ष सरकारी सेवामा बिताएका सिंहले अधिकांश समय विमानस्थलमै खटिएर काम गरेका थिए । लामो समय रामेछाप, जोमसोम, भैरहवालगायत विभिन्न विमानस्थलमा ‘कम्युनिकेसन अफिसर’का रूपमा काम गरेका उनीसँग नेपालका धेरै हिमाली तथा उच्च पहाडी भेगका विमानस्थलमा उडान व्यवस्थापन गरेको अनुभव छ । सिंहले त्रिभुवन विमानस्थलको सुधारका उपाय यसरी उल्लेख गरे:

हवाईविद्
काम गर्ने परम्परागत तरिकामा सुधार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इतिहास केलाउँदा यो विमानस्थल योजनाबद्ध रूपमा पूर्वाधार बनाएर सुरु भएको होइन । प्रारम्भमा गौचरनका रूपमा रहेको यो विमानस्थलमा जहाज उडाउन थालेपछि विमानस्थलको स्वरूप दिइएको हो । गौचरनलाई विमानस्थलका रूपमा विकास गर्न सकिने देखिएपछि यहाँ टर्मिनल भवन बनाएर अध्यागमन, भन्सारलगायत अन्य पूर्वाधार थप गरिएको हो । यो विमानस्थल एकैपटक अहिलेको स्वरूपमा आएको होइन । पहिले विमानस्थलमा पुरानो कन्ट्रोल टावर थियो, त्यसैबाट काम हुन्थ्यो । आधुनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वरूप सन् १९९० देखि देखिन थालेको हो । त्रिभुवन विमानस्थल योजनाबद्ध रूपमा विकास भएका कारण यहाँ पुरानै तरिकाबाट काम भइरहेको छ । यात्रुको चाप नबढुन्जेल यसरी काम गर्दा पनि चलेकै थियो । तर, अब चल्न सक्ने अवस्था छैन ।

स–साना पक्षमा सूक्ष्म सुधार
कुनै समय पर्याप्त पूर्वाधार देखिएको त्रिभुवन विमानस्थलमा यात्रुको अधिक चाप, वायुसेवा कम्पनीको आगमन र जहाज संख्यामा बढोत्तरी भएसँगै समस्या पनि सँगसँगै आउन थाल्यो । सुरुमा पर्याप्त पुग्ने शौचालय अब अपर्याप्त देखिन थाल्यो । शौचालय फोहोर हुन थाल्यो । ट्रली पर्याप्त छैनन् भने भएका पनि राम्ररी चल्ने अवस्थामा छैनन् । एकपटक सञ्चालनमा ल्याएपछि त्यसलाई नियमित मर्मत गरिँदैन । पहिले ट्याक्सीको समस्या थियो । यात्रुलाई तानातान गर्ने र ठग्ने गुनासो बढी सुनिथ्यो । अहिले पोस्टपेड ट्याक्सी आएपछि समस्या धेरै हटिसक्यो । तर, पोस्टपेड ट्याक्सीको मूल्य उच्च छ । साथै विमानस्थलबाट चल्ने पोस्टपेड ट्याक्सी ड्राइभरलाई अनिवार्य ड्रेसको व्यवस्था गर्नुपर्छ । उनीहरूको ‘नेम ट्याग’ देखिने गरी लगाएको हुनुपर्छ । नत्र बाहिर र भित्रको के फरक भयो र ? यसरी सानासाना काममा सुधारबाटै त्रिभुवन विमानस्थलको मुहार फेर्न सम्भव छ ।

सरसफाइमा सम्झौता नगरौँ
भनिन्छ, कुनै पनि देशको विमानस्थलबाटै सो देशको सभ्यता पत्ता लगाउन सकिन्छ । त्यसकारण सरसफाइमा कुनै सम्झौता नगरौँ । किनकि विमानस्थल प्रयोग नेपालीजत्तिकै संख्यामा विदेशी नागरिकले पनि गर्छन् । उनीहरूमाथि नकारात्मक सन्देश बाहिर नजाओस् भन्नेमा हामी सचेत हुनुपर्छ । त्यसकारण विमानस्थलमा पर्याप्त शौचालयका साथै त्यसको सरसफाइमा २४सै घन्टा मानिस खटिनुपर्छ । नेपालमा मन्त्री या सचिव अनुगमनका लागि आउने दिन चिटिक्क पार्ने, तर अरू दिन वास्ता नगर्ने प्रवृत्ति छ । मन्त्री अथवा सचिवभन्दा बढी यात्रुका लागि सरसफाइ आवश्यक छ । विश्वका सबै विमानस्थलमा सफाइसम्बन्धी कामदार हरक्षण खटिएका हुन्छन् । हाम्रोमा भने त्यस्तो देखिँदैन ।

ड्युटी अफिसरको भूमिका महत्वपूर्ण
विमानस्थललाई सही व्यवस्थापन गर्ने हो भने ड्युटी अफिसरको भूमिका महत्वपूर्ण हुन्छ । ड्युटी अफिसरको काम केवल पास दिने मात्र होइन । ट्यांकरले समयमा पानी ल्याएन भने उसलाई खबर गर्ने, शौचालय व्यवस्थापन, भिआइपी व्यवस्थापन, भिआइपी रुमको रेखदेख गर्ने, उच्चस्तरीय पाहुनालाई स्वागत गर्नेजस्ता काममा ड्युटी अफिसरले सूक्ष्म निगरानी राख्दै सुधार गर्न सकिन्छ । आफू ड्युटी अफिसरका रूपमा काम गर्दा मैले चेक लिस्ट बनाएर काम गर्थें । सरसफाइ, व्यवस्थापनमा निकै ध्यान दिन्थे । अहिले ड्युटी अफिसरले खटिएर काम गरेको देखिन्न । विमानस्थलमा खटिने ड्युटी अफिसर अधिकारप्राप्त कर्मचारी हुन् ।

लगेज छिटो ल्याउने कोसिस
विमानस्थलमा जहाजबाट सामान आइपुग्न ४५ मिनेसम्म लाग्ने गरेको छ । नेपाल वायुसेवा निगमले गर्ने ग्राउन्ड ह्याडिलिङमा किन ढिला भयो भनेर ड्युटी अफिसरले एप्रोन (जहाज रोकिने एरिया)मै पुगेर ताकेता गर्न सक्छ । यसले विमानस्थल व्यवस्थापनप्रति रहेको गुनासो धेरै हदसम्म सम्बोधन हुन्छ । किनकि एक घन्टाको उडानबाट आएको यात्रुले लगेजका लागि ४५ मिनेटसम्म कुर्नु तर्कसंगत हुँदैन । अर्कोतर्फ भएका कन्भेयर बेल्ट सञ्चालनमा ल्याउन नसक्ने, बिग्रेभत्केका उपकरणको वेलैमा मर्मत गर्न नसक्ने, यात्रुलाई बस्ने सुविधा उपलब्ध गराउन नसक्दा पनि समस्या उत्पन्न भइरहेको छ । त्रिभुवन विमानस्थल सानो छ । क्षेत्रफल थोरै छ । तर, यात्रुको चाप निरन्तर बढ्दो छ । यस अवस्थामा हामी क्षेत्रफल विस्तार गर्न सक्दैनौँ । तर, भएको पूर्वाधारलाई नै अधिकतम प्रयोग र व्यवस्थापन गरेर सेवा दिन सक्छौँ ।

उपकरण दुरुस्त हुनुपर्छ
विमानस्थलको सही व्यवस्थापन र सञ्चालनका लागि सञ्चार सबैभन्दा महत्वपूर्ण पक्ष हो । विमानस्थलभित्र समयसापेक्ष रूपमा अत्याधुनिक उपकरण जडान गर्नुपर्छ । विश्वमा आएका पछिल्लो आविष्कारलाई क्रमशः भित्राउँदै जानुपर्छ । सञ्चार उपकरण राम्रोसँग नचल्दा कहिलेकाहीँ कुनै सन्देश राम्रोसँग प्रवाह गर्न नसकेको उदाहरण भेटिन्छ । एउटा जहाज १५ मिनेट ढिलो हुँदै छ भने यात्रुले समयमै त्यसको जानकारी पाउनुपर्छ । आफ्नो तोकिएको समयमा किन उडान सम्भव भएन भन्नेबारे यात्रुलाई बेलैमा सूचित गरी नयाँ समयबारे पनि जानकारी दिनुपर्छ ।

सर्वोच्च अधिकार विमानस्थल प्रमुखको हातमा
विमानस्थलभित्र अहिले ५० भन्दा बढी निकाय सक्रिय छन् । सेना, प्रहरी, अर्थ, गृह, पर्यटन मन्त्रालयका निकायसहित वायुसेवा कम्पनीलगायत धेरै निकायको उपस्थिति यहाँ छ । तर, विमानस्थलका महाप्रबन्धकको हातमा सबै निकायलाई नियन्त्रण गर्ने अधिकार पनि छैन । अर्कोतर्फ विमानस्थलको भन्सार, अध्यागमन या सुरक्षा निकायका प्रतिनिधिको तह र विमानस्थलका महाप्रबन्धकको तह नमिल्दा विमानस्थल व्यवस्थापनले कडाइका साथ नियम कार्यान्वयन गर्न सक्दैन । त्यसकारण विमानस्थलको प्रमुख जहिले पनि उच्च तहको अधिकारी हुनुपर्छ ता कि उसको आदेश अन्य निकायले पनि मान्न सकोस् ।

विमानस्थलबाटै झल्कन्छ अर्थतन्त्र
लुक्ला विमानस्थल टेक्नासाथ यो भेग कति सम्पन्न र सभ्य छ भन्ने प्रस्ट हुन्छ । जोमसोम विमानस्थलको स्वरूप र व्यवस्थापनले त्यस भेगको प्रतिनिधित्व गर्छ । भैरहवा या विराटनगरको स्वरूपले तराईका मानिसको आर्थिक अवस्था तथा त्यहाँका मानिसको सभ्यताको प्रतिनिधित्व गर्छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पूर्ण नेपालको अर्थतन्त्र तथा यहाँका मानिसको सभ्यता झल्किन्छ । त्यसकारण अन्तर्राष्ट्रिय समुदायमा नेपाल चिनाउने ऐना हो विमानस्थल । यहाँका कर्मचारीको व्यवहार, काम गर्ने शैली र प्रदर्शनले नेपालको प्रतिनिधित्व गर्छ । जसरी हङकङ या सिड्नीको विमानस्थलमा देखिने भव्यताले ती देशको अर्थतन्त्र र सभ्यता देखाउँछ ।

http://www.enayapatrika.com/2018/02/25/27141/
Comments
Post a Comment