अच्युत पुरी/नयाँ पत्रिका काठमाडौं, ३ चैत |
सञ्चित कोषको व्यवस्थापन गर्न प्रदेश सरकारका नाममा एक दर्जन बैंक खाता रहने भएका छन् । संघीय सरकारले नमुना कानुनका रूपमा ‘प्रदेश सञ्चित कोष सञ्चालन कार्यविधि, २०७४’ बिहीबार पारित गरेको छ । कार्यविधिअनुसार प्रदेश सञ्चित कोष व्यवस्थापन गर्न कुल १२ वटा बैंक खाताहरू रहने भएका हुन् ।

सातवटा खाता प्रदेश सरकारको आम्दानी र पाँचवटा खाता खर्चतर्फ रहनेछन् । राजस्व, राजस्वको धितोमा लिइएका सबै प्रकारका ऋण, संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा अन्य रकम प्रदेश सरकारको आम्दानीको स्रोत हो । प्रदेश सञ्चित कोषमाथि पर्ने व्ययभार, विनियोजन ऐनबमोजिम खर्च हुने रकम र उधारो खर्च ऐनअन्तर्गत हुने रकम प्रदेश सरकारको खर्चअन्तर्गत पर्छ ।
प्रदेश कोषबाट निकासा तथा खर्च कसरी हुन्छ ?
प्रदेश विनियोजन ऐन वा पेस्की खर्च ऐन पारित भएपछि उक्त ऐनमा विनियोजन भएको रकम आर्थिक मामिला तथा योजना मन्त्रालयले सम्बन्धित मन्त्रालय र मन्त्रालयले मातहतका कार्यालयलाई अख्तियारी प्रदान गर्नुपर्छ । यसरी प्राप्त अख्तियारीबमोजिमको रकम एकल खाता कोष प्रणालीबमोजिम सम्बन्धित कार्यालयको भुक्तानी आदेशका आधारमा रकम निकासा हुने कार्यविधिमा उल्लेख छ ।

कुन बैंकमा रहन्छ खाता ?
कार्यविधिअनुसार प्रदेश मुकामको जिम्मामा रहेको नेपाल राष्ट्र बैंक वा उक्त बैंकले तोकेको राष्ट्रिय वाणिज्य बैंकमा प्रदेश सञ्चित कोष रहनेछ । प्रदेश सञ्चित कोषको सञ्चालन तथा लेखा राख्ने उत्तरदायित्व प्रदेश लेखा नियन्त्रक कार्यालयको हो ।

प्रदेश सरकारका नाममा रहने बैंक खाता
-सञ्चित कोष मिलान खाता
यस खातामा अन्य सबै प्रकारको आम्दानीतर्फका खाताको मौज्दात रकम रकमान्तर गरी समायोजन तथा हिसाब मिलान गर्नुपर्छ । यस खाताबाट रकम झिक्ने वा नगद जम्मा गर्ने कारोबार हुँदैन ।

– आन्तरिक राजस्व खाता
प्रदेशलाई प्राप्त हुने राजस्व जम्मा गर्न प्रदेशको सरकारी कारोबार गर्न स्वीकृतप्राप्त बैंकमा रकम जम्मा मात्र गर्न मिल्ने गरी यो खाता खोल्नुपर्छ । यस खाताबाट पनि नगद झिक्ने कारोबार हुँदैन ।

– राजस्व तथा अनुदान खाता
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम प्राप्त हुने राजस्व बाँडफाँड र अनुदान रकमलगायत सम्पूर्ण रकम यस खातामा जम्मा गरिन्छ ।

– वैदेशिक ऋण खाता
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम नेपाल सरकारमार्फत प्रदेशलाई प्राप्त हुने वैदेशिक ऋण रकम यो खातामा जम्मा हुनेछ ।

-वैदेशिक अनुदान खाता
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम नेपाल सरकारमार्फत प्राप्त हुने वैदेशिक अनुदान तथा सहयोगको रकम यो खातामा जम्मा हुनेछ ।

-आन्तरिक ऋण खाता
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम प्रदेशले उठाएको आन्तरिक ऋणको रकम यो खातामा जम्मा गर्नुपर्छ ।

– एकल कर प्रशासन खाता
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम एकल कर प्रशासनबमोजिम संकलन गरेको राजस्व यस खातामा जम्मा गरिन्छ ।

खर्चतर्फ रहने खाता
– खर्च खाता
प्रदेश र अन्तर्गतका कार्यालयले प्राप्त अख्तियारीबमोजिमको रकम प्रदेश लेखा नियन्त्रक कार्यालयले एकल खाता कोष प्रणालीबमोजिम भुक्तानी निकासा गर्ने प्रयोजनका लागि प्रदेशको विनियोजनतर्फको कारोबार गर्न यो खाता खोल्नुपर्छ ।
– धरौटी खाता
प्रदेश र अन्तर्गतका कार्यालयका कामको सिलसिलामा धरौटी, जमानत र कानुनबमोजिम धरौटीमा जम्मा गर्नुपर्ने रकम यस खातामा जम्मा गर्नुपर्छ । यस खाताबाट धरौटी फिर्ताका लागि खर्च गर्न सकिन्छ ।
– विविध खाता
प्रदेश तथा अन्तर्गतका कार्यालयको बजेट बाहिर कुनै माध्यमबाट प्राप्त हुने रकम जम्मा गर्न यो खाता खोलिन्छ । यस खाताबाट चेक जारी गर्न र खर्च लेख्न सकिन्छ ।
– विभाज्य कोष खाता
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम स्थानीय तहमा बाँडफाँड गर्नुपर्ने राजस्व रकम जम्मा गर्न यो खाता खोल्नुपर्छ ।
– हिसाब मिलान खाता
प्रदेशको सरकारी कारोबार गर्ने बैंकसँगको दैनिक हिसाब मिलान गर्न सञ्चित कोष सञ्चालन गर्ने बैंकले यो खाता खोल्नुपर्छ ।

http://www.enayapatrika.com/2018/03/17/32343/
Comments
Post a Comment