नयाँ पत्रिका काठमाडाैँ | फागुन २६, २०७४

दुई दशकभन्दा लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय जिम्बाजाङ्बु शेर्पा नेपाल पर्वतारोहण संघ (एनएमए)का पूर्वअध्यक्ष हुन् । नेपालका गणेश हिमाल, आमादब्लामसहित थुप्रै ट्रेकिङ पिक आफैँले आरोहण गरेका शेर्पा खुम्बी–ला एड्भेन्चर ट्राभलका कार्यकारी निर्देशक हुन् । आफ्नो कम्पनीमार्फत उनले ट्राभल, पिक क्लाइम्बिङ र टुर्समा पर्यटक भित्र्याइरहेका छन् । नेपालमा पर्वतारोहणका लागि सबैभन्दा बढी पर्यटक भित्रिने मौसम वसन्त ऋतु आरम्भ हुँदै छ । यसका लागि पर्यटक आउने र आरोहण अनुमति लिने क्रम सुरु भएको छ । यसै सन्दर्भमा सुरक्षित पर्वतारोहण, पर्वतीय पर्यटनको अवस्था र यसले अर्थतन्त्रमा पार्ने प्रभावका सम्बन्धमा शेर्पाको धारणा यस्तो छ :
नियम कार्यान्वयनमा कडाइ
नेपाली पर्यटनको महत्वपूर्ण अंग पर्वतारोहण हो । नेपालमा सबैभन्दा बढी खर्चालु पर्यटक भित्र्याउने माध्यम पनि पर्वतारोहण हो । वसन्त ऋतुमा हिमाल आरोहणमा आउने पर्यटकका माध्यमबाट एकातर्फ होटेल भरिभराउ रहन्छन् भने मुलुकले पनि एकसाथ ठूलो रकम रोयल्टीका रूपमा प्राप्त गर्छ ।

विदेशी मुद्रा आर्जनमा यसको आफ्नै महत्व छ । त्यसकारण नेपालमा पर्यटनमार्फत आर्थिक समृद्धि प्राप्त गर्ने हो भने त्यसको एउटा महत्वपूर्ण पाटो पर्वतारोहण बन्न सक्छ । तर, पर्वतारोहण एउटा जटिल विधा हो । रहरले पर्वतारोहण पूरा हुँदैन ।
पर्वतारोहणका लागि सुरक्षा प्रबन्ध र तालिम महत्वपूर्ण पक्ष हो । सुरक्षित पर्वतारोहणका लागि सरकारले विभिन्न ऐन–नियम बनाएको छ । यसको अक्षरशः पालना हुनुपर्छ । सरकारले हालै पर्वतारोहणसम्बन्धी नियमावलीमा संशोधन गरेको छ ।
पर्वतारोहीको सुरक्षा र पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको सुरक्षित व्यवसायका दृष्टिकोणबाट यसमा समावेश प्रावधान महत्वपूर्ण छन् । यसको कार्यान्वयनमा ध्यान दिनुपर्छ ।

पर्याप्त तयारी
सुरक्षित पर्वतारोहणका लागि टिमको तयारी महत्वपूर्ण रहन्छ । हिमाल आरोहण आजको भोलि निर्णय गरेर सम्भव हुने होइन । हिमाल आरोहण मात्र नभई लामो पदयात्राका लागि पनि टोली छनोट तथा पूर्वतयारी महत्वपूर्ण पाटो हो ।

यसक्रममा आवश्यक तालिम, उपकरण जोहो गर्ने, पर्याप्त सूचना संकलनमा ध्यान दिनुपर्छ । स्वास्थ्य परीक्षणका लागि मानसिक रूपमा पनि टोली तयार रहनुपर्छ । पर्वतारोहण टोलीको नेतृत्व चयनदेखि त्यसको व्यवस्थापनका लागि उपयुक्त कम्पनी छनोटसम्मका तयारीमा ध्यान दिनुपर्छ ।
सरकारी प्रक्रिया, कागजी तथा कानुनी पक्षलाई पनि उत्तिकै ध्यान दिनुपर्छ । नत्र आरोहणपछिका प्रक्रियामा समस्या आउन सक्छन् ।
पूर्वाधार विकास र सुरक्षा प्रबन्ध
यस वर्ष अहिलेसम्मको अवस्था हेर्दा मौसम उपयुक्त रहने देखिएको छ । तर, हिमालमा मौसमको सधैँ एउटै नियम नरहन सक्छ । सूचनाप्रविधिको विकास र अन्तर्राष्ट्रिय पर्यटकको चासोको विषय भएकाले नेपालका हिमालको मौसमका सम्बन्धमा नियमित जानकारीहरू अद्यावधिक हुन थालेका छन् ।

विगतमा झैँ अनुमानका भरमा मौसमको पूर्वानुमान गर्नुपर्ने बाध्यता छैन । अहिले हिमालमा बाटो बनाउने र आरोहणलाई सुरक्षित बनाउने सन्दर्भमा धेरै नीतिगत परिवर्तन आइसकेको छ । पहिले सगरमाथा आरोहणमा जान एउटा टोलीले बनाएको बाटोमा अर्को टोलीलाई जान दिँदैनौँ भन्ने प्रचलन थियो ।
एउटा टोलीले टाँगेको डोरी अर्को टोलीको सदस्यले छुँदा पनि झगडा हुने अवस्था थियो । अहिले त्यो समस्या छैन । आधिकारिक रूपमा तोकिएका आइसफल डाक्टरले सुरक्षित बाटो बनाउने र त्यसलाई सबै आरोहीले प्रयोग गर्न पाउने भएपछि पूर्वाधारमा देखिने समस्या धेरै हदसम्म समाधान भएको छ ।
गलत सन्देश प्रवाह नहोस्
मुलुक संघीयता कार्यान्वयनको चरणमा छ । यसवेला संघ, प्रदेश र स्थानीय तहले के काम गर्ने, कसरी गर्ने, कुन–कुन प्रकारका कर र रोयल्टी कुन निकायले संकलन गर्ने भन्ने सम्बन्धमा स्पष्ट भइसकेको छैन ।
मुलुक संघीयता कार्यान्वयनको चरणमा छ । यसवेला संघ, प्रदेश र स्थानीय तहले के काम गर्ने, कसरी गर्ने, कुन–कुन प्रकारका कर र रोयल्टी कुन निकायले संकलन गर्ने भन्ने सम्बन्धमा स्पष्ट भइसकेको छैन ।
कुनै समयअघि पासाङल्हामु नगरपालिका प्रवेश गर्ने पर्यटकबाट नगद संकलन हुने गरेको समाचार आएको थियो । केन्द्रबाट टिम्स कार्डबापत उत्ति नै रकम तिरेपछि पदयात्रा या पर्वतारोहणमा जाने पर्यटकलाई दोहोरो मारमा पार्नु हुँदैन ।
यो समस्या भोलि पनि दोहोरिन सक्छ । तर, यसको अनुभूति पर्यटकलाई दिनुहुँदैन । विश्व पर्यटन बजार प्रतिस्पर्धी छ । सेवा नै नदिई शुल्क उठाउनेभन्दा पनि त्यो समस्यालाई व्यवसायी, स्थानीय तह र केन्द्रका सरोकारवाला मिलेर सल्टाउनुपर्छ ।
प्रविधिमैत्री प्रशासन
मुलुक अस्थिर राजनीतिबाट गुज्रिरहेको समयमा त पर्यटक आगमन घटेको थिएन । अब मुलुक स्थायित्वमा प्रवेश गरेको छ । यसको अनुभूति पर्यटन व्यवसायले गर्न पाउनुपर्छ ।
मुलुक अस्थिर राजनीतिबाट गुज्रिरहेको समयमा त पर्यटक आगमन घटेको थिएन । अब मुलुक स्थायित्वमा प्रवेश गरेको छ । यसको अनुभूति पर्यटन व्यवसायले गर्न पाउनुपर्छ ।
अर्कोतर्फ संघीयतामा पर्यटन मन्त्रालयको पुनर्संरचना गर्दा पर्वतारोहीका लागि परमिट जारी गर्ने निकाय पर्यटन विभाग नै खारेज हुने सम्भावना छ । यदि त्यसो भयो भने परमिट जाने गर्ने प्रक्रिया अनलाइन प्रविधिमा लैजानुपर्छ । ताकि मानिसलाई यसका लागि कार्यालय धाइरहनु नपरोस् ।
उद्धारमा पर्याप्त आकस्मिक व्यवस्था
पर्वतारोहण या पदयात्रा साहसिक पर्यटकीय उत्पादन हो । यसमा नेपालको मौलिकपन पनि झल्कन्छ । अर्कोतर्फ आज मानिस सुरक्षाको विषयलाई कहिले पनि सम्झौता गर्ने पक्षमा छैन ।
पर्वतारोहण या पदयात्रा साहसिक पर्यटकीय उत्पादन हो । यसमा नेपालको मौलिकपन पनि झल्कन्छ । अर्कोतर्फ आज मानिस सुरक्षाको विषयलाई कहिले पनि सम्झौता गर्ने पक्षमा छैन ।
सुरक्षित पर्वतारोहण र पर्वतीय पर्यटनका लागि विभिन्न स्थानमा मेडिकल टोलीसँगै सुविधासम्पन्न स्वास्थ्य शिविरहरू सञ्चालन गर्नुपर्छ । नेपालमा आन्तरिक उडानमा पर्याप्त जहाज थपिएका छन् ।
खासगरी पर्वतारोहणको मौसममा लुक्ला र यसआसपासका अन्य विमानस्थलमा उडानको अधिक चाप देखिन्छ । यो सकारात्मक पक्ष हो । अर्कोतर्फ हिमालमा बिरामी पर्ने, दुर्घटनामा पर्ने र अन्य आकस्मिक अवस्थामा तत्काल उद्धार गर्न हेलिकोप्टरहरू तयारी अवस्थामा राख्नुपर्छ ।
हेलिकोप्टर कम्पनीको संख्या, वायुयानमा वृद्धि हुनु र पर्याप्त व्यवसाय पाउने भएकाले पनि अहिले हिमाल आरोहीलाई धेरै सहज बन्दै गएको अवस्था छ ।
थप हिमाल प्रवद्र्धन आवश्यक
अहिले नेपाली पर्यटनको पर्याय नै सगरमाथा हो । तर, नेपाल हिमालैहिमालको मुलुक हो । पूर्वदेखि पश्चिमसम्म दर्जनौँ चुचुरो सजिएर बसेका छन् । तर, पर्यटकको चाप भने सीमित हिमालमा मात्र देखिन्छ । हामीले सुदूरपश्चिमका हिमालको प्रवद्र्धन नै गर्न सकेका छैनौँ ।

सरकारले परमिट निःशुल्क दिए पनि त्यहाँ पर्यटक आकर्षित हुन सकेका छैनन् । यसका पछाडि त्यहाँसम्म पुग्ने वातावरण, पूर्वाधार, सुरक्षा प्रबन्धको कमी मुख्य कारण हुन् ।
हिमाल संरक्षण र फोहोर व्यवस्थापन
जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिको मारमा नेपालका हिमाल पनि परिरहेका छन् । जहिलेसम्म नेपालमा हिमाल सुरक्षित रहन्छन्, त्यस दिनसम्म नेपालमा पर्यटन जीवित रहन्छ । त्यसकारण हिमाल संरक्षण अत्यावश्यक पाटो हो ।

यसका लागि नेपालको भन्दा पनि विश्वका अन्य मुलुकको हात बढी छ । तर, हिमालमा हुने फोहोरलाई भने नेपाल आफैँले व्यवस्थापन गरिरहेको छ । अहिले नेपालका हिमाल प्रचारमा आएजस्तो फोहोर छैनन् । नेपाल आउने विदेशीले आफूले फोहोर गर्दैनन् ।
जति फोहोर गर्ने नेपालीले नै हो । हामी आफू सुध्रियौँ भने धेरै हदसम्म हिमालको फोहोर कम हुन्छ । तर, हिमालको फोहोर देखाएर विदेशी डलर कमाउने संघ–संस्था र व्यक्तिबाट भने सचेत हुनुपर्छ ।
http://www.enayapatrika.com/2018/03/10/30289/
Comments
Post a Comment