अच्युत पुरी/नयाँ पत्रिका काठमाडौं, ४ माघ | २०७४
पर्यटक र तारेस्तरका होटेलको अकुपेन्सी दर ६५ प्रतिशत मात्र
पर्यटक आगमनको दृष्टिकोणबाट उल्लेख्य प्रगति भएको वर्ष सन् २०१७ मा होटेलको अकुपेन्सी (कोठा उपयोग/बिक्री) दर भने औसत मात्र रहेको छ । होटेल संघ नेपाल (हान)का अनुसार यस वर्ष औसत ६० देखि ६५ प्रतिशतको बीचमा कोठाहरू बिक्री भए भने ३५ प्रतिशत कोठा उपयोगमा आउन सकेनन् ।
सन् २०१६ को तुलनामा सन् २०१७ मा पर्यटक आगमन करिब २४ प्रतिशतले बढेको छ । तर, उनीहरूलाई नेपालभित्र आतिथ्य सेवा दिने होटेलका कोठाको औसत खपत भने गतवर्ष हाराहारीकै बीचमा रहेको संघका महासचिव विनायक शाहले जानकारी दिए । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ मा इतिहासमै सबैभन्दा धेरै ९ लाख ४० हजार २ सय १८ पर्यटक भित्रिए ।

किन बिकेनन् होटेलका कोठा ?
नेपालमा पर्यटनको फस्टाउँदो भविष्य देखेका लगानीकर्ता अहिले आतिथ्य उद्योगमा लगानी गर्न झुम्मिएका छन् । व्यवसायीहरूका अनुसार मुलुकभित्र विद्यमान होटेलको संरचनाले वार्षिक १५ लाख हाराहारी पर्यटक धान्न सक्ने क्षमता राख्छ । त्यसमाथि होमस्टे व्यवसायसमेत फस्टाउने क्रममा रहेको छ ।

एकातर्फ मुलुक भित्रिएका सबै पर्यटक होटेलमा नबस्ने र अर्कोतर्फ पर्यटन र तारेस्तरका होटेलका कोठा संख्या बर्सेनि वृद्धि भइरहँदा अकुपेन्सी बढ्न नसकेको महासचिव शाहले जानकारी दिए । पर्यटन विभागका अनुसार सन् २०१७ भित्र एक पाँचतारे रिसोर्ट, चारवटा चारतारे होटेलसहित थुप्रै होटेल थपिए । मुलुकभित्र अर्बौं रुपैया“मा होटेलहरू निर्माणाधीन अवस्थामा छन् ।

होटेल क्षेत्रको अवस्था ‘राम्रो’
आतिथ्य उद्योगमा ६० प्रतिशतभन्दा माथि कोठा उपयोग हुनुलाई (गुड) राम्रो अवस्थामा मानिन्छ भने यो दर ७० प्रतिशत कट्यो भने (एक्सिलेन्ट) उत्कृष्ट मान्ने गरिन्छ । कोठा उपयोग दर ५० प्रतिशतभन्दा कम रहेको अवस्थालाई भने सर्भाइभ (सञ्चालनमा मात्र सीमित) रहेको मानिन्छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछिल्लो तथ्यांक नेपालमा तारेस्तरीय होटेलको संख्या १ सय २० पुगेको छ । यी होटेलमा कुल १० हजार ७१ वटा बेड –शय्या) रहेका छन् । ९ सय ८५ वटा पर्यटकस्तरीय होटेल रहेकोमा बेड संख्या २८ हजार १ सय ७१ रहेको छ ।
http://www.enayapatrika.com/2018/01/19/16312/
Comments
Post a Comment