अर्बौंको फर्निचर : विदेशकै भर


अच्युत पुरी काठमाडौं, २९ मंसिर | 
नेपालका राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्रमा जंगल सफारी गर्दा बूढा रूखहरू ढलेर कुहिएको पर्याप्त देखिन्छ । आकर्षक रूखहरू विनाउपयोग कुहिएको देख्ने जो कोहीलाई लाग्छ, ‘यो रूखलाई उपयोग गरेको भए कति पैसा आउँथ्यो होला ?’ उता, नेपालमा कच्चा पदार्थको अभावका कारण काष्ठ उद्योगले मागअनुसार फर्निचर आपूर्ति गर्न सकिरहेका छैनन् । जसको फाइदा विदेशी आयातकर्ता र प्लास्टिक उद्योगहरूले उठाइरहेका छन् । नेपाल फर्निचर एन्ड फर्निसिङ एसोसिएसनका पूर्वअध्यक्ष कृष्णलाल प्रधान भन्छन्, ‘हरियो वन नेपालको धन उखानमा मात्र सीमित भयो, राज्यले बुद्धि नपुर्‍याउँदा एकातर्फ फर्निचर आयातका लागि अर्बौं रुपैया“ बिदेसिएको छ भने अर्कोतर्फ जंगलमा काठ कुहिएर खेर गइरहेका छन् ।’
पुस्तान्तरणदेखि व्यावसायिकतासम्म
आधुनिक फर्निचर तथा फर्निसिङ व्यवसाय परम्परागत काष्ठकलाको व्यावसायिक रूप हो । जानकारहरूका अनुसार इतिहास केलाउँदा नेपाल काष्ठकलामा विश्वमै उत्कष्ट मुलुकभित्र पथ्र्याे । वनजंगलका रूपमा पर्याप्त स्रोत–साधन भएको नेपालमा पुर्खाको सीप र कला अझै पनि पुराना दरबार, मठ–मन्दिर र टुँडालहरूमा झल्कन्छ । तर, आधुनिक पुस्तासम्म आइपुग्दा सीप त झन्डै लोप हुने अवस्थामा पुग्यो, उद्योग पनि आयातमा निर्भर बन्ने अवस्था आइसकेको छ । व्यवसायीहरूका अनुसार अहिले नेपालमा मागको झन्डै ५० प्रतिशत फर्निचर विदेशबाट आयात गर्नुपर्छ ।
तस्करीको काठ विदेशतिर : वैधानिक व्यवसाय आयातमुखी
सरकारी तथ्यांकअनुसार नेपालमा वन ढाकेको क्षेत्र निरन्तर घट्दो क्रममा छ । स्वस्थ वातावरणका लागि ४३ प्रतिशत क्षेत्र वनले ढाकेको हुनुपर्छ । नेपालमा यो प्रतिशत निकै कम भइसकेको छ । यसरी वनविनाश र फँडानीबाट उत्पादन भएको काठ भारततर्फ तस्करी हुने गरेको तथ्य वेलाबखत सार्वजनिक हुने गरेको छ । तर, स्वेदशी काष्ठ उद्योग भने काठको अभावमा आयातमुखी बन्न बाध्य भएको व्यवसायीहरू बताउ“छन् । ‘नेपालमा जापान, मलेसिया, थाइल्यान्ड, चीन, इन्डोनेसिया, भारत, टर्कीलगायत मुलुकका जंगलबाट काठ आयात भइरहेको छ,’ पूर्वअध्यक्ष प्रधान भन्छन्, ‘देशभित्रको काठको दुरुपयोग गर्ने र जंगल फ“डानी गर्नेमाथि भने सरकारले कारबाही गर्न सकेन ।’
सहरीकरणको प्रभाव, उच्च माग
आधुनिक जीवनशैलीसँगै घर सजावट र सुविधाका लागि फर्निचर अपरिहार्य छ । व्यवसायीहरूका अनुसार भूकम्पपछि नेपालमा फर्निचर तथा फर्निसिङको उच्च माग छ । भत्किएका घरको पुनर्निर्माण तथा नवनिर्माणका लागि काठ र यसबाट बनेका सामग्रीको उच्च माग रहेको विक्रेता–व्यवसायी बताउ“छन् । व्यावसायिकताको विकास र मानिसको क्रयशक्ति बढेपछि नया“ कार्यालय स्थापना, घर निर्माण तथा कोठाको सजावटका लागि समेत काठका आधुनिक सामग्रीको जोहो गर्ने जमात अधिक छ ।
फर्निचर एन्ड फर्निसिङमा३० अर्ब लगानी
घरको आन्तरिक तथा बाह्य सजावटमा समेत फर्निचर–फर्निसिङको अधिक माग छ । बालाजुनिवासी अर्जुन न्यौपाने घरमा फर्निचर सेट पूरै परिवर्तन गर्ने सोचमा छन् । पुराना डिजाइनका फर्निचर ‘रिप्लेस’ गरेर आकर्षक बनाउने या नयाँ थप गर्ने उनीजस्ता धेरै नेपालीकै कारण अहिले फर्निचर व्यवसाय निरन्तर फस्टाउँदो छ । नेपाल फर्निचर एन्ड फर्निसिङ एसोसिएसनका अनुसार नेपालमा फर्निचर–फर्निसिङमा मात्र ३० अर्ब रुपैयाँ हाराहारी लगानी भइसकेको छ । नयाँ–नया“ प्रविधि थप हुने क्रममा रहेका कारण यस व्यवसायमा अझ तीव्र गतिमा लगानी भित्रने व्यवसायीहरूको भनाइ छ । एसोसिएसनका अनुसार नेपालमा फर्निचर तथा फर्निसिङको व्यवसाय पनि हरेक वर्ष १० देखि १५ प्रतिशतसम्म वृद्धि हुने गरेको छ ।
कहाँबाट भित्रिन्छन् फर्निचर ?
नेपालमा चीन, इन्डोनेसिया, भारत, मलेसिया, टर्कीलगायत देशबाट फर्निचर तथा फर्निसिङका सामग्री आयात हुने गर्छ । नेपालमा खपत हुने फर्निचरको ५० प्रतिशत बजार हिस्सा स्वेदशी उत्पादनले धान्न थालेको बताइन्छ । तर, फर्निसिङमा भने ८० प्रतिशतभन्दा बढी नै आयातीत सामग्रीको भर पर्नुपर्ने बाध्यता छ ।
९८ प्रतिशत हिस्सा काठका उत्पादन
नेपालमा खपत हुने फर्निचरका सामग्रीमध्ये ९५ प्रतिशत बजार हिस्सा काठका फर्निचर रहेको अनुमान व्यवसायीहरूको छ । परम्परागत काष्ठकलामा काम गर्ने परिवार यस व्यवसायबाट नेपालमा करीव एक लाख ५० हजारभन्दा बढी रोजगारी सिर्जना भएको अनुमान छ ।
किन आयातमुखी भयो यो उद्योग ?
नेपाली उत्पादनको माथ उच्च रहे पनि व्यवसायीले त्यसअनुसार आपूर्ति गर्न सकिरहेका छैनन् । नेपाली उत्पादन टिकाउ र वर्षौँसम्म टिक्छन् । सोहीकारण नेपाली उत्पादनको मूल्य पनि बढी छ । तर, मानिसले सस्तो र आकर्षक फर्निचर रोज्न थालेपछि चीनबाट यस्तै प्रकृतिका फर्निचर भित्रन थालेका छन् । हलुका, आकर्षक र सस्तो मूल्यमा विदेशी ब्रान्डका फर्निचर पाउन थालेपछि स्वदेशीभन्दा विदेशी उत्पादनले बजार कब्जा गरेको हो । अझ डेरामा बस्ने मानिस कोठा सरिरहनुपर्ने अवस्थामा फोल्डिङ गर्न मिल्ने, हलुका र झलक्क हेर्दा आकर्षक हुने भएकाले नेपालीभन्दा विदेशी उत्पादन रोज्ने गरेको पाइन्छ ।
फर्निचरसम्बन्धी केही आवश्यक टिप्स
  •  घरमा काठको फर्निचरलाई प्रयोग गरिएको छ भने ओस, धुलो र चिसोबाट जोगाउनुपर्छ । त्यसैले फर्निचर सेटअप गर्दा नै उज्यालो तथा हावा, घाम छिर्ने स्थान छनोट गर्नु उपयुक्त हुन्छ । जसले गर्दा काठ पसांगिने डर ह“ुदैन ।
  •  पुरानो काठको फर्निचरलाई हरेक वर्ष पोलिस गर्नु उपयुक्त हुन्छ । पोलिस गर्नुअगाडि केही घन्टा फर्निचर घाममा सुकाउनुपर्छ । जसले गर्दा पोलिसिङपछि नयाँजस्तै चमक आउँछ ।
  •  पोलिस गर्दा फर्निचरमा पहिला जुन कलर प्रयोग भएको छ, सोही कलर लगाउनुपर्छ । नया“ कलर प्रयोग गर्दा टाटेपांग्रे हुने तथा फर्निचरको सुन्दरता हराउने डर हुन्छ ।
  •  फर्निचरको फिनिसिङ बदल्न मन लागेमा भने विशेष मिहिनेत गर्नुपर्छ । पहिले त्यसको सतह राम्रोसँग सफा गर्नुपर्छ । पुरानो फर्निचरको फिनिसिङ परिवर्तन नगर्नु राम्रो हुन्छ ।
  •  काठका फर्निचरमा प्रयोग गरिने रङ गाढा बनाउन त्यसमा पहिले चप्रा प्रयोग गर्नुपर्छ । बजारमा धेरै प्रकारका चप्रा पाइन्छन् । त्यसैले छिट्टै चमक दिने गुणस्तरीय चप्रा छनोट गर्न सक्नुपर्छ ।
  •  धातुका फर्निचर पनि पुरानो हुँदै गएपछि चमक फिक्का हुँदै जान्छ । अटोमोटिभ क्लिनर (जसबाट सवारीसाधन सफा गरिन्छ) र वाक्सिङ प्रयोग गरी सफा गरे धातुका फर्निचरको चमक फेरि पहिलेकै जस्तो हुन्छ ।
  •  अटोमोटिभ क्लिनर प्रयोग गर्दा कडा वा दानादार कम्पाउन्डबाट जोगिनुपर्छ । यसबाट फर्निचरमा चिरा पर्ने सम्भावना हुन्छ ।
  •  बजारमा रस्ट रेसिस्टेन्ट प्राइमर पाइन्छ । मेटालिक फर्निचरमा यिनको प्रयोगले खिया लाग्नबाट जोगाउँछ ।
  •  प्लास्टिकका फर्निचर सफा गर्न भने नरम खालको डिटर्जेन्ट प्रयोग गर्नुपर्छ । एउटा बाल्टिनमा मनतातो पानी हालेर त्यसमा दुई चम्चा डिटर्जेन्ट मिसाई नरम ब्रस प्रयोग गरी फर्निचरलाई राम्रोसँग सफा गरी पानीले धुनुपर्छ ।
  •  फर्निचर सफा गरिसकेपछि कपडाको सहायताले अटोमोटिभ पेस्ट वेक्स लगाउनुपर्छ । केही समय सुकाएर त्यसलाई एउटा सुक्खा कपडाले पुछ्नुपर्छ ।
http://www.enayapatrika.com/2017/12/15/6788/

Comments