अच्युत पुरी काठमाडौं, २९ मंसिर |

पाटा नेपालको ‘भिजन फाइभ मिलियन योजना’
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले सन् २०३० सम्म वार्षिक ५० लाख पर्यटक भित्राउने लक्ष्यसहित ‘भिजन फाइभ मिलियन योजना’ सार्वजनिक गरेको छ । बुधबार राजधानीमा आयोजित पाटाको ४१औँ वार्षिक साधारणसभामा यस्तो योजना सार्वजनिक गरिएको हो ।
सरकार र निजी क्षेत्र मिलेर सन् २०३० सम्म उक्त संख्यामा पर्यटक भित्राउन सकिने पाटा नेपाल च्याप्टरले जनाएको छ । अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको ब्रान्डिङ र बजारीकरणमार्फत पर्यटक भित्राउन पहल गरिने पाटाले उल्लेख गरेको छ । पाटाले संयुक्त राष्ट्रसंघको पर्यटनसम्बन्धी सहस्राब्दी विकास लक्ष्यअनुरूप सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्राउने गुरुयोजना बनाएको हो ।
भारतीय र चिनियाँ बजार प्राथमिकतामा
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपालमा भारत र चीनबाट बढी संख्यामा पर्यटक भित्राउन सक्ने सम्भावना रहेको बताए । पर्यटक भित्राउन पूर्वाधार निर्माणले तीव्रता पाउनुपर्ने भन्दै उनले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई गति दिनुपर्ने बताए । उक्त अवसरमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडाले पर्यटनका माध्यमबाटै मुलुकको आर्थिक विकास सम्भव रहेको बताउँदै पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । पूर्वाधारमा सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने उनको सुझाब थियो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटकीय सम्भावना बोकेका नयाँ गन्तव्य खोजी प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको बताए । पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुमन पाण्डेले भूकम्पपछि पर्यटक आगमन सुधारोन्मुख रहेको बताउँदै अब पर्यटनमा व्यापक लगानी र प्याकेज भित्रनुपर्ने बताए ।
पाटा नेपाल च्याप्टरको नेतृत्व शाक्यलाई
यसैबीच पाटा नेपाल च्याप्टरको ४१औँ साधारणसभाले पर्यटन व्यवसायी सुनील शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पाटाको प्रथम उपाध्यक्षमा नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, उपाध्यक्षमा नेपाल वायुसेवा निगमका ‘कर्पोरेट’ निर्देशक जनकराज कालाखेती, महासचिवमा विभूतिचन्द ठाकुर र कोषाध्यक्षमा शिवप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । यसअघि पाटा नेपाल च्याप्टरको अध्यक्ष सुमन पाण्डे रहेका थिए । त्यस्तै, सदस्यमा नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पदेन सदस्य रहनेछन् । अन्य सातजना निजी क्षेत्रबाट सदस्य चुनिएका छन् ।

पोखरा च्याप्टर बनाइने
साधारणसभाले हिमालयन ट्राभल मार्ट तथा इन्टरनेसनल ट्राभल ब्लगर्स एन्ड मिडिया कन्फ्रेन्स– २०१८ नेपालमा आयोजना गर्ने निर्णय गरेको छ । साधारणसभाले पाटा नेपालको पोखरा च्याप्टर स्थापना गर्नेसमेत निर्णय गरेको उल्लेख गरेको छ । साधारणसभाका अवसरमा नेपालको पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्याउने एकजना पर्यटन व्यवसायीलाई प्रदान गर्ने पाटा ‘पर्सनालिटी अवार्ड–२०१७’ बाट वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यलाई सम्मान गरिएको छ । पाटा नेपाल च्याप्टरले यसै वर्षबाट प्रदान गर्न थालेको ‘बेस्ट स्टुुडेन्ट्स च्याप्टर अवार्ड’ नेपाल कलेज अफ ट्राभल एन्ड टुरिजममातहतको स्टुडेन्ट्स च्याप्टरलाई प्रदान गरिएको थियो ।

http://www.enayapatrika.com/2017/12/15/6704/
Comments
Post a Comment