अच्युत पुरी काठमाडौं, २८ मंसिर |

पर्यटनले तयार पारेको सैद्धान्तिक प्रतिवेदन अर्थ मन्त्रालय पठाइयो –
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम (नेवानि)मा रणनीतिक साझेदार भित्राउने सम्बन्धमा तयार पारेको विस्तृत प्रतिवेदन अर्थ मन्त्रालय पठाएको छ । प्रतिवेदनमा खासगरी नेवानिलाई ‘किन रणनीतिक साझेदार आवश्यक छ’ भनी विस्तृत व्याख्या गरिएको मन्त्रालय स्रोतको भनाइ छ ।
पर्यटन मन्त्रालयले नेवानिको रणनीतिक साझेदारका रूपमा जर्मनको ‘लुफ्थान्सा कन्सल्टिङ’ सिफारिस गरी स्वीकृतिका लागि गत साउनमा अर्थ मन्त्रालय पठाएको थियो । तर, अर्थले सीधै स्वीकृति नदिई नेवानिलाई किन रणनीतिक साझेदार आवश्यक छ भन्ने विषयमा केन्द्रित भई पर्यटन मन्त्रालयसँग विस्तृत प्रतिवेदन मागेको थियो ।
त्यसपछि पर्यटनले मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा एक समिति गठन गरी प्रतिवेदन तयार पारेको हो । पर्यटनले २२ मंसिरमा सो प्रतिवेदन अर्थ मन्त्रालय पठाएको हो । ‘प्रतिवेदनले रणनीतिक साझेदार आवश्यकताको सैद्धान्तिक विषयलाई समेटेको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘यसमा लुफ्थान्साबारे भने केही उल्लेख छैन ।’ ५ सदस्यीय समितिको प्रतिवेदन अध्ययनपछि अब अर्थ मन्त्रालयले नेवानिका लागि रणनीतिक साझेदार भित्राउने प्रस्ताव मन्त्रिपरिषद् लैजान सक्छ ।
कुन–कुन विषय समेटेको छ प्रतिवेदनले ?
मन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा नेवानिमा सुधार गर्नुपर्ने क्षेत्रको किटान र आवश्यक रणनीतिको व्याख्या गरिएको छ । रणनीतिक साझेदारका रूपमा गरिने लगानीले प्रतिफल दिन्छ भन्ने ग्यारेन्टी भए मात्र प्रक्रिया अगाडि बढाउनुपर्ने प्रतिवेदनको सुझाब छ । प्रतिवेदनले नेवानिको सञ्चालन, प्राविधिक (इन्जिनियरिङ), व्यवस्थापन, वित्त विभागलगायतमा सुधारको आवश्यकता रहेको उल्लेख गरेको छ । त्यस्तै कुन मोडलबाट रणनीतिक साझेदार भित्राउन उपयुक्त हुन्छ भन्ने सुझाब पनि दिइएको पर्यटन मन्त्रालयको भनाइ छ । नेवानिको निश्चित सेयर खरिद गरी भित्राउन सकिने, विनालगानी परामर्शदाताका रूपमा भित्राउन सकिने, सार्वजनिक–निजी–साझेदारी (पिपिपी), ‘म्यानेजमेन्ट कन्ट्र्याक्ट’जस्ता मोडल अपनाउन सकिने सुझाब प्रतिवेदनको छ ।

तयार छ लुफ्थान्सा
पर्यटन मन्त्रालयले गत वैशाखमै जर्मनको लुफ्थान्सा कन्सल्टिङलाई नेवानिको रणनीतिक साझेदारका रूपमा सिफारिस गरेको थियो । मन्त्रालयले ५ देशका दूतावासमार्फत आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा लुफ्थान्साको मात्र प्रस्ताव परेपछि सोही कम्पनीलाई छनोट गरिएको मन्त्रालयका अधिकारी बताउँछन् । मन्त्रालयले बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र अस्टे«लियालाई यस्तो प्रस्ताव पठाएको थियो । ४ वैशाख ०७४ सम्म एउटा मात्र कम्पनीको प्रस्ताव परेपछि पर्यटन मन्त्रालय लुफ्थान्सलाई नेवानिको रणनीतिक साझेदार बनाउने स्वीकृति माग्दै अर्थ मन्त्रालय पुगेको थियो ।
पहिलो चरणमा तीन वर्ष रणनीतिक साझेदार
रणनीतिक साझेदारका रूपमा भित्रने कम्पनीको ग्राउन्ड ह्यान्डिलिङको काममा भने कुनै भूमिका रहने छैन । लुफ्थान्साले पहिलो चरणमा तीन वर्ष र दोस्रो चरणमा थप २ वर्ष मात्रै रणनीतिक साझेदार बन्ने प्रस्ताव गरेको छ । उक्त कम्पनीले इन्जिनियरिङ, अपरेसन, फाइनान्स र मार्केटिङ विभाग सम्हाल्ने गरी प्रस्ताव गरेको थियो । मन्त्रालयले भने १० वर्षसम्म निगमको रणनीतिक साझेदार बन्न प्रस्ताव गरेको थियो ।

निगमको व्यवस्थापन सुधारका लागि रणनीतिक साझेदार भित्राउने योजना रहे पनि लामो समयदेखि यसले मूर्तरूप पाउन सकेको छैन । निगम अहिले दुई ठूला जहाज भित्राएर बजार विस्तार गर्नेक्रममा छ । जहाज थप गर्दै निगमको क्षमता बढाउनुपर्ने अवस्थामा चुस्त व्यवस्थापनका लागि रण्नीतिक साझेदार आवश्यक रहेको मन्त्रालयका अधिकारी बताउँछन् ।
निगम व्यवस्थापनमा विदेशी साझेदारीको इतिहास
सन् १९७० मा एयर फ्रान्सले निगमभित्रका केही विभागको व्यवस्थापन सम्हालेको थियो । करिब तीन वर्ष उक्त कम्पनी निगम व्यवस्थापनमा सहभागी थियो । सोही समयमा निगमले बोइङ जहाज खरिद मात्र गरेन इन्जिनियरिङ विभागसमेत सञ्चालनमा ल्यायो । त्यसपछि लामो समय निगमको व्यवस्थापन स्वदेशी व्यवस्थापकबाटै भयो । सन् २००७ पछि पुनः निगममा रणनीतिक साझेदार भित्राउने चर्चा सुरु भयो । सन् २०१५ मा लुफ्थान्साले नै निगमको व्यवस्थापन सम्हाल्ने गरी प्रक्रिया अगाडि बढे पनि त्यसले मूर्तरूप पाउन सकेन ।

किन आवश्यक रणनीतिक साझेदार
नेवानिको प्रतिस्पर्धी क्षमता बढाउन रणनीतिक साझेदार आवश्यक रहेको निष्कर्षमा सरकार पुगेको छ । पहिलो चरणमा ५-७ वर्षसम्मका लागि मात्र रणनीतिक साझेदार भित्राउने र यस अवधिमा सम्बन्धित कम्पनीबाट व्यवस्थापकीय क्षमता, उच्चस्तरीय प्रविधि तथा अनुभव ट्रान्सफर गरी निगमलाई प्रतिस्पर्धी कम्पनीका रूपमा स्थापित गराउने लक्ष्य मन्त्रालयले लिएको छ । यसबाहेक विदेशी कम्पनीसँग कोड सेयर गरी बिजनेस बढाउने र नेटवर्क वृद्धि गर्न पनि रणनीतिक साझेदार आवश्यक रहेको निष्कर्षमा मन्त्रालय छ ।

http://www.enayapatrika.com/2017/12/14/6486/
Comments
Post a Comment