अच्युत पुरी, काठमाडौं, ६ मंसिर |
मौलिक पोसाकमा सजिएका शेर्पिनी युवतीहरूले कम्मरमा भुँड्कामा पानी बोकेर लहरै उकालो लाग्दै गर्दा क्यामेरामा कैद गर्न लालायित पर्यटकको ताँती लाग्थ्यो । चाैँरी, गोठ र गोठालाको दैनिकी, शेर्पा समुदायका विविध सांस्कृतिक गतिविधि र दैनिकीलाई नजिकबाट नियाल्ने आँखी झ्याल थियो, नाम्चे । घरमा आएको विदेशी होस् या स्वदेशी, वास बस्दा पैसा लिइँदैनथ्यो । तिनले जे खान्छन्, थोरै मूल्य आउँथ्यो । शेर्पा दाजु त्यसैमा सन्तुष्ट हुन्थे।

तर, आज परिस्थिति फेरिएको छ । अब हिजोको नाम्चे नाममा मात्रै नाम्चे छ । व्यवहारमा यो परिपक्व बनेको छ, शेर्पा समुदाय व्यावसायिक । हिजो चिसोले पाहुना नकठ्यांग्रिऊन् भनेर दया–मायामा वास दिने शेर्पा दाजुको घर अब नाम्चेमा देख्न पाइन्न । शेर्पिनी भाउजूले वल्लोपल्लो घरमा आफ्नै भाषा प्रयोग गरेर बोलाएको आवाज नसुनेको निकै भइसकेकेको छ । किनभने, नाम्चे अब पर्यटकीय हबमा परिणत भएको छ ।
यहाँको भाषा र समुदाय अमेरिका या बेलायत बसाइँ सर्यो र नाम्चेमा अंग्रेजी भाषा तथा पश्चिमा संस्कृतिले छपक्कै छोयो । यो सबै परिवर्तनका साक्षी हुन्, निमाटासी शेर्पा । आजभन्दा करिब चार दशकअघिको यादमा डुब्दै निमा भन्छन्, ‘नाम्चे टेक्दा तपाईंलाई लाग्थ्यो, यो एउटा जिउँदो सांस्कृतिक संग्रहालय हो, तर अब यहाँ शेर्पाभन्दा बढी विदेशी संस्कृति भित्रिइसक्यो ।’ तर, स्थानीय यसलाई रोक्न सक्ने अवस्थामा पनि छैनन् । किनभने समयसँगै हिँड्न नसक्ने हो भने अगाडि बढ्न मुस्किल हुनेमा उनीहरू राम्रोसँग अभ्यस्त छन् ।

गेट वे टू एभरेस्ट
समुद्री सतहबाट तीन हजार चार सय ४० मिटर उचाइमा अवस्थित सोलुखुम्बु जिल्लास्थित नाम्चे विश्वकै सर्वोच्च टाकुरो सगरमाथाको प्रवेशद्वार हो । २९ मे १९५३ मा पहिलोपटक सगरमाथा चुम्न सफल तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले काठमाडौंनजिकैको धुलिखेलबाट बाटो तय गरी आइपुगेको यो शेर्पा गाउँ पुग्न अहिले भने निकै सहज छ । काठमाडौंबाट हेलिकोप्टर चार्टर गरी सीधै नाम्चे ओर्लिनेदेखि दोलखाको जिरी हुँदै पदयात्रामार्फत आउने पर्यटकलाई पनि सेवा दिएका छन्, बेस डी क्याम्प होटेलका सञ्चालक निमाटासी शेर्पा ।

अहिले धेरै पर्यटक काठमाडौंदेखि लुक्लासम्म हवाई यात्रा र त्यसपछि पदयात्रामार्फत नाम्चे आइपुग्छन् । लुक्ला आफैँमा एक विश्वचर्चित विमानस्थल हो । संसारकै सबैभन्दा खतरनाक विमानस्थलको सूचीमा सूचीकृत यो विमानस्थलमा विमान अवतरण गर्दै गर्दा लाग्छ, प्लेन चढ्नु दुई कुराको भरोसामा– एक पाइलट र दोस्रो भगवान् । प्रकृतिलाई जितेर पर्यटकलाई सकुशल लुक्ला अवतरण गराउने क्षमता यी दुईबाहेक अरूमा छैन ।
नाम्चे खुम्बु पदयात्रा मार्गको मध्यबिन्दु या सबैभन्दा सुरक्षित स्थान हो । लुक्लादेखि सगरमाथा आधार शिविरसम्म करिब ६२ किलोमिटरको दूरी पार गर्न पदयात्री सामान्यतया दुई साता लगाउँछन् । ०३९ देखि सगरमाथा क्षेत्रमा पदयात्रीको सेवामा खटिएका गाइड खोटाङका बलराम पुरीका अनुसार आधार शिविरका लागि उकालो लाग्नुअघि नाम्चेमा कम्तीमा दुई–तीन दिन बस्नुपर्छ । यसो गर्दा पदयात्री हाइअल्टिच्युडको समस्यासँग सहजै घुलमिल गर्न सक्छन् ।

बिहान काठमाडौंदेखि लुक्ला पुगेका पदयात्री लुक्लामा बिहानको खाना खाइवरी नाम्चेतर्फको यात्रा प्रारम्भ गर्छन् । कैयौँपटक सगरमाथा आधार शिविरसम्मको पदयात्रा सफलतापूर्वक सम्पन्न गरेका पर्यटन अभियन्ता चक्र कार्कीका अनुसार स्थानीय बासिन्दा एक दिनमै पुग्ने लुक्लादेखि नाम्चेको बाटो पार गर्न पैदलयात्री र पर्यटकका लागि भने पूरै दुई दिन लाग्छ । पहिलो दिन मानिस मोन्जो या फाक्दिङ भन्ने स्थानसम्म पुगेर वास बस्छन् । पर्यटक र पदयात्रीले लुक्लादेखि फाक्दिङ या मोन्जोसम्म पुग्न ५–६ घण्टाको समय लगाउँछन् ।
फाक्दिङबाट उकालो लागेका पदयात्री भने करिब ८–९ घण्टामा नाम्चे पुगिसक्छन् । नाम्चेसम्मको यात्राका लागि सबैभन्दा कठिन र रोमाञ्चक पदमार्ग नै फाक्दिङदेखि नाम्चेसम्मको मानिन्छ । ठाडो उकालोमा खच्चड र चौँरीको ताँतीले गराउने ट्राफिक जाम यस मार्गको सबैभन्दा आकर्षक पक्ष हो । खच्चड र चौरीको ताँती आएका वेला पदयात्रीले भीरतर्फ नभई कुनातर्फ साइड लागेर उनीहरूलाई बाटो छाडिदिनुपर्छ ।
वाह ! नेपाली ग्रुप
आन्तरिक गन्तव्यमा अहिले सबैभन्दा बढी पर्यटक नेपाली हुन्छन् । हिजो नेपाली पर्यटकलाई कोठा नदिने व्यवसायीको सोचमा आज परिवर्तन आएको छ । विश्वचर्चित पदमार्ग अन्नपूर्ण, लाङटाङ या मनासलु पदमार्गमा अहिले प्रशस्त नेपाली पदयात्री भेटिन्छन् । तर, खुम्बुमा ‘ब्याकप्याकर्स’ नेपाली पदयात्री भेटिँदा गाइडदेखि पर्यटकसम्म अचम्म मान्छन् । सामान्यतया खुम्बु पदमार्ग आर्थिक हिसाबले महँगो मात्र होइन, प्राविधिक पक्षबाट पनि कठिन मानिने शेर्पा गाइडहरू बताउँछन् । त्यसकारण आरोही, गाइड र भरियाबाहेक ज्यादै कम पदयात्री देख्ने गरेको अनुभव ओखलढुंगाका गाइड यज्ञ सुनुवारले बाँडे । हामीले लुक्लादेखि नाम्चेसम्मको यात्राका दौरान काठमाडौं–सगरमाथा आधार शिविर पदयात्रामा निस्किएका दुई जनाबाहेक नेपाली पदयात्री नभेट्नुले पनि यस कुराको पुष्टि गथ्र्यो ।

हेली, खच्चड र भरियाको भर
मुलुक साँच्चिकै पर्यटकीय आकर्षणको क्षेत्र हो भन्ने झल्को त्यसवेला मिल्छ, जब भौगोलिक रूपमा कठिन स्थानमा पनि न्यानो आतिथ्य मिल्छ । यही आतिथ्य ग्रहण गर्न हजारौँ पर्यटक बाटोमा भेटिन्छन् । र, उनीहरू सन्तुष्ट पनि छन् । लुक्लादेखि माथि नाम्चेसम्म वास बस्न या खाजा खानाका लागि पर्यटकले सास्ती भोग्नुपर्दैन । पर्यटकको आवागमन बढेपछि यहाँ व्यवसायी उनीहरूको स्वागतमा तयार भइसक्छन् । दिउँसो २ बजे होटेल पुगेर अर्डर गर्दा ३० मिनेटको कुराइमा एकातर्फ थकान मेटाउने मौका, अर्कोतर्फ मीठो नेपाली परिकार खुवाउने जोरसल्लेस्थित विशाल रेस्टुरेन्टलाई धन्यवाद नदिई यो यात्रा सफल मानिँदैन । तर, यस क्षेत्रको यातायातको माध्यम केवल हेलिकोप्टर, खच्चड या भरिया नै हुन् । सडक यातायात नपुगेको अनकन्टार गाउँमा केवल स्थानीयको प्रयासमा भएको विकास र पर्यटकको आकर्षण देख्दा लाग्छ, नेपालका सबै गाउँ यस्तै भैदिए… ।

‘अल्टिच्युड सिक्नेस’ हटाउन नाम्चे बसाइ
हिमाली क्षेत्रको पदयात्रामा ट्रेकिङ गाइड सबैभन्दा मुख्य व्यक्ति हो । तपार्इं पद र धनले जति ठूलो मानिस भए पनि पदयात्रामा उसको अर्डर मान्नुभएन भने जोखिम मोल्न तयार रहनुहोस् । नाम्चे पुग्ने पहिलो रात मदिरा पिउनै नहुने सल्लाह हरेक ट्रेकिङ गाइड दिन्छन् । गाइड मात्र होइन, होटेल व्यवसायी आफैँ यसमा पर्यटकलाई सचेत गराउँछन् । ट्रेकिङ गाइड पुरीका अनुसार नाम्चे ‘हाई अल्टिच्युड सिक्नेस’ हटाउने स्थान हो । यहाँ सबै प्रकारका सुविधा उपलब्ध छन् । यहाँ पुग्ने जो–कोहीको मुखबाट निस्किन्छ, ‘काठमाडौंको ठमेलभन्दा कुनै पनि मानेमा कम छैन ।’ नाम्चेमा अहिले करिब एक सय होटेल छन् । जसले दैनिक १५ सयदेखि दुई हजार पर्यटकलाई सेवा दिन सक्छन् ।

दोस्रो दिनको नाम्चे बसाइलाई अविस्मरणीय बनाउन यस आसपास प्रशस्त पर्यटकीय गन्तव्यको विकास गरिएको छ । जसले अघिल्लो दिनको थकाइ पूरै मेटाइदिन्छ । नाम्चेबाट करिब एक घण्टाको उकालोपछि पुगिने स्याङ्बोचे विमानस्थल, धुले विमानस्थल हो । हेलिकोप्टरले कार्गो उडान गर्ने यस विमानस्थलमा सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीस्थित विमानस्थल फाप्लुबाट विभिन्न सामग्री ल्याइन्छ । त्यहाँबाट थप एक घण्टाको यात्रापछि पुगिन्छ, एभरेस्ट भ्यु होटेल । करिब ७० को दशकमै जापानी नागरिकले सञ्चालनमा ल्याएको यो होटेल नाम्चेनजिकैबाट सगरमाथा अवलोकन गर्ने उत्कृष्ट थलो हो । होटेलको हरेक कोठाबाट सगरमाथा प्रस्ट देखिन्छ । त्यसकारण नाम्चे पुग्ने हरकोही यहाँसम्म पुग्छन् र कम्तीमा एक कप भए पनि कफी पिएरै तल झर्छन् ।

हिडेन भ्याली : खुम्जुङ
फाक्दिङबाट केही उकालो चढिसकेपछि सीधा अगाडि उभिइरहेको एउटा नांगो चुचुरो देखिन्छ । यो चुचुरो नाम्चे मात्र होइन, स्याङ्बोचे पुगुन्जेल पनि अगाडि खडा भएरै उभिएको देखिन्छ । खुम्बिला नाम गरेको यो चुचुरोको विशेषता : हिउँ पर्दैन र परे पनि यहाँ टिक्दैन । खुम्जुङ यसै चुचुरोको फेदीमा अवस्थित एक आकर्षक गाउँ हो । खुम्जुङका एक स्थानीय लाक्पा शेर्पा भन्छन्, ‘खुम्बिला यस क्षेत्रका देउता हुन्, उनैले हाम्रो रक्षा गर्छन् ।’ खुम्जुङ र नाम्चेका स्थानीय शेर्पा समुदाय काटमार गर्दैनन् । तर, पनि गएका पाहुनालाई खुवाउन उनीहरूले खच्चडमा बोकाएरै मासुको जोरजाम गरेका छन् । पहिलोपटक खुम्जुङ टेक्दै गर्दा महिला अधिकारकर्मी लक्ष्मी न्यौपाने बयान गर्छिन्, ‘यति कठिन भूगोलमा यो सुन्दर बस्ती बसाउने शेर्पा साँच्चिकै महान् हुन् ।’ उनले खुम्जुङ र नाम्चे तथा यस आसपासका कुनै पनि गाउँ स्विट्जरल्यान्डभन्दा कम नभएको बयान गरिन् ।

सके बेसक्याम्प नसके नाम्चेबाटै बाइबाई
खुम्बु पदयात्रीले नाम्चेमा थप एक दिनको बसाइपछि नै निकै नजिकबाट सर्वोच्च चुचुरो अवलोकन गरिसक्छन् । तर, आधार शिविरसम्म पुग्न भने अझै ६–७ दिनको समय छुट्याउनुपर्छ । त्यसका लागि पर्याप्त तयारी र मानसिक रूपमा पनि तयार रहनुपर्छ । किनभने नाम्चेबाट क्रमशः उचाइ बढ्दै जान्छ । शरीरलाई उचाइसँग अभ्यस्त गराउँदै उकालो चढ्नु पक्कै पनि सहज छैन । अर्कोतर्फ नाम्चेभन्दा माथि होटेलहरू पर्याप्त छैनन् । भनेअनुसारको खाना उपलब्ध नहुन सक्छ । मेडिकल सेन्टरहरू खुलेका छैनन्, सबै आफैँ जोहो गरेर उकालो चढ्नुपर्छ । त्यसकारण दुई दिनको बसाइ सके बेस क्याम्प, नसके नाम्चेबाटै बाईबाई भन्नका लागि हो ।

शब्द/तस्बिर : अच्युत पुरी
http://www.enayapatrika.com/2017/11/22/1159/
Comments
Post a Comment