अच्युत पुरी, काठमाडौं | १८ भदौ

उचाइ मापनको औपचारिक विधि–प्रक्रिया एक साताभित्र टुंगो लगाइने –
संसारको सर्वोच्च शिखर सगरमाथाको उचाइ नेपाल आफैँले नाप्ने भएको छ । यसका लागि मापनको औपचारिक विधि–प्रक्रिया निर्माण अन्तिम चरणमा रहेको छ । नापी विभागले एक साताभित्र सगरमाथाको उचाई मापनसम्बन्धी कार्यविधि भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा पेस गर्ने तयारी गरेको छ । सगरमाथाको उचाइ नेपाल सरकार आफैँले नाप्न आवश्यक जनशक्ति, विधि–प्रक्रिया र लागतसमेतको विस्तृत विवरण समेटेर कार्यविधि बनिरहेको विभागका निर्देशक अनिल मरासिनीले जानकारी दिए । उनका अनुसार कार्यविधि नेपाल सरकारबाट स्वीकृत भएपछि सगरमाथाको उचाइ मापनको औपचारिक काम सुरु हुनेछ ।
१६२ वर्षपछि औपचारिक मापन
सन् १८५५ मा सर्भे अफ इन्डियाको तर्फबाट सर जर्ज एभरेस्टको नेतृत्वमा पहिलोपटक सगरमाथाको उचाइ औपचारिक मापन गरिएको थियो । त्यसपछि उनको सम्मानमा सगरमाथाको नाम नै माउन्ट एभरेस्ट राखिएको थियो । त्यसवेला सगरमाथाको उचाइ ८,८४८ मिटर कायम भएको थियो । त्यसपछि सोही कम्पनीले नै सन् १९५६ मा मापन गरी सगरमाथाको उचाइ ८,८४८ मिटर नै रहेको उल्लेख गरेको थियो । अप्रिल २०१५ को भूकम्पपछि सगरमाथाको उचाइमा परिवर्तन आएको भन्दै बहस सुरु भएपछि सर्भे अफ इन्डियाले नै आफ्नो स्थापनाको २ सय ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २०१७ भित्र सगरमाथाको उचाइ पुनः नाप्ने घोषणा गरेको थियो । तर, त्यसपछि सगरमाथाको उचाइ नेपाल सरकार आफैँले नाप्नुपर्ने दबाब परेको थियो ।

मापनको बिन्दु उदयपुरको बाँसघारी
नापी विभागले उचाइ मापनको प्रारम्भिक बिन्दु उदयपुर जिल्लामा पर्ने बाँसघारीलाई छनोट गरिसकेको छ । उक्त स्थानमा स्थलगत अध्ययन गरिसकिएको र सोही बिन्दुलाई आधार मानेर सगरमाथाको उचाइ मापनको काम अगाडि बढाउने तयारी छ ।

नयाँ नतिजा दुई वर्षभित्र
नापी विभागले दुई वर्षभित्र सगरमाथाको उचाइको नयाँ नतिजा प्राप्त गर्ने गरी कार्यविधि बनाएको छ । ‘कार्यविधि पास भएपछि उचाइ मापनको लागत, विधि–प्रक्रिया, जनशक्ति तथा प्राविधिक पक्षको टुंगो लाग्नेछ,’ नापी विभागका निर्देशक मरासिनीले भने, ‘त्यसपछि बढीमा दुई वर्षभित्र उचाइ नाप्ने काम सम्पन्न गरी नतिजा आउनेछ ।’

अन्तर्राष्ट्रिय विज्ञ–विशेषज्ञको सहभागिता
सगरमाथाको उचाइ मापन गरी त्यसलाई अन्तर्राष्ट्रिय मान्यतासमेत दिनुपर्ने भएकाले मापनका क्रममा अन्तर्राष्ट्रिय विज्ञ–विशेषज्ञलाई सहभागी गराउने सरकारको योजना छ । ‘हामीले नापेको उचाइले अन्तर्राष्ट्रिय मान्यता पाउनुपर्छ,’ निर्देशक मरासिनीले भने, ‘त्यसका लागि आवश्यक परेका वेला अन्तर्राष्ट्रिय विज्ञ–विशेषज्ञलाई संलग्न गराउनुपर्ने हुन्छ ।’ उचाइ मापनको विधि र प्रविधिको टुंगो भने कार्यविधिमार्फत तय गरिने उनले जानकारी दिए । संसारमा उचाइ मापनका विविध प्रविधि भित्रिसकेको भए पनि सीधै मापन गर्दा आधिकारिकता नपाउने भएकाले विभागले ऐन–नियमावली र कार्यविधि प्रक्रियाअनुसार नै सगरमाथाको उचाइ नाप्न थालेको बताइएको छ ।

मन्त्रालयको निर्देशन
४ भदौ ०७४ मा भूमिसुधार तथा व्यवस्था मन्त्रालयको सचिवस्तरीय बैठकले सगरमाथाको उचाइ मापनको स्वीकृति तथा सो कार्यमा खटिने कर्मचारीको बिमालगायत विषयमा रायसहित मन्त्रालयमा सुझाब पेस गर्न नापी विभागलाई निर्देशन दिएको थियो ।

उचाइ घट्ने अवस्था आए असर पर्छ
जिम्बाजाङ्बु शेर्पा
पूर्वअध्यक्ष
नेपाल पर्वतारोहण संघ
संसारमा सगरमाथाभन्दा पनि अग्ला हिमाल छन् भन्ने दाबी पछिल्लो समय बढी सुनिन थालेको छ । तर, संसारभरका मानिसले अहिलेसम्म ८,८४८ मिटर अग्लो सगरमाथालाई आधिकारिक मानेर मान्यतासमेत दिइसकेका छन् । अहिले सगरमाथाको उचाइ किन प्राथमिकतामा प¥यो म अपडेट छैन । तर, पुनः मापनबाट चुचुरोको उचाइ घट्ने अवस्था आयो भने त्यसले नेपालको पर्वतीय पर्यटनमा नकारात्मक असर पुग्छ । यसअघि चीनले नापेको उचाइ केही कम देखिएपछि पर्यटक आगमन खस्केको थियो । यसतर्फ पनि हामी सचेत हुनुपर्छ ।

http://www.enayapatrika.com/2017/09/03/180577/
Comments
Post a Comment