नयाँ पत्रिका, काठमाडौं | भदौ ०३, २०७४
नेपाल उद्धार तथा अग्नि निवारण संघका अध्यक्ष अरुणकुमार आचार्य नेपाल नागरिक उड्डयन प्राधिकरणमातहतको विमानस्थल उद्धार तथा अग्नि नियन्त्रण सेवामा कार्यरत छन् । विमानस्थल तथा सहरी क्षेत्रमा अग्नि नियन्त्रणका लागि खटिएका अग्नि नियन्त्रकहरूको साझा मञ्चका रूपमा रहेको संघले अहिले अग्नि नियन्त्रणका विषयमा विविध गतिविधि गरिरहेको छ । बढ्दो अव्यवस्थित सहरीकरणका कारण आगलागीको जोखिम बढ्ने भए पनि सरोकारवाला निकाय यसतर्फ गम्भीर हुन सकेका छैनन् । यसै सन्दर्भमा अध्यक्ष आचार्यले सहरी क्षेत्रमा अग्नि नियन्त्रणका चुनौतीलाई यसरी बताए :

अध्यक्ष, नेपाल उद्धार तथा अग्नि निवारण संघ
पूर्वतयारीको अभाव
नेपाल अहिले भौतिक संरचना निर्माण, सूचनाप्रविधि र अन्य धेरै क्षेत्रमा तीव्र विकासको चरणमा छ । मानिसको आम्दानीमा वृद्धि भएसँगै विलासिताका सामग्रीको प्रयोग बढ्दै गएको छ भने परम्परागत सामग्री विस्थापित भएका छन् । त्यसको सट्टामा सुविधासम्पन्न आधुनिक उपकरण जडान र सञ्चालन गर्ने क्रम बढ्दो छ । तर, सहरमा अत्याधुनिक उपकरण जडान र त्यसको उपयोग बढे पनि यसबाट उत्पन्न हुन सक्ने जोखिमका सम्बन्धमा भने पूर्वतयारी गरिएको पाइँदैन । आगो मानव जीवनमा नभई नहुने तत्वमध्ये एक हो । तर, आगो अर्थात् ऊर्जालाई सही रूपमा उपयोग गर्न सकियो भने मात्र यसले हाम्रो भलो गर्छ । जब आगोसँग खेलबाड गर्न सुरु हुन्छ, त्यसले विनाश निम्त्याउँछ । नेपालमा आगोबाट कसरी बच्ने भन्ने सन्दर्भमा कुनै पूर्वतयारी छैन ।

साँघुरा सडक
एकाध पछिल्ला सहरलाई छाड्ने हो भने नेपालका कुनै पनि सहर व्यवस्थित रूपमा विकास गरिएको होइन । बर्सेनि सहरीकरण बढ्दो छ । तर, बढ्दो सहरीकरणलाई व्यवस्थित बनाउने वा व्यवस्थित सहरीकरणको कुनै योजना नै देखिएको छैन । कागजमा भए पनि कार्यान्वयन तहमा व्यवस्थित सहरीकरणको कुनै संकेत देखिँदैन । पूर्वाधार निर्माणका क्रममा सहरका लागि आवश्यक आधारभूत मापदण्डसमेत पालना गरिएको पाइँदैन । अहिले जुन रूपमा सहरीकरण भइरहेको छ । जस्तो पूर्वाधार तयार छन् त्यसले सामान्य अवस्थामा त खासै असर गर्दैन, तर जब विपद् आइपर्छ त्यसवेला पछुताउनुको विकल्प रहँदैन । खासगरी नेपालको सहरी क्षेत्रमा बनाइएका सडक अत्यन्तै साँघुरा छन् । यी सडकमा पनि अत्यधिक सवारीसाधन गुड्ने भएकाले सडकमा ट्राफिक जामको समस्या सधैँको समस्या बनेको छ । व्यस्त समयमा कुनै स्थानमा आगलागी भयो भने नियन्त्रण गर्न समयमै दमकल पुग्नै नसक्ने अवस्था छ । जसका कारण अगालागीपछि झनै ठूलो क्षति बेहोर्नुपर्ने देखिएको छ ।

अव्यवस्थित बस्ती र सहरीकरण
विदेशमा सामान्यतया मानव बस्ती र उद्योगधन्दा फरक–फरक स्थानमा व्यवस्थित रूपमा विकास गरिएको हुन्छ । यसबाट मानव बस्ती र औद्योगिक क्षेत्रमा हुन सक्ने आगलागीका जोखिम र न्यूनीकरणमा सोहीअनुसार तयारी गर्न सम्भव हुन्छ । तर, नेपालमा एकातर्फ बस्ती व्यवस्थित छैन भने सहर पनि अव्यवस्थित रूपमा विकास भएको छ । यसले आगलागीको जोखिम त बढेको छ नै त्यसको न्यूनीकरणमा झनै ठूलो जोखिम थपेको छ । काठमाडौं उपत्यकामा बनाइएका घर, यहाँका सडकमा देखिने तारको सञ्जाल र बेथितिले जुनसुकै वेला पनि ठूलो दुर्घटना पर्खेर बसिरहेको आभास हुन्छ । तर, यसको न्यूनीकरणका लागि कुनै पनि निकायको ध्यान जान सकेको देखिँदैन । अझ दुःखलाग्दो पक्ष स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिसमेत यस प्रकारको जोखिम न्यूनीकरणमा जागरुक भएको अवस्था छैन । त्यसैले बनिसकेका सहरमा जोखिम घटाउने र नयाँ बन्ने सहर व्यवस्थित बनाउनेतर्फ तत्काल काम गर्नुपर्ने खाँचो छ ।

प्लास्टिकका सामग्रीको बढ्दो प्रयोग
अहिले सहरको भान्सा–भान्सामा औद्योगिक उत्पादनमार्फत निर्माण भएका प्लास्टिकका सामग्रीको प्रयोग बढ्दो छ । यस्ता सामान सजिलै जल्छन् । त्यसैले यस्ता सामानले आगलागीका सम्भावना पनि बढाएको छ भन्दा अत्युक्ति नहोला । हिजो घरायसी प्रयोजनमा माटो, तामा या अन्य धातुबाट बनेका सामग्री बढी प्रयोगमा थिए । ती सामग्रीमा भन्दा प्लास्टिकका सामग्रीको प्रयोग गर्दा आगलागीको सम्भावना बढी हुन्छ । केही समयअगाडि उपत्यकाभित्रै गाईगोठमा भएको आगलागीमा धेरै ठूलो क्षति भएको थियो । त्यसमा प्लास्टिकको प्रयोग गरी बनाइएको संरचना मुख्य कारण रहेको पाइएको थियो । गाईगोठ बनाउँदा प्लास्टिकसँगै पराल आवश्यक हुन्छ । अहिले सहरका गाईगोठमा पनि बिजुलीको तार जडान गरिएको हुन्छ । जहाँ पराल हुन्छ, त्यहाँ मुसा बस्ने गर्छ । मुसाले परालसँगै बिजुलीको तार पनि काट्ने गर्छ । यसरी काटिएको तार सर्ट भए आगलागीको सम्भावना अत्यन्तै उच्च हुन्छ ।

पानीको अभाव
अव्यवस्थित सहरीकरणको अर्को नतिजा पानीको अभाव पनि हो । आगलागी नियन्त्रणका लागि पानी सबैभन्दा अत्यावश्यक वस्तु हो । सहरमा पानीको चरम अभाव छ । मानिस पिउने पानीको अभावमा तड्पिनुपर्ने अवस्था छ । यस्तो वेला आगलागी भइहाल्यो भने पानीका लागि तड्पिनुपर्छ । विश्वका अधिकांश ठूला सहर ठूलो नदी, तलाउ वा समुद्री किनारमा रहेका पाइन्छन् । तर, नेपालमा भने तालतलैया वा नदी आसपासभन्दा पनि जहाँ सहज हुन्छ त्यहीँ सहर बसेको वा बसाइएको छ । जसका कारण पानीको सधैँ अभाव रहने गरेको पाइएको छ । नेपालका स्थानीय तहसँग पर्याप्त दमकल छैनन् । भएका दमकल पनि सुचारु अवस्थामा छैनन् । ठूलो जनसंख्या भएको सहर पनि ज्यादै थोरै उपकरण र जनशक्तिको भरमा बसिरहेको अवस्था छ । ठूलो संरचना आसपास पर्याप्त पानीको व्यवस्था हुनुपर्छ ।

जनचेतना र उपकरण सञ्चालनबारे ज्ञानको कमी
सहरीकरणको प्रभावस्वरूप अहिले धेरै घरका भान्सा–भान्सामा ग्यास सिलिन्डर पुगेका छन् । तर, ग्यास सिलिन्डरको राम्ररी उपयोग हुन नसके यो बम हो भन्ने उपभोक्ताले हेक्का राख्न सकेका छैनन् । ग्यास सिलिन्डरको पनि निश्चित आयु हुन्छ । त्यस्तै, ग्यास चुलोमा पनि लिकेजको सम्भावना उत्तिकै रहन्छ । त्यसैले नियमित मर्मत सम्भार गरिरहनुपर्छ । रेगुलेटर, पाइप बिग्रिने सम्भावना पनि उत्तिकै हुन्छ । ग्यास चुलो, रेगुलेटर, पाइप काम चलाउभन्दा पनि उच्च गुणस्तरीय हुनुपर्छ । यी जनचेतनाका पक्ष हुन् । अहिले ठूला भौतिक संरचना खासगरी फिल्म हल, सपिङ सेन्टर र भवनहरूमा ‘फायर इस्टिङगुइसर’लगायत आधुनिक उपकरण जडान गर्ने चलन बढ्दै गएको छ । तर, त्यसको सञ्चालनबारे मानिसलाई ज्ञानको अभाव छ । दुई वर्षअगाडि काठमाडौंको चप्पल कारखानास्थित एक कारखानामा चप्पल बनाउने कच्चा पदार्थमा आगलागी हुँदा कम्पनीको सुरक्षामा खटिएका सुरक्षा गार्डले फायर इस्टिङगुइसर चलाउन नजानी उपकरण नै आगोमा फालेको घटना बिर्सनु हुँदैन । त्यसरी उपकरण आगोमा फाल्दा विस्फोट भई झन् ठूलो दुर्घटना भएको थियो । त्यसकारण जनचेतना र उपकरण सञ्चालनको ज्ञान आगलागीबाट हुने जोखिम न्यूनीकरणको महत्वपूर्ण पक्ष हो ।

दक्ष जनशक्ति अभाव
नेपालमा आगलागी नियन्त्रण अहिले पनि स्वयंसेवकको भरमा निर्भर छ । उनीहरूको भरमा जनधनको क्षति कम गराइएको छ । तर, सधैँभरि यसरी चल्न सकिँदैन । हरेक क्षेत्रमा अत्याधुनिक उपकरण र दक्ष जनशक्तिको आवश्यकता छ । सिटी फायरतर्फ नेपाल ज्यादै दयनीय अवस्थामा छ । नेपालमा सर्वप्रथम विसं. १९९७ बाट अग्नि नियन्त्रणको आवश्यकता महसुस गरी यसतर्फ काम थालिएको हो । राणा शासकहरूले निर्माण गरेको फायर फाइटरहरूमा नेपाल आर्मी तथा पुलिसका सबैभन्दा बलिया र काम गर्न सक्ने दक्ष मानिसलाई लिने गरिन्थ्यो । विकासक्रममा राजनीतिक परिवर्तन भयो, हामी आर्थिक रूपमा दक्ष बन्दै गयौँ । तर, अग्नि नियन्त्रणतर्फ भने कुनै विकासको आवश्यकता महसुस गरिएन । त्योवेला जनसंख्या ज्यादै न्यून रहेको अवस्थामा समेत उपत्यकामा ७५ जना फायर फाइटरको दरबन्दी सिर्जना गरिएको थियो । अहिले जनसंख्या र सहरीकरण उच्च बिन्दुमा पुगेकोवेला समेत त्योभन्दा पनि थोरै जनशक्तिले काम गर्नुपरेको तीतो सत्य छ ।

उपकरण खरिदमा उदासीनता
०४२ मा सार्क शिखर सम्मेलनका दौरान खरिद गरिएका दमकल अहिले पनि नेपालको सहरी क्षेत्रमा गुड्ने सबैभन्दा आधुनिक ‘फायर भेहिकल’ हुन् । हवाई सुरक्षाका लागि भने अत्याधुनिक सुविधा–सम्पन्न भेहिकल र अन्य उपकरण खरिद गरिएको छ । किनकि यसमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । सिटीतर्फको अग्नि नियन्त्रण भने उपकरण र सुविधासम्पन्न दमकलविहीन अवस्थामा छ । अहिले नेपालमा अग्ला भवन निर्माणको होड छ । तर, नेपालमा रहेका दमकल र उपकरणले ८-९ तलाभन्दा अग्लो भवनमा लागेको आगो निभाउन सकिँदैन । यस विषयमा ठूलो दुर्घटना हुनुभन्दा अगाडि नै राज्य र सम्बन्धित स्थानीय निकाय सचेत भई सुविधासम्पन्न उपकरण खरिदमा सक्रिय हुनुपर्छ ।

http://www.enayapatrika.com/2017/08/19/176081/
Comments
Post a Comment