अच्युत पुरी, काठमाडौं | भदौ ०४, २०७४
१ साउनदेखि अनिवार्य गरिएको ‘एक्जिम कोड’ ८ हजार व्यवसायीले लिए –
नेपालमा अन्तर्राष्ट्रिय व्यापार गर्ने आधिकारिक फर्मको संख्या साढे ८ हजार पुगेको छ । भन्सार विभागले १ साउनदेखि व्यावसायिक प्रयोजनमा मालवस्तु निकासी वा पैठारी गर्ने फर्मका लागि निकासी–पैठारी संकेत नम्बर ‘एक्सपोर्ट–इम्पोर्ट (एक्जिम)कोड’ अनिवार्य गरेयता उक्त संख्यामा कोर्ड जारी भइसकेको छ । विभागका निर्देशक कुलराज ज्ञवालीका अनुसार अहिले दैनिक ५०-६० जनाले थप कोड लिइरहेका छन् । आर्थिक वर्ष प्रारम्भ भएको पहिलो केही दिन एक्जिम कोड लिने फर्मको संख्या अधिक रहेको उनले बताए । बढीमा १० हजार फर्मले एक्जिम कोड लिने अपेक्षा गरिएको उनले जानकारी दिए ।

एक्जिम कोड नलिने व्यक्तिलाई व्यापारमा रोक
नेपालको वैदेशिक व्यापार प्रवद्र्धन गरी निकासी–पैठारी कार्यलाई पारदर्शी, व्यवस्थित र सरलीकृत गर्ने उद्देश्यले निकासी–पैठारी संकेत नम्बर जारी गरेको भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले जानकारी दिए । उनका अनुसार संकेत नम्बर नलिने व्यक्ति र फर्मलाई अन्तर्राष्ट्रिय व्यापारमा रोक लगाइसकिएको छ ।

यकिन तथ्यांक प्राप्त हुने
नेपालमा कति फर्मले अन्तर्राष्ट्रिय व्यापार (निकासी–पैठारी) गर्छन् भन्ने यकिन तथ्यांक अहिलेसम्म सरकारसँग थिएन । अब भने कुन फर्मले कति परिणामको व्यापार गर्छन् भन्नेसमेत यकिन तथ्यांक प्राप्त हुने महानिर्देशक चिमोरियाले जानकारी दिए । ‘यसले एकातर्फ अनाधिकृत व्यापार निरुत्साहित हुनेछ,’ उनले भने, ‘अर्कोतर्फ नेपालको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी अद्यावधिक अभिलेख प्राप्त हुनेछ ।’ एक्जिम कोर्ड जारी हुनुअघि करिब ४० हजारको संख्यामा अन्तर्राष्ट्रिय व्यापार गर्ने फर्म रहेको अनुमान गरिए पनि अब भने एक्जिम कोड लिने फर्म मात्र आधिकारिक हुने उनले स्पष्ट पारे ।

५ लाखसम्मको मालवस्तु निर्यातमा आवश्यक छैन कोड
कार्यविधिले एक पटकमा ५ लाख रुपैयाँ सम्म मालवस्तु निर्यात गर्ने र ५० हजार रुपैयाँ सम्मको मालवस्तु आयात गर्ने व्यक्तिका लागि भने कोड अनिवार्य गरेको छैन । तर, एकपटक कोड नम्बर लिइसकेका व्यक्तिले भने जुनसुकै मूल्यको मालवस्तु निकासी या पैठारी गर्दा पनि नम्बर उल्लेख गर्नै पर्छ । सरकारी निकाय, सार्वजनिक संस्थान, सरकारी आयोजना, कूटनीतिक नियोगलगायतले गैरव्यापारिक प्रयोजनमा गर्ने निकासी वा पैठारीमा भने संकेत नम्बर अनिवार्य छैन ।

विद्युतीय प्रणालीबाट हुनेछ काम
विभागका अनुसार कोड नम्बर उपलब्ध गराउने, फुकुवा गर्ने, अद्यावधिक गर्ने वा बन्द गर्नेजस्ता काम स्वचालित विद्युतीय प्रणालीबाट हुनेछ ।

एक्जिम कोड प्राप्त गर्न आवश्यक कागजात
-मालवस्तु निकासी वा पैठारी अथवा दुवै प्रकारको कारोबार गर्न चाहने व्यक्तिको निवेदनपत्र
-व्यवसाय वा उद्योग दर्ताको प्रमाणपत्र
-स्थायी लेखा नम्बर प्रमाणपत्र
-अन्तःशुल्क लाग्ने वस्तुको कारोबार गर्ने भए त्यसको इजाजतपत्र
-निवेदकको बैंक खाता रहेको बैंकबाट जारी सिफारिसपत्र
-नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गको वाणिज्य बैंकले जारी गरेको न्यूनतम एकवर्षे अवधिको ३ लाख रुपैयाँबराबरको बैंक जमानत
http://www.enayapatrika.com/2017/08/20/176420/
Comments
Post a Comment