अच्युत पुरी, काठमाडौं | 11 vadau

वैदेशिक दायित्व बढ्दै गएका कारण खुद सम्पत्ति भने घट्यो –
नेपालबाहिर कुल सरकारी सम्पत्ति ११ खर्ब रुपैयाँ नाघेको छ । आर्थिक वर्ष ०७३-७४ को तथ्यांकअनुसार नेपालको कुल वैदेशिक सम्पत्ति ११ खर्ब ७ अर्ब ७९ करोड रुपैयाँबराबर पुगेको हो ।
अघिल्लो आव ०७२-७३ मा नेपालको वैदेशिक सम्पत्ति १० खर्ब ५४ अर्ब १ करोड थियो । यस वर्ष ५३ अर्ब ७७ करोड ५० लाख रुपैयाँबराबर वैदेशिक सम्पत्ति वृद्धि भएको नेपाल राष्ट्र बैंकको ‘वैदेशिक सम्पत्ति तथा दायित्व स्थिति (आइआइपी)’ विवरणमा उल्लेख छ । खासगरी विदेशस्थित चल–अचल सम्पत्ति, त्यहाँ सरकारी स्तरबाट भएको लगानी र विभिन्न प्रयोजनका लागि राखिने डिपोजिटलगायत रकम सम्पत्तिका रूपमा जोडिन्छ ।

कसरी मूल्यांकन हुन्छ कुल सम्पत्ति ?
नेपालको कुल वैदेशिक सम्पत्तिको मूल्यांकन गर्दा सबैभन्दा बढी हिस्सा विदेशस्थित चल–अचल सम्पत्तिको रहेको छ । यसमा नेपाल सरकारका आधिकारिक निकायका नाममा रहेका दूतावास तथा आवासीय भवनहरूसमेत समावेश हुन्छ । विदेशमा नेपालको प्रत्यक्ष लगानी र पोर्टफोलियो लगानी छैन । अन्य लगानीतर्फ सेयर, मुद्रा र डिपोजिट, ऋण, ट्रेड क्रेडिट र एडभान्सलगायत रकम जोडिन्छ ।
के हो आइआइपी ?
मुलुकको बाह्य क्षेत्रको अवस्थालाई देखाउन सूचकमध्ये वैदेशिक सम्पत्ति तथा दायित्व स्थिति (आइआइपी) पनि एक मानिन्छ । आइआइपीमा प्रत्यक्ष वैदेशिक लगानी, पोर्टफोलियो लगानी, वित्तीय उपकरणहरू, अन्य लगानी र विदेशी विनिमय सञ्चिती समावेश गरिन्छ । देशको वैदेशिक दायित्वभन्दा वैदेशिक सम्पत्ति बढी भए आइआइपी धनात्मक र दायित्वको तुलनामा सम्पत्ति कम भएमा आइआइपी ऋणात्मक हुन्छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, महालेखा नियन्त्रकको कार्यालय तथा विभिन्न सर्वेक्षणका आधारमा आइइआपी निकाल्ने गरिन्छ । नेपालको सन्दर्भमा आइआइपी धनात्मक देखिएको छ ।

घट्यो खुद सम्पत्ति
विदेशमा रहेको नेपालको सम्पत्ति तथा त्यसको मूल्य बढे पनि नेपालको खुद वैदेशिक सम्पत्ति भने अघिल्लो आवको तुलनामा घटेको छ । नेपालभित्र विदेशी मुलुकको ऋण तथा प्रत्यक्ष वैदेशिक लगानी बढ्दा नेपालले तिर्नुपर्ने दायित्वसमेत वृद्धि भएको हो । यसले गर्दा खुद सम्पत्ति आव ०७२-७३ को तुलनामा घटेको छ । तथ्यांकअनुसार अहिले नेपालको कुल वैदेशिक दायित्व ६ खर्ब ६६ अर्ब ४० करोड पुगेको छ।

नेपालको कुल वैदेशिक सम्पत्ति ११ खर्ब ७ अर्ब ७९ करोड रुपैयाँबाट कुल वैदेशिक दायित्व ६ खर्ब ६६ अर्ब ४० करोड घटाउँदा खुद वैदेशिक सम्पत्ति ४ खर्ब ४१ अर्ब ३७ करोड देखिन्छ । अघिल्लो आव ०७२-७३ मा खुद वैदेशिक सम्पत्ति ४ खर्ब ४३ अर्ब ५२ करोड रुपैयाँबराबरको थियो । वैदेशिक दायित्वभित्र प्रत्यक्ष वैदेशिक लगानी, वैदेशिक ऋण, मुद्रा तथा डिपोजिट, ट्रेड क्रेडिट तथा एडभान्सजस्ता शीर्षकमा लगानी नेपाल भित्रिएको विदेशी सम्पत्ति जोडिन्छ ।
http://www.enayapatrika.com/2017/08/27/178300/
Comments
Post a Comment