अच्युत पुरी, काठमाडौं | भदौ ०१, २०७४
सिटी रेस्क्यु एन्ड फायरफाइटिङमा नेपाल कमजोर –
काठमाडौं उपत्यकामा गगनचुम्बी भवन बनाउने होडबाजी छ । निजी क्षेत्रले मात्र होइन, सरकारले पनि अग्ला भवन र संरचना निर्माणलाई प्राथमिकता दिएको छ । तर, करिब १ सय फिट (८ तला) भन्दा अग्लो भवनमा आगलागी भएमा नियन्त्रण गर्ने उपकरण र क्षमता भने नेपालमा छैन । ‘अग्ला भवनमा आगलागी भएमा नियन्त्रण गर्न निकै समस्या हुन्छ,’ नेपाल उद्धार तथा अग्नि निवारण संघका अध्यक्ष अरुणकुमार आचार्य भन्छन्, ‘त्यसमाथि ८ तलाभन्दा अग्लो संरचनामा आगो लाग्यो भने निभाउन सक्ने उपकरण नै हामीसँग छैन ।’ उनका अनुसार सहरी इलाका अग्नि नियन्त्रण तथा विपत् व्यवस्थापनका दृष्टिकोणबाट अत्यन्त कमजोर अवस्थामा छ ।

सहर जोखिममा
नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलसहित करिब आधा दर्जन ‘हव एयरपोर्ट’मा रेस्क्यु एन्ड फायरफाइटिङ सुविधा छ । विमानस्थललाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले समेत निगरानीमा राख्ने भएकाले त्यहाँ अत्याधुनिक सुविधासम्पन्न उपकरण र दक्ष जनशक्तिसहितको रेस्क्यु एन्ड फायरफाइटिङ सुविधा उपलब्ध रहेको अध्यक्ष आचार्यले जानकारी दिए । तर, सिटी रेस्क्यु एन्ड फायरफाइटिङतर्फ भने नेपाल उपकरण र जनशक्ति दुवै दृष्टिकोणबाट कमजोर अवस्थामा छ । एयरपोर्टमा खटिने अग्निनियन्त्रक छनोटको जिम्मा नेपाल प्रहरीलाई दिइएको छ । छनोट हुने कर्मचारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले थप लिखित तथा अन्तर्वार्ता लिएर अन्तिम छनोट गर्छ र आवश्यक तालिम पनि प्रदान गर्छ ।

नेपालमा २ सय एभिएसन फायर फाइटर
नेपालमा विमानस्थल र जहाजहरूलाई आगलागी तथा दुर्घटनापछिको जोखिम कम गराउन करिब २ सयजना कर्मचारी खटिएका छन् ।

५ दमकलको भरमा काठमाडौं महानगरपालिका
नेपालका बढी जनघनत्व भएको काठमाडौं महानगरपालिकासँग अहिले ५ वटा मात्र दमकल छन् । ती दमकलले अधिकतम ८–९ तलासम्मका संरचनामा लागेको आगो मात्र निभाउन सक्ने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार काठमाडौं महानगरपालिका, छिमेकी महानगर, उपमहानगर तथा नगरपालिका र विमानस्थललगायत संवेदनशील क्षेत्रमा आगलागी नियन्त्रणका लागि करिब दुई दर्जन कर्मचारी मात्र छन् ।

अग्ला संरचना र अपार्टमेन्ट जोखिममा
सरकारी तथ्यांकअनुसार काठमाडौं उपत्यकामा करिब पाँच दर्जन अग्ला अपार्टमेन्ट बनिसकेका छन् । यसमध्ये अधिकांश अपार्टमेन्ट १ सय फिटभन्दा अग्ला छन् । यी अपार्टमेन्टमा जडित आन्तरिक सुरक्षा उपकरण (फायर एस्ट्ङिग्विसर) बाहेक आगलागी नियन्त्रण गर्ने अन्य विकल्प छैन । यस्ता उपकरण निश्चित समयमा परिवर्तन गरिरहनुपर्छ । अन्यथा, आगलागीबाट जोगिन मुस्किल पर्ने अग्निनियन्त्रकहरूको भनाइ छ ।

साँघुरा गल्ली र ट्राफिक जामले झनै समस्या
अग्निनियन्त्रकहरूका अनुसार काठमाडौंसहित सहरी इलाकामा हुने आगलागी नियन्त्रणका लागि साँघुरो सडक र ट्राफिक जाम अर्को समस्या हो । सामान्यतया विमानस्थल क्षेत्रभित्र जहाज दुर्घटना भए दुई मिनेटभित्रै र सिटी एरियामा हुने आगलागीको खबर पाएलगत्तै १० देखि १५ मिनेटभित्र दमकल पुगिसक्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ ।

एभिएसन अग्निनियन्त्रकको अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अग्नि नियन्त्रणका लागि विमानस्थलमा खटिने एभिएसन फायरफाइटर्सको अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ । विश्वभरका प्रोफेसनल एभिएसन फायरफाइटर्सको संस्था हवाई उद्धार तथा अग्नि निवारण (एआरएफएफ) वर्किङ ग्रुप र नेपाल उद्धार तथा अग्नि निवारण संघको आयोजनामा सम्मेलन आयोजना गरिएको हो । ‘एभिएसन ग्रोथ, च्यालेन्ज एन्ड एआरएफएफ डाइनामिक २०१७’ नाम दिइएको सम्मेलनको बुधबार उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरे । बिहीबारसम्म चल्ने सम्मेलनमा विमानस्थलमा अग्नि नियन्त्रणका लागि प्रयोग हुने उपकरणको प्रदर्शनीसमेत गरिएको छ । नेपाली अग्निनियन्त्रकसमक्ष अन्तर्राष्ट्रिय विज्ञहरूको अनुभव साट्ने र क्षमता अभिवृद्धि गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको एसोसिएसनका सचिव मनोजकुमार भुजेलले जानकारी दिए । सम्मेलनमा सुरक्षा निकाय, सिटी फायर ब्रिगेड, हवाई कम्पनीका कर्मचारीसमेत सहभागी छन् ।

http://www.enayapatrika.com/2017/08/17/175446/
Comments
Post a Comment