अच्युत पुरी, काठमाडौं | साउन २६, २०७४
नेपाल वायुसेवा निगमले छोटो गन्तव्यमा उडाउन दुईवटा न्यारोबडी जहाज किन्ने –
आन्तरिक तथा बाह्य उडानबाट यात्रा गर्दा अब सार्वजनिक ओहदा (राजनीतिक-कर्मचारीतन्त्र) का व्यक्तिले नेपाल एयरलाइन्स नै प्रयोग गर्नुपर्ने भएको छ । व्यवस्थापिका संसद्, सार्वजनिक लेखा समितिले सम्भव भएसम्म सार्वजनिक ओहदामा बसेका व्यक्तिले नेपाल वायुसेवा निगमकै जहाजबाट यात्रा गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

सार्वजनिक लेखा समितिको बुधबार बसको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवले सार्वजनिक ओहदामा बसेका सबै व्यक्तिले नेपाल वायुसेवाबाटै यात्रा गर्नुपर्ने निर्देशन आउनुपर्ने माग गरेका थिए । मन्त्री देवले यसलाई कार्यान्वयन गर्न जुन स्तरबाट निर्णय गर्नुपर्ने हो त्यसका लागि आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाल वायुसेवा निगमको उन्नतिमा सरकारी र राजनीतिक संयन्त्र गम्भीर हुनुपर्ने उनको भनाइ थियो । बैठकमा केही सांसदहरूले नेवानिको प्रवद्र्धनमा राजनीतिक दलका नेतृत्व र सरकारी कर्मचारीको ठूलो भूमिका हुने भन्दै विगतमा निजी वायुसेवाको प्रवद्र्धन हुने गरी भएका उच्चस्तरीय भ्रमण दोहोरिन नहुने धारणा राखेका थिए ।
दुई न्यारोबडी जहाज किन्ने गृहकार्य
नेपाल वायुसेवा निगमले छोटो दूरीका गन्तव्यमा उडाउन दुईवटा न्यारोबडी जहाज खरिद प्रक्रिया थालेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसकारले लेखा समितिलाई बुधबार यसबारे जानकारी दिए । उनका अनुसार अब खरिद गर्ने जहाज सीधै एयरबसबाट खरिद गरिने योजना छ । त्यसमा बिचौलियाहरूले प्रवेश पाउने छैनन् ।

बैठकमा सांसदहरूले दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियामा बिचौलिया राख्दा आर्थिक अनियमितताको गन्ध आएको भन्दै निगमको आलोचना गरेका थिए । जवाफमा कंसकारले सार्वजनिक टेन्डर आह्वान नगरी खरिद गर्न नपाउने तत्कालीन कानुनी प्रावधानका कारण टेन्डर आह्वान गरिएको र एयरबस स्वयं टेन्डर प्रक्रियामा नआएका कारण बिचौलियाबाट जहाज किन्नुको विकल्प नरहेको स्पष्ट पारेका थिए ।
निर्माणाधीन वाइडबडी जहाज हेर्न निगम टोली जाने
फ्रान्सको टुलुज सहरस्थित एयरबसको फ्याक्ट्रीमा बन्दै गरेका दुईवटा वाइडबडी जहाज अवलोकन गर्न निगमले प्राविधिक टोली पठाउने भएको छ । एक-दुई महिनाभित्रै एयरबससँग समन्वय गरी टोली पठाउने तयारी भइरहेको महाप्रबन्धक कंसकारले जानकारी दिए । उनका अनुसार निगमले पहिलो चरणमा एयरबसकै खातामा पुग्ने गरी ८ अर्ब रुपैयाँ पठाइसकेको छ । बाँकी रकम आगामी जेठमा दुईवटै जहाज काठमाडौं अवतरण गरिसकेपछि मात्र पठाइने उनले बताए । निगमले अमेरिकी कम्पनी एएआर कर्पोरेसनमार्फत गरेको खरिद सम्झौताअनुसार पहिलो किस्ताबापत दुईवटा जहाजको ४-४ अर्ब गरी कुल ८ अर्ब (३५ प्रतिशत) रुपैयाँ पठाएको हो । निगमले दुईवटा जहाज २० करोड ९६ लाख अमेरिकी डलर (झन्डै २२ अर्ब रुपैयाँ)मा खरिद गर्दै छ ।

लेखासमितिले माग्यो कार्ययोजना
यसैबीच, सार्वजनिक लेखा समितिले नेपाल एयरलाइन्सको वाइडबडी जहाज खरिद प्रक्रिया सम्बन्धमा उठेका प्रश्नको लिखित जवाफ ५ दिनभित्र पठाउन निगमलाई निर्देशन दिएको छ । निगमको इन्जिनियरिङ, मार्केटिङ र अपेरसन विभाग सुधारको कार्ययोजना बनाई एक महिनाभित्र अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउनसमेत समितिले निर्देशन दिएको छ ।

कार्ययोजनाको प्रगति विवरण हरेक महिना समितिलाई पठाउनुपर्ने लेखा समितिको निर्देशन छ । जहाज खरिदका लागि हालसम्म भएका भुक्तानी, भुक्तानीका सर्त र रकम सुरक्षित रहेको आश्वस्त हुने आधार पेस गर्नसमेत समितिले निगमलाई निर्देशन दिएको छ ।
http://www.enayapatrika.com/2017/08/10/172935/
Comments
Post a Comment