नयाँ पत्रिका | 19 asar

तिलकबहादुर रानाभाट
पूर्वअध्यक्ष
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
अहिले हरेक दिन करिब १५ सय हाराहारी नेपाली कामको खोजीमा बिदेसिन्छन् । त्यसको बदला मुलुकले रेमिट्यान्सबापत ठूलो आम्दानी प्राप्त गरिरहेको छ, स“गै हरेक दिन विमानस्थलबाट मृत नेपालीका लास भित्रिने क्रम पनि बढेको छ । नेपालबाट बिदेसिने कामदारमध्ये करिब ७० प्रतिशत कामदार अदक्ष रहेको अनौपचारिक तथ्यांक छ । यस अवस्थामा विदेशमा नेपालीको जागिर मात्र होइन, जिउज्यानकै समस्या पनि बढ्दै गएको छ । विदेशमा नेपाली किन असुरक्षित बन्दै गइरहेका छन् भन्ने सन्दर्भलाई नुर अपच्र्युनिटी ओभरसिज प्रालिका प्रबन्ध–निर्देशकसमेत रहेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तिलकबहादुर रानाभाटले यसरी बताए :

व्यावहारिक शिक्षाको अभाव
नेपालमा १० कक्षासम्मको शिक्षा पूरा गरेपछि आम युवा काम गर्न योग्य भएको मानिन्छ । त्यसकारण ४ देखि १० कक्षासम्मको अवधिमा विद्यार्थीलाई बढीभन्दा बढी व्यावहारिक र व्यावसायिक शिक्षा दिएर सैद्धान्तिक ज्ञानसँगै आधारभूत रूपमा काममा पनि दक्ष बनाउनुपर्ने हुन्छ । तर, नेपालमा घोकन्ते प्रवृत्तिको शिक्षा प्रणाली छ । घोकेर, रटेर जुन विद्यार्थीले धेरै अंक ल्याउँछ, ऊ उत्कृष्ट कहलिन्छ । तर, विद्यार्थीमा कुन काम गर्ने क्षमता लुकेको छ, उसमा के प्रतिभा छ भन्नेबारे नेपालको शिक्षा प्रणालीले कुनै हेक्का राख्दैन । यस अवस्थामा तयार भएका जनशक्ति छोटो अवधिको त्यो पनि औपचारिकताका लागि मात्र तालिम लिएर विदेश जान्छन् । जुन अहिलेको सबैभन्दा जटिल समस्या हो ।

औपचारिकतामा सीमित तालिम
जीवनभर कुनै काम नगरेको मानिस एक वा तीन महिनाको तालिममार्फत दक्ष बन्न सक्दैनन् । नेपालमा व्यावहारिक सीपको परीक्षण कागजमा सीमित छ । युवाले सीप सिकेको प्रमाणपत्र देखायो भने ऊ दक्ष भएको मानिन्छ । फलस्वरूप जब मानिस फिल्डमा खटिनुपर्छ, त्यसवेला अल्पज्ञानले निकै जोखिम सिर्जना गर्छ । आफूलाई जुन काममा विश्वास गरेर ल्याइएको छ, त्यो काम गर्न नजान्नु आफैँमा जोखिमपूर्ण अवस्था हो । अर्कोतर्फ अदक्ष या अर्धदक्ष कामदारको सेवा–सुविधा र सुरक्षा स्वाभाविक रूपमा कम हुन्छ । तालिमभन्दा पहिला शिक्षा लिने क्रममै व्यावहारिक शिक्षालाई पाठ्यक्रममा समावेश नगरेसम्म दक्ष नागरिक उत्पादनमा चुनौती कायम नै रहनेछ ।

अन्तर्राष्ट्रिय स्तरको ज्ञान–अनुभवमा कमी
२१औँ शताब्दीमा विकसित भएको सूचना–प्रविधि र ज्ञानसँग अभ्यस्त हुन सकिएन भने मानिसको प्रतिस्पर्धी क्षमता स्वाभाविक रूपमा कम हुन्छ । शिक्षा प्रणालीमा सुधार गरी नागरिकलाई दक्ष बनाउने सोच दीर्घकालीन परिकल्पना हो । तर, हामीलाई आजको भोलि नै दक्ष कर्मचारी चाहिएको छ । यस अवस्थामा हामीले कामदारलाई अन्तर्राष्ट्रिय स्तरको तालिम सम्बन्धित विषयमा कम्तीमा एक वर्ष या सोभन्दा लामो अवधि लिनैपर्ने गरी बाध्यकारी नीति बनाउन सकिन्छ । यस विषयमा कामदार स्वयं पनि सचेत हुनुपर्छ । कागजमा सीमित सीपले फिल्डमा गएर काम गर्न सकिन्न । नेपालमा सीप नभएसम्म काम पाइँदैन, तर विदेश गएपछि जे पनि गर्न सकिन्छ भन्ने सोच अहिले नेपाली युवामा छ । उनीहरू विदेशमा समस्यामा पर्नुको मुख्य कारण नै यही सोच र प्रवृत्ति हो । तर, वास्तविकता नेपालमा काम गर्न सजिलो छ, विदेशमा त्यति नै मुस्किल छ । त्यहाँको कानुन र भाषा पनि कामदारमैत्री नहु“दा धेरै नेपाली समस्यामा पर्ने गरेका छन् ।

भाषा र नयाँ प्रविधिसँग अभ्यस्त
विदेशमा गएर नेपालीले दुःख पाउने अर्को कारण भाषा र अत्याधुनिक प्रविधिसँग अभ्यस्त हुन नसक्नु हो । अहिले जति पनि नेपाली कामदार विदेशमा कामको खोजीमा पुग्छन्, त्यसमध्ये ७० प्रतिशत कामदार अदक्ष छन् । यसमा पनि ठूलो संख्या निरक्षर युवाको छ । उनीहरू सामान्य फारामसमेत भर्न सक्दैनन् । यी युवालाई स्वाभाविक रूपमा विकसित मुलुकले लिन सक्दैनन् । जबसम्म हाम्रा जनशक्ति प्रतिस्पर्धी क्षमता बन्न सक्दैन, तबसम्म अन्तर्राष्ट्रिय श्रम संगठनले तोकेको तलब, उच्च पद र अन्य सेवा–सुविधा प्राप्त हुन सक्दैन । हाम्रा कामदार किन खाडी र मलेसियामा केन्द्रित छन् भन्ने प्रश्न उठ्छ । यी मुलुक अहिले निर्माण र विकासको चरणमा छन् । उनीहरूलाई सस्तो मूल्यका श्रमिक आवश्यक छ । ती श्रमिक नेपालले उत्पादन गरिरहेको छ । त्यसकारण नेपाली अहिले सबैभन्दा तल्लो स्तरको काम र मूल्यमा काम गर्न बाध्य छन् । यो दुःखलाग्दो अवस्थाबाट पार पाउन सर्वप्रथम सबै नेपाली नागरिकलाई अन्तर्राष्ट्रिय स्तरको सीप विकासका कार्यक्रममा सहभागी गराई दक्ष बनाउनुपर्ने आवश्यकता छ ।

युवामा राजनीतिक दलले सिकाएको गलत बानी
केही वर्षयता युवालाई नेपालमा राजनीतिक दलले नराम्रोसँग दुरुपयोग गरेका छन् । यसको नकारात्मक प्रभाव वैदेशिक रोजगारीका क्रममा पनि देखिन थालेको छ । नेपालीले सीप नभए पनि काम पाउनुपर्छ । उनीहरूलाई राम्रो सेवासुविधा दिनुपर्छ । यदि त्यसो गरिएन भने बन्द–हडताल गर्ने र काम अवरुद्ध गर्नमा नेपाली कामदार नै अग्रसर हुन्छन् । काम नगरी बार्गेनिङ गर्न थाल्ने प्रवृत्तिबाट विदेशमा समस्याको समाधान हुँदैन । तर, सक्षम कामदारले भने जागिर र तलबको चिन्ता गर्नुपर्दैन । युवामा म जहाँ गएर पनि काम गर्न सक्छु भन्ने आत्मविश्वास जगाउनुको साटो दलहरूले परनिर्भर सोच लाद्न सफल भए । यसको सिकार आज विदेशमा काम गर्ने सोझा–साझा युवा बनेका छन् ।

स्वरोजगार बनाउन नसक्दाको परिणाम
नेपाली युवाको मानसिकतामा मुलुकभित्र काम गर्ने र स्वरोजगार बन्ने सोच हिजो थिएन, आज पनि छैन र अब पनि नचेत्ने हो भने भविष्यमा पनि आउनेछैन । यो अवस्था सिर्जना हुनुमा राज्य, राजनीतिक दल र यहाँका समाज बढी दोषी छ । यो प्रवृत्ति लामो समय रह्यो भने मुलुकको हालत के होला ? मुलुकभित्र स्वरोजगारका धेरै सम्भावना छन् । कृषि, पशुपालन, पर्यटन र घरेलु उत्पादनका धेरै पक्षमा युवालाई सहभागी गराउन सकिन्छ । युवाको मानसिकतामा मुलुकभित्र केही गर्न सकिँदैन भन्ने भावना विकसित गराउने संयन्त्रको चेत अब खुल्नुपर्छ । मैले उत्पादन गरेको कृषि उपजले सजिलै बजार पाउँछ र त्यसबाट मेरो दैनिकी सजिलै चल्छ भन्ने ग्यारेन्टी भयो भने कुनै पनि युवालाई आमाबाबा, जीवनसाथी र छोराछोरी छाडेर अर्काको देशमा काम गर्ने रहर जाग्दैन ।

सामाजिक सुरक्षाको अभाव
युवालाई मुलुकभित्र रहेर काम गर्ने वातावरण बनाउन सामाजिक सुरक्षाका विविध अवसरले ठूलो भूमिका निर्वाह गर्छन् । मैले पढ्न पाइनँ, वेलैमा उचित स्वास्थ्योपचार पाइनँ या ऋणमा डुब्नुप-यो, मेरो सन्तानले यो भोग्नुनपरोस् भनेरै युवा आज कामको खोजीमा बिदेसिनुपरेको हो । तर, जहाँ काम गरे पनि व्यक्ति र परिवारको शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत पक्षमा राज्यले लगानी गर्ने हो भने धेरै हदसम्म युवालाई मुलुकभित्रै काम गर्ने वातावरण बनाउन सकिन्छ । त्यसो हुनासाथ स्वाभाविक रूपमा विदेशमा दक्ष र स्वेच्छाले जाने कामदार मात्र रहन्छ । त्यसवेला जोखिम कम हुन्छ । कामदारलाई आत्मविश्वासी बनाउन नसकेसम्म विदेशमा युवाले समस्या भोगिरहनुपर्छ ।

खाडीमा माथिल्लो पदमा कामदार किन नजाने ?
नेपालबाट अमेरिका तथा युरोपमा अध्ययन भिसामा जाने अधिकांश नेपालीले तल्लो स्तरको काम गर्नुपर्छ । यता खाडी र मलेसियामा पनि नेपालीले तल्लो स्तरको काम गरिरहेका छन् । तर, एउटा वास्तविकता के हो भने २०औँ लाख खर्च गरेर अमेरिका गई तल्लो स्तरको काम गर्ने युवा खाडी गयो भने कम्तीमा म्यानेजर पदमा काम पाउँछ । उसको सेवासुविधा राम्रो हुन्छ भने तलब पनि बढी हुन्छ । जसरी अहिले पाकिस्तान या भारतीय कामदार हामीलाई काम लगाउने पदमा पुगेका छन्, हामी पनि त्यहाँ पुग्न सक्छौँ । अब कामदार स्वयंले पनि सोच्नुपर्ने वेला आएको छ । अमेरिका या युरोप गएर तल्लो तहमा काम गर्नुको साटो खाडीमा माथिल्लो पदमा काम गर्नु नराम्रो हो ?

वैदेशिक रोजगारीलाई बाध्यकारी बनाउदाको परिणाम
आफ्नो मुलुक छाडेर विदेशमा काम गर्ने प्रवृत्ति मानवीय स्वाभावसँग अन्तरसम्बन्धित छ । यो विश्वभर प्रचलनमा हुनछ । तर, हामीले वैदेशिक रोजगारीलाई स्वेच्छिक बनाउनुको साटो बाध्यकारी बनायौं । यो गलत अभ्यास हो । विदेशमा रहरले काम गर्ने वातावरण बनाइए आफ्नो इच्छाअनुसार, बुझेर मात्र युवा विदेश जान्छ । आफ्नो तलब सुविधादेखि सम्पूर्ण सुरक्षाका विषयमा कामदार स्वय् सचेत हुन्छ । तर, विदेश जाने प्रवृत्तिलाई स्वेच्छाभन्दा बढी बाध्यकारी बनाएपछि जोखिम स्वाभाविक रुपमा बढ्न जान्छ । किनकि, मानिस बुझेर या नबुझेरै विदेशलाई गन्तब्य बनाइरहेका छन् । बुझेर जानेहरू कमाएर राम्रो व्यवस्थासहित फर्किन्छन् । अरुमा परनिर्भर कामदार धेरैजसो समस्यामा पर्ने गरेको पाइन्छ ।

http://www.enayapatrika.com/2017/07/03/161560/
Comments
Post a Comment