अच्युत पुरी | २3 asar

शान्तिनगर, काठमाडौंनिवासी उषाकिरण बनको भान्सामा अहिले पाहुनाको सत्कारका लागि चिसो पेयपदार्थ (कोल्ड डिं«क्स) तयारी हालतमा हुन्छ । केही समयअगाडिसम्म पाहुना आउनासाथ चिया पकाएर खुवाउने प्रचलनलाई चिसोले विस्थापित गर्दै गएको उनको अनुभव छ । त्यसकारण उनी आफ्नो भान्सामा बजारमा उपलब्ध जुस तथा कोल्ड ड्रिंक्सका रूपमा प्रयोग गरिने कोकाकोला, फ्यान्टा, स्प्राइट, ड्युजस्ता पेयपदार्थ टुट्दैनन् ।
उषाजस्तै अहिले धेरै गृहिणीले पाहुनाको स्वागत सत्कारमा हल्का पेयपदार्थ टक्र्याउने प्रचलन सुरु भइसकेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य स्वीकार गर्छन् । ‘अहिले धेरै परिवारहरू चिसो पेयपदार्थलाई पाहुनाको सत्कारमा बढी प्रयोग गर्न थालेका छन्,’ उनी भन्छन्, ‘तयारी अवस्थामा रहेको र सबैले रुचाउने भएकाले पनि घरमा पाहुनाको सत्कारमा चिसो पेयपदार्थको प्रयोग बढेको हो ।’ उनका अनुसार नेपालमा चैतपछि चिसो पेयपदार्थको खपत बढ्छ । यो दसैँ–तिहारजस्ता ठूला चाडबाडको अवधिसम्म कायम रहन्छ । त्यसपछि भने चिसो पेयको माग अत्यन्त तल झर्छ । किनकि, जाडो महिनामा चिसोलाई कफी र चियाले विस्थापित गरिसकेको हुन्छ ।
मदिराको विकल्प चिसो पेय
काठमाडौंको असनमा भाँडापसल सञ्चालन गर्ने सुजन सुवेदी उनका साथी संगतका एक अपवाद हुन्, जो मदिरा पिउँदैनन् । उनको समूह विभिन्न अवसर पारी जमघटमा जुट्छ र मदिरामा रमाउँछ । जमघटमा सुजन पनि उत्तिकै सहभागी हुन्छन्, तर उनको हातमा मदिरा नभई, सफ्ट ड्रिंक्सको कुनै अर्को प्रडक्ट हुन्छ । ‘साथीभाइको खुसीमा साथ दिन मदिरा नै पिउनुपर्छ भन्ने छैन,’ उनी भन्छन्, साथीभाइलाई साथ दिने गरी मेरा लागि सफ्ट ड्रिंक्स रोजीरोजी उपलब्ध हुन्छ ।’

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान)का प्रथम उपाध्यक्ष अनुप कक्षपतिका अनुसार पार्टी तथा जमघटमा पछिल्ला केही वर्षयता जुस र अल्कोहलविहीन पेयपदार्थको खपत निकै बढेको छ । यसको मुख्य कारण ट्राफिक नियम हो । मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कारबाहीले गति लिएसँगै सवारी चलाउने मानिसले अल्कोहलविहीन पेयपदार्थको खपत बढाएका हुन् । रेस्टुराँ तथा होटेलमा कुनै–कुनै पार्टीमा आयोजकले मदिरालाई निःशुल्क नबनाई पैसा तिरेपछि मात्र उपलब्ध हुने गरी व्यवस्था गरेका हुन्छन् । यस प्रकारका पार्टीमा अल्कोहलविहीन पेयपदार्थको खपत बढी हुने गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले १७ मंसिर ०६८ बाट मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालकलाई कारबाही सुरु गर्न थालेको थियो । त्यसपछि केही समय रेस्टुराँ व्यवसाय नै सुस्ताएको थियो । मापसे गरेर ट्राफिक कारबाहीको जोखिम लिनुभन्दा विकल्पमा अल्कोहलविहीन पेयपदार्थको प्रयोग बढेको कक्षपतिले बताए ।
दिउँसोको खाजामा चिसो अनिवार्य
कलंकीनिवासी सुमा सुवेदी श्रीमान् र छोराका साथ दिउँसो घुमघाममा निस्किँदा प्यास मेटाउन फ्यान्टा पिउँछिन् । ‘गर्मीले अत्याएका वेला चिसो फ्यान्टा पिउनासाथ पुनः ऊर्जा भरिएको अनुभूति हुन्छ,’ उनी भन्छिन, ननअल्कोहलिक पेय जीवनको एक अभिन्न पाटो बनिसक्यो ।’ घरबाट बोकेको पानी सकिएपछि धेरै परिवारले बाहिर पानी किनेर खानुको साटो चियो पेय (कोकाकोला, फ्यान्टा, स्प्राइट, पेप्सी, माउन्टेन ड्यु, मिरिन्डा, सेभेन अप तथा विभिन्न प्रकारका जुस) खरिद गर्ने गरेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य बताउँछन् ।

अहिले देशभर फलफूल पसल र फ्रेस जुस पसल खुल्नेक्रम बढेको छ । कम्पनीमा उत्पादन भएका र बन्द बोतलमा रहेका पेयपदार्थले स्वास्थ्यमा लाभ गर्दैन भन्ने मान्यता बोक्ने ठूलो समूह फ्रेस जुस र लस्सीको पारखी बनेको छ । विक्रेताहरूका अनुसार गर्मी सुरु भएसँगै फ्रेस जुस, लस्सी र सोडाको ब्यापार बढ्छ ।
अब मजदुरको रोजाइमा चिसो पेय
राजधानीको घरघरमा मेलम्चीको पानी भित्रयाउन अहिले राजधानीका विभिन्न स्थानमा मजदुर खटिएका छन् । काम गर्दागर्दैै पसिनाले निथ्रुक्क भिजेको शरीर लिएर पसलमा चिसो किन्न पुग्ने धेरै मजदुरको रोजाइ कोकाकोला, स्प्राइट, मिरिन्डा या रियल जुस हुन्छ । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार कुनै समय कोकाकोला पिउने वर्ग राजधानीमा पैसावाला मानिन्थ्यो । अब भने त्यो दायरा रहेन । कम्पनीहरूको सबैभन्दा धेरै ग्राहक मजदुर छन्, जो दिउँसो गर्मीमा पसिना बगाएर परिश्रम गर्छन् र प्यास मेटाउन चिसो पेय प्रयोग गर्छन् । गर्मी मौसममा खुद्रा बजारमा प्रशोधित पानीको तुलनामा अल्कोहलविहीन पेयपदार्थको खपत अधिक हुने गरेको अम्बिका स्टोर्स चाबहिलका सञ्चालक बद्री अधिकारीले जानकारी दिए । प्रयोगकर्ताले गर्मीयाममा हुने अल्छीपन र आलस्य हटाउन, तनाव कम गर्न तथा खाना पच्न सहयोग गर्छ भन्ने मान्यताका आधारमा पनि चिसो पेयपदार्थको प्रयोग गर्छन् ।

कम छैनन् फ्रेस जुस र लस्सीका पारखी
अहिले राजधानीसहित देशभर फलफूल पसल र जुस पसल खुलेका छन् । खासगरी कम्पनीमा उत्पादन भएका र बन्द बोतलमा रहेका पेयपदार्थले स्वास्थ्यमा लाभ गर्दैन भन्ने मान्यता बोक्ने ठूलो समूह फ्रेस जुस र लस्सीको पारखी बनेको छ । विक्रेताहरूका अनुसार गर्मी सुरु भएसँगै फ्रेस जुस, लस्सी र सोडाको व्यापार बढ्छ । ग्राहकबीचमा मिक्स जुसको माग बढी हुन्छ । त्यसपछि उखु, सुन्तला, अनार, भुइँकटरजस्ता फलबाट निकालिएको फ्रेस जुस बढी खपत हुने गरेको छ । ती पसलबाट अर्को उत्पादन लस्सीको व्यापार आकर्षक हुन्छ । विक्रेताहरूका अनुसार केरा, दही, आँप, स्याउजस्ता स्वादमा लस्सीको माग बढी हुन्छ । पछिल्लो समय भारतबाट आयातीत प्रडक्ट ‘बरफ गोला’ले पनि गर्मीमा प्यास मेटाउने प्रयास गरिरहेको छ । विक्रेताहरूका अनुसार बरफ गोला किशोर–किशोरीबीच बढी लोकप्रिय छ ।

तीव्र प्रतिस्पर्धामा उत्पादक र विक्रेता
हल्का पेयपदार्थका रूपमा प्रयोग हुने, चिसो गर्मीमा तिर्खा मोटाउने सजिलो उपाय बनेको छ । ग्राहकको यो रुचिलाई नजिकबाट नियालिरहेका उत्पादक तथा विक्रेता कम्पनी तीव्र प्रतिस्पर्धामा देखिन्छन् । नेपालमा बोटलर्स नेपाल, वरुण वेभरेज, डाबर नेपाल, चौधरी ग्रुप, दुगड फुड एन्ड वेभरेजलगायत कम्पनीले ननअल्कोहलिक पेयपदार्थ तथा जुस उत्पादन र बिक्रीवितरण गर्दै आएका छन् । यस्ता पेयपदार्थमध्ये सबैभन्दा बढी खपत कोकाकोला, फ्यान्टा, मिरिन्डा, पेप्सी, ड्यु, सेभेन अप, स्लाइस, स्प्राइट, रियल जुस, रियो, फ्रुटीजस्ता पेय हुने गरेको विक्रेताहरू बताउँछन् । यसमध्ये ठूलो बजार कोकाकोला र पेप्सीका उत्पादनले कब्जा गरेका छन् । बजार प्रवद्र्धन तथा बिक्री अभिवृद्धि गर्ने क्रममा कम्पनीहरूले वेला–वेलामा विभिन्न प्रकारका अफर ल्याउने गर्छन् ।

http://www.enayapatrika.com/2017/07/07/162675/

Comments
Post a Comment