अच्युत पुरी, काठमाडौं | साउन ०५, २०७४

अन्तिम समयमा रकमान्तर हुँदा अनियमितता बढ्ने आशंका –
अर्थमन्त्रालयले असारे विकासलाई निरुत्साहित गर्दै परिणाममुखी पुँजीगत खर्च वृद्धि गर्ने उद्देश्यले बजेट कार्यान्वयन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार अब कुनै पनि मन्त्रालयले फागुन मसान्तपछि रकमान्तर तथा थप निकासा माग गर्न नपाउने भएका छन् ।
अहिले लामो समयसम्म विकास आयोजनालाई गति दिन नसक्ने र आर्थिक वर्षको अन्त्यमा खर्च बढी देखाउन रकमान्तर गरी बढी खर्च गर्ने प्रवृत्ति छ । यसमा सुधार गर्न बजेट कार्यान्वयन कार्यतालिकालाई कडाइका साथ लागू गरिने अर्थसचिव शान्तराज सुवेदीले बताए । मन्त्रालयले बुधबार सबै मन्त्रालयका सचिवलाई बोलाएर कार्यतालिका सार्वजनिक गरेको हो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालू आर्थिक वर्ष ०७४-७५ को बजेट प्रभावकारी कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशनसमेत दिए ।

अन्तिम सात दिनमा १० प्रतिशत बजेट खर्च
अर्थमन्त्रालयका अनुसार आव ०७३-७४ को अन्तिम सात दिनमा कुल बजेट खर्चको १० प्रतिशत रकम खर्च भएको छ । सरकारी निकायले गर्ने यस प्रकारको खर्चले नागरिकमा आर्थिक अनियमितताको आशंका बढ्ने अर्थसचिव सुवेदी बताउँछन् । ‘अन्तिम सात दिनमा मन्त्रालय र सरकारी निकायले गर्ने काम र खर्चको गतिअनुसार मुलुक उहिल्यै विकसित बनिसक्नुपर्ने थियो,’ बैठकमा उनले प्रश्न गरे, ‘तपाईंहरूको यो गति पहिलो या दोस्रो चौमासिकमा किन देखिँदैन ?’

विदेश भ्रमण दलमा अर्थका कर्मचारी नराखिने
अब विभिन्न मन्त्रालयबाट हुने विदेश भ्रमणका वेला अर्थमन्त्रालयका कर्मचारी राख्नु नपर्ने भएको छ । अर्थका कर्मचारीले आफू विदेश भ्रमणमा जान पाउने लोभले अन्य मन्त्रालयका प्रस्तावलाई सहजै स्वीकृति दिने गरेको गुनासो बढेपछि अर्थमन्त्रालयले उक्त निर्णय गरेको हो । ‘विशेष अवस्थामा बाहेक अब अन्य मन्त्रालय र निकायका भ्रमण दलमा अर्थका कर्मचारी सहभागी हुने छैनन्,’ अर्थसचिव सुवेदीले भने, ‘तर, केही विदेश भ्रमण केवल बजेट सक्न र घुम्न मात्र नभई बाध्यकारी पनि हुने गर्छन् ।’

काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुस्: अर्थमन्त्री
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काम नगरी आयोजना ओगटेर बस्ने ठेकेदार कम्पनीमाथि कारबाही गर्न सरकारका सचिवहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा सबै मन्त्रालयका सचिवलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् । ‘असोजसम्म ठेक्कापट्टाको काम सम्पन्न गर्न आयोजना कार्यान्वयनमा लाग्नुस्,’ उनले भने, ‘जनताले निकै धेैर्यपूर्वक समृद्धि पर्खिरहेका छन् ।’ ऊर्जा संकट हटेर राजनीतिक रूपमा अनुकूल वातावरण हुँदा पनि बजेट कार्यान्वयन किन कमजोर रह्यो भनेर उनले सविचहरूलाई प्रश्नसमेत गरे । अर्थसचिव शान्तराज सुवेदीले बजेट सक्ने गरी खर्च गर्नुभन्दा बजेटको प्रभावकारी कार्यान्वयनमा गम्भीर हुन आग्रह गरे । राजस्वसचिव शिशिरकुमार ढुंगानाले मन्त्रालयहरूले संस्थागत क्षमता बढाउँदै बजेट खर्च परिमाणभन्दा परिणाममुखी बनाउन आग्रह गरे ।

http://www.enayapatrika.com/2017/07/20/166212/
Comments
Post a Comment