अच्युत पुरी, काठमाडाैं | 2२ asar 

नेपाल एयरलायन्सको टिकट काटेका यात्रुले भुटान एयरकै ब्रान्डसहितको जहाजमा यात्रा गर्ने –
नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका केही गन्तव्यमा अब भुटान एयरको जहाज उड्दै छ । निगमले छोटो समयका लागि भाडामा ल्याएर सञ्चालन गर्ने तय गरेको भुटान एयरको जहाज ल्याउने प्रयोजनका लागि निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति कुरिरहेको छ । ‘एक–दुई दिनभित्रै प्राधिकरणको पत्र प्राप्त हुने अपेक्षा छ,’ निगमका महाप्रबन्धक सुगतरन्त कंसाकारले भने, ‘पत्र पाउनासाथ हामी नेपाली यात्रुलाई उक्त जहाजबाट गन्तव्यमा पुर्याउन थाल्नेछौँ ।’ भुटान एयरले अहिले काठमाडौं–पारो रुटमा उडाइरहेको एयरबस ए ३१९–१०० मोडलको जहाज नै निगमले भाडामा लिँदै छ । यो जहाजमा १ सय २२ सिट रहेका छन् ।
टिकट नेवानिको जहाज भुटानको
निगमले पहिलोपटक ४५ दिन र १५ दिन थप गर्न सकिने सर्त राखी दुई महिनाका लागि यो जहाज जहाज भाडामा लिन लागेको हो । यस जहाजमा अब नेपाल वायुसेवा निगमको टिकट काटेर विभिन्न गन्तव्यमा उड्ने यात्रुले सेवा प्राप्त गर्नेछन् । तर, जहाजमा नेपाल वायुसेवा निगमको ब्रान्डमा भने उड्नेछैन । जहाजको भित्री तथा बाह्य संरचना र लोगोहरू भने भने यथावत् हुनेछ ।

नेवानिका कुन–कुन गन्तव्यमा उड्नेछ भुटानको जहाज ?
– काठमाडौं–बेंग्लोर : साताको तीन उडान
– काठमाडौं–दिल्ली : साताको तीन उडान
– काठमाडौं–दोहा : साताको चार उडान
-काठमाडौं–क्वालालम्पुर : साताको तीन उडान

मर्मतका लागि सिंगापुर बोइङ लगिँदै
निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा तीन जहाज (एयरबस ए३२० दुई र बोइङ ७५७ एक) छन् । त्यसमध्ये बोइङ ७५७ अहिले त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा छ । यो जहाज लामो समय लगाएर हुने मर्मत (सी चेक)का क्रममा सिंगापुर लगिँदै छ । निगमका महाप्रबन्धक कंसाकारका अनुसार यो जहाज १६ जुलाई (१ साउन) सम्म सिंगापुर लगिसक्ने योजना छ । सी–चेक लामो समय लगाएर हुने मर्मतको चरण हो । यस चरणमा इन्जिनबाहेक विमानका हरेक पार्टपुर्जाको जा“च गरिन्छ । बोइङ सी–चेकमा जाँदा निगमका नियमित उडान प्रभावित भई निगमको विश्वसनीयता नघटोस् भन्ने उद्देश्यले जहाज भाडामा लिन लागिएको कंसाकारले बताए ।

अब यात्रु आफैँले किन्न सक्छन् नेवानिका टिकट
नेपाल वायुसेवाका यात्रुले अब अन्तर्राष्ट्रिय उडानका गन्तव्यको टिकट अनलाइनबाटै खरिद–बुकिङ गर्न सक्नेछन् । निगमले एक साताभित्रै अनलाइन बुकिङ प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । महाप्रबन्धक कंसाकारका अनुसार अहिले आन्तरिक रूपमा यसको परीक्षण भइरहेको छ । पहिलो चरणमा आंशिक रूपमा अनलाइन टिकट बिक्री थालिने उनले जानकारी दिए । अनलाइन बुकिङ सुरु भएपछि संसारको जुनसुकै कुनाको यात्रुले पनि आफ्नो क्रेडिट कार्डका माध्यमबाट भुक्तानी र अनलाइनबाट टिकट बुक गर्न सक्नेछन् । टिकट खरिदबिक्रीमा यात्रुका गुनासा हटाउन यो प्रणाली फलदायी हुने निगमको विश्वास छ ।

रणनीतिक साझेदार भित्राउने प्रस्ताव अर्थ मन्त्रालयमा
नेपाल वायुसेवा निगमका लागि रणनीतिक साझेदारका रूपमा जर्मन कम्पनी लुफ्थान्सा कन्सल्टिङलाई छनोट गर्ने प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुफ्थान्सालाई निगमको रणनीतिक साझेदारका रूपमा छनोट गरिसकेको छ । अर्थ मन्त्रालयले सहमति दिएमा पर्यटनले प्रस्ताव मन्त्रिपरिषद् लैजाने बाटो खुल्नेछ । सरकारले पहिलो चरणमा तीन वर्षका लागि निगमको व्यवस्थापन सम्हाल्ने गरी जर्मन कम्पनी लुफ्थान्सा कन्सल्टिङलाईभित्राउन लागेको हो ।

पर्यटन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार लुफ्थान्साले पहिलो वर्ष कुल नाफाको ३५ प्रतिशत, दोस्रो वर्ष ४० प्रतिशत र तेस्रो वर्ष ४२ प्रतिशत पाउने गरी उक्त कम्पनीलाई व्यवस्थापनको जिम्मा दिन लागिएको हो । लुफ्थान्साले निगम सम्हालेपछि तीन चरणमा काम थाल्नेछ । पहिलो चरणअन्तर्गत पहिलो चार साता कम्पनीले निगमभित्रको कमजोरी खोतल्नेछ । दोस्रो चरणअन्तर्गत पाँच महिना योजना बनाउन खर्च हुनेछ भने बाँकी समय योजना कार्यान्वयन गरी निगमलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी कम्पनीमा रूपान्तरण गराउने प्रतिबद्धता कम्पनीले गरेको छ ।
http://www.enayapatrika.com/2017/07/06/162433/
Comments
Post a Comment