अच्युत पुरी, काठमाडौं | 23 asar

खाडी मुलुकमा कार्यरत नेपाली कामदारहरूको वस्तुस्थितिको अवलोकन गरिने
खाडी मुलुकमा कार्यरत नेपाली कामदारहरूको वस्तुस्थिति बुझ्न उच्चस्तरीय भ्रमणको तयारी थालिएको छ । परराष्ट्र मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयबाट यी मुलुकमा कामदारको अवस्था र पछिल्लो घटनाक्रमको अध्ययन तथा उच्चस्तरीय राजनीतिक भेटघाटसमेत गर्ने गरी भ्रमण दल पठाउने सम्बन्धमा तयारी सुरु भएको हो ।
बिहीबार मन्त्रिपरिषद्को बैठकमा खाडी मलुकमा उच्चस्तरीय भ्रमण गर्ने सम्बन्धमा छलफल भएको श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले जानकारी दिए । उनले भने, ‘साउदी अरेबिया, कतार, दुबईजस्ता मुलुकमा नेपाली श्रमिकको सुरक्षा, सेवासुविधा तथा वर्तमान अवस्थितिबारे अध्ययन गरी समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक पहल गर्ने सम्बन्धमा तयारी थालिएको छ ।’ उनका अनुसार दुवै मन्त्रालय, सम्बन्धित मुलुकस्थित नेपाली दूतावासलगायत सरोकारवाला निकायस“गको समन्वयमा भ्रमणको तयारी थालिएको छ ।
मन्त्रालयको टोली शुक्रबार कतार जाँदै
श्रम तथा रोजगार मन्त्रालयबाट कतारको पछिल्लो अवस्था बुझ्न एक टोली कतार जाँदै छ । २२ जेठदेखि कतारमाथि छिमेकी मुलुकहरूले व्यापारिक तथा कूटनीतिक सम्बन्ध तोडेपछि अहिले कतार समस्यामा छ । कतारमा आर्थिक तथा कूटनीतिक संकट गहिरिँदै गएपछि त्यहाँ कार्यरत विदेशी कामदारको अवस्थाबारे चिन्ता सुरु भएको छ । कतारमा करिब ५ लाख हाराहारीमा नेपाली कामदार रहेको अनुमान छ । उनीहरूको अवस्था बुझ्न वैदेशिक राजगार विभाग ताहाचल कार्यालयका प्रमुख तेजराज पाण्डेको नेतृत्वमा ५ सदस्यीय टोली कतार जान लागेको हो । टोलीले कामदार, श्रम सहचारी, रोजगारदाता कम्पनी र नेपाली दूतावासस“ग छलफल गर्ने मन्त्री मन्सुरले जानकारी दिए ।

आधा घट्यो कतारको श्रम स्वीकृति
वैदेशिक रोजगार विभागका अनुसार कतारका लागि जारी हुने श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या सामान्य समयको तुलनामा आधाले घटेको छ । विभागका सूचना अधिकृत मोहन अधिकारीका अनुसार कतार संकट सुरु भएयता दैनिक औसत २ सयदेखि २ सय ५० श्रम स्वीकृति जारी भएका छन् । सामान्य अवस्थामा कतारको श्रम स्वीकृति ४ सय ५० देखि ५ सय हाराहारी थियो । अधिकारीका अनुसार अहिले नयाँ श्रम स्वीकृतिको तुलनामा पूर्वश्रमस्वीकृति लिइसकेका कामदारको अन्तिम स्वीकृति बढी जारी भएका छन् । विभागका अनुसार कतारबाट नयाँ डिमान्ड घटेको पनि व्यवसायीले जानकारी गराएका छन् । कतारको पछिल्लो संकटले त्यहाँ कार्यरत नेपालीमाथि तत्काल कुनै असर नपरे पनि नेपालीको रोजगारको गन्तव्यमा भने समस्या आउन सक्ने चिन्ता व्यवसायीले गरेका छन् ।

http://www.enayapatrika.com/2017/07/07/162602/
Comments
Post a Comment