अच्युत पुरी, काठमाडौँ | 18 asar

निगमलाई लागेको ऋण कम गर्न सरकारले पुँजी लगानी गर्नुपर्ने प्रस्ताव
नेपाल वायुसेवा निगमले संस्थानमा २० अर्ब रुपैयाँको पुँजी लगानी गर्न नेपाल सरकारसँग प्रस्ताव गरेको छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत निकायबाट चर्को ब्याजदरमा लिइएको ऋणबाट निगमलाई माथि उकास्दै प्रतिस्पर्धी क्षमता बढाउन सरकारले निगममा उक्त रकमबराबरको पुँजी लगानी गर्नुपर्ने निगमको माग छ ।
पुँजी लगानीका लागि सरकारलाई अनुरोध गर्ने प्रस्ताव सञ्चालक समितिबाट निर्णय गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारीका अनुसार उक्त प्रस्ताव केही दिनमै अर्थ मन्त्रालय पठाउने तयारी छ ।
करिब ४० अर्ब ऋणमा निगम
निगमले हालै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२–१२ अर्ब ऋण लिने गरी सम्झौता गरेको छ । यो रकम निगमले ठूलो क्षमताको (वाइडबडी) जहाज खरिद गर्न प्रयोग गर्दै छ । यसअघि निगमले कर्मचारी सञ्चय कोषसँग न्यारोबडी जहाज ‘एयरबस ३२०’ खरिद गर्न १० अर्ब ऋण लिएको थियो । चिनियाँ जहाज खरिद गर्दा लागेको ५ अर्ब तथा अन्य समयमा सरकारले दिएको ऋणलगायत जोड्दा निगमको ऋण झन्डै ४० अर्ब पुग्छ । निगमले ऋण लिएका निकायमा वार्षिक ९–१० प्रतिशतका दरले ब्याज तिर्नुपर्छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गरी उत्पादनशील क्षमता बढाउन निगममा सरकारले लगानी बढाउनुपर्ने महाप्रबन्धक कंसाकारको भनाइ छ ।

स्थापनाको ६०औँ वर्षमा निगम
नेपाल वायुसेवा निगमले शनिबार स्थापनाको ५९औँ वार्षिकोत्सव मनाएको छ । शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी निगमले ६०औँ (हीरक जयन्ती) प्रवेश वर्ष मनाएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले निगमलाई सबै प्रकारको सहयोग गर्न सरकार तयार रहेको बताए । उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निगमको प्रगतिमा काम गर्न सबै कर्मचारीलाई आग्रह गरे । निगमको व्यवस्थापन सुधारमा लगानीको आवश्यकता रहेको भन्दै उनले सरकार निगमका लागि रणनीतिक साझेदार भित्राउने क्रममा रहेको उल्लेख गरे ।
कार्यक्रममा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले चर्को ब्याजदरमा ऋण लिएर आलु किनेजसरी जहाज किन्दा सञ्चालन गर्न समस्या हुने भन्दै अब जहाज भाडामा लिएर सञ्चालन गर्ने नीतिलाई प्राथमिकता दिइने बताए । निगम दुईवटा वाइडबडी जहाज भित्राउनेक्रममा रहेको भन्दै त्यसमा लगानी भएको रकम नडुब्ने बताए । निगमले निकट भविष्यमा थप दुई न्यारोबडी जहाज भिœयाउन गृहकार्यमा जुटेको समेत उनले जानकारी दिए । कार्यक्रममा कर्मचारी युनियनका प्रतिनिधिहरूले जहाज थपसँगै कर्मचारीको मनोबल उच्च हुने गरी सेवा–सुविधा वृद्धि र व्यवस्थापन सुधारमा लाग्नुपर्ने बताएका थिए ।
जहाज ल्याउँदा लाग्ने भन्सारमा छुटको माग
निगमले निकट भविष्यमा भित्राउन लागेको दुईवटा वाइडबडी जहाजमा लाग्ने भन्सारमा छुटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । निगमले करिब तीन दशकअगाडि बोइङ ७५७ भित्राउँदा सरकारबाट भन्सार छुटको सुविधा पाएको थियो ।

http://www.enayapatrika.com/2017/07/02/161316/
Comments
Post a Comment