अच्युत पुरी, काठमाडौं | 28 asar 

गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट नेपाल हट्नेमा आशावादी छौँ : प्राधिकरण –
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपाली नागरिक उड्डयन क्षेत्रको बृहत् अध्ययन तथा मूल्यांकन (अडिट) सम्पन्न गरेको छ । ४ वर्षदेखि लगातार आइकाओको गम्भीर सुरक्षा चासो (एसएससी) सूचीमा सूचीकृत नेपालले हवाई सुरक्षाका क्षेत्रमा निकै सुधार गरेको दाबी गर्दै आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उच्च अधिकारीको यो दाबीको नतिजा अबको एक महिनाभित्र प्राप्त भइसक्नेछ । आइकाओ टोलीले मंगलबार नेपाल मिसन पूरा गरेको हो । २० असारबाट काम थालेको टोलीले मंगलबार क्यानका अधिकारीसमक्ष समापन बैठक गरेको छ । बैठकमा टोलीका सदस्यले नेपाली पक्षबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
आइकाओका दुई विशेषज्ञले गरे अध्ययन-मूल्यांकन
नेपाली हवाई सुरक्षाको अध्ययन-मूल्यांकनका लागि आइकाओले दुई विशेषज्ञ खटाएको थियो । प्राधिकरणका अनुसार टोलीमा अफ्रिकन मूलका फ्रान्सेली नागरिक क्याप्टेन भोउड्री युजेनी र जर्मन नागरिक एरोनटिकल इन्जिनियर एडमन्ड बोहल्यान्ड खटिएका थिए । उनीहरू बुधबार फिर्ता हुँदै छन् ।

एक महिनाभित्रै नतिजा
प्राधिकरणका अधिकारीहरू यस अडिटलाई एक प्रकारको परीक्षा मान्छन् । हामीले पुनः एकपटक फाइनल परीक्षा दिएका छौँ,’ प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले भने, ‘यसका नजिता एक महिनाभित्रै प्राप्त हुनेछ ।’ उनका अनुसार अब यो टोलीले नेपाल अडिटबारे तयार पारेको प्रतिवेदन आइकाओको मुख्यालयमा बुझाउनेछ । त्यसपछि मुख्यालयबाट मात्र प्रतिवेदनको नतिजाबारे प्राधिकरणलाई जानकारी प्राप्त हुनेछ । ‘अहिले टोलीले नेपालमा जे देख्यो त्यसलाई टिपोट गरेर लगेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘नेपालको हवाई सुरक्षाको विद्यमान अवस्था र चालिएका कदम आइकाओले तोकेको मापदण्डअनुसार पाइए नेपाल एसएससी लिस्टबाट हट्छ ।’ यस अडिटको नतिजा नेपालको पक्षमा आउनेमा प्राधिकरण आशावादी रहेको उनले बताए ।

कुन–कुन क्षेत्रमा केन्द्रित थियो अडिट ?
प्राधिकरणका अनुसार यसपटक आइकाओले मुख्यतया ४ वटा गम्भीर प्रकृतिका पक्षमा केन्द्रित रही अध्ययन-मूल्यांकन गरेको थियो ।

– लिगल
-अर्गनाइजेसन
-अपरेसन
-एयर वर्दिनेस
यी चार पक्षमा नेपालको अवस्था सन्तोषजनक छ । आइकाओको विश्वव्यापी मापदण्ड आसपास रहेका कारण यी चार पक्षको अडिटले सकारात्मक नतिजा दिनेमा प्राधिकरणका अधिकारीहरू सकारात्मक देखिएका हुन् ।
इयूको कालो सूचीबाट हट्ने अवसर
आइकाओको एसएससी लिस्टबाट हटेमा नेपालले युरोपेली युनियन (इयू)समक्ष कालो सूची (हवाई सुरक्षा सूची)बाट बाहिर निकाल्न बलियो माग पेस गर्न सक्छ । इयूले आइकाओकै प्रतिवेदनका आधारमा निर्णय गर्ने भएकाले पनि यसपटकको अडिटलाई नेपाली अधिकारीहरू महत्वपूर्ण मान्छन् ।

सन् २००९ र २०१३ मा पनि भएको थियो अडिट
यसअघि सन् २००९ मा नेपाली आकाशको अडिटका लागि आइकाओको टोली नेपाल आएको थियो । सोही टोलीको प्रतिवेदनका आधारमा आइकाओले विभिन्न पक्षमा सुधारका लागि प्राधिकरणलाई सुझाब दिएको थियो । सन् २००९ को अडिटको थप अध्ययन गर्न सन् २०१३ मा आइकाओको टोली नेपाल आएको थियो । उक्त समय नेपालको हवाई सुरक्षाका दृष्टिकोणबाट आइकाओको सुझाब कार्यान्वयन नभएको देखिएपछि नेपाल एसएससी सूचीमा परेको थियो । सन् २०१० पछि नेपालमा लगातार हवाई दुर्घटना भएपछि अन्तर्राष्ट्रिय समुदायले प्रश्न उठाउने स्थान उब्जेको प्राधिकरणका अधिकारीहरू स्वीकार गर्छन् । तर, पछिल्लो समय हवाई दुर्घटना र यसबाट हुने क्षति कम भएकाले आइकाओबाट सकारात्मक नतिजा प्राप्त हुने नेपाली अधिकारीहरूको विश्वास छ ।

http://www.enayapatrika.com/2017/07/12/163897/
Comments
Post a Comment