अच्युत पुरी, काठमाडौँ | असार ११, २०७४

धुलिखेल माउन्टेन रिसोर्ट र एपिए होटेलको संयुक्त लगानीको पौरखी ग्रुपलाई ३० वर्षे लिजमा होटेल
नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (नाथम) परिसरस्थित नाथम टिचिङ होटेलको व्यवस्थापन गैरआवासीय नेपालीको लगानीमा हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष भवन भट्टको लगानी रहेको धुलिखेल माउन्टेन रिसोर्ट (डिएमआर) र अर्का गैरआवासीय नेपाली चिरञ्जीवी थापा (जापान)को लगानी रहेको एपिए होटेलले संयुक्त रूपमा नाथम होटेल व्यवस्थापन र सञ्चालनको जिम्मेवारी पाएको नाथम स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार थापालगायत गैरआवासीय नेपालीको लगानीमा नेपालमा सञ्चालित पौरखी ग्रुपले होटेल व्यवस्थापन गर्नेछ । यसअघि नाथमले होटेल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने तय गरी बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमार्फत होटेल सञ्चालनका लागि इच्छुक कम्पनी छान्न नाथमले तीनपटकसम्म प्रयास गर्नुपरेको थियो । नाथमका विभागीय प्रमुख (योजना महाशाखा) केशवप्रसाद थपलियाका अनुसार तेस्रोपटकको बोलपत्र आह्वानपछि एक मात्र डिएमआर–एपिए ज्वाइन्ट भेन्चरको प्रस्ताव परेको हो ।
होटेलको नाम ‘नाथम टिचिङ होटेल’
होटेलको नाम नाथम टिचिङ होटेल राख्ने गरी यी पक्षबीच हस्ताक्षर भएको छ । ८ असारमा होटेल व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी प्रदान गर्ने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको विभागीय प्रमुख थपलियाले जानकारी दिए । डिएमआर–एपिए ज्वाइन्ट भेन्चरले ३० वर्षका लागि होटेल व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी पाएको हो ।

तीनतारे होटेल– ८३ कोठा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको मापदण्डअनुसार नाथम टिचिङ होटेल तीनतारे स्तरको हुनेछ । होटेलमा ८३ कोठा रहेका छन् । होटेल व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी पाएको कम्पनीले आफ्नो स्तरअनुसार कोठा थपघट गर्न सक्ने गरी दुई पक्षबीच सम्झौता भएको छ ।

वार्षिक १ करोड ६२ लाख भाडा
होटेल सञ्चालन गरेबापत कम्पनीले नाथमलाई वार्षिक १ करोड ६२ लाख १० हजार ७ सय ७७ रुपैया“ भाडा तिर्नेछ । होटेल पूर्ण रूपमा सञ्चालनमा आएपछि (दुई वर्षभित्र) भाडा तिर्न सुरु गर्ने गरी दुई पक्षबीच सम्झौता भएको छ । कम्पनीले एक वर्षभित्र नै सञ्चालनमा ल्याउन सके पहिलो वर्ष भाडामा ५० प्रतिशत छुट दिने गरी नाथमले सहुलियत दिएको छ । होटेल व्यवस्थापन तथा सञ्चालन गर्ने कम्पनीले आफ्नो डिजाइनअनुसार होटेलको भित्री र बाहिरी संरचना तयार पार्न अधिकतम दुई वर्षको समय तोकिएको हो ।

होटेल सञ्चालन गरेबापत कम्पनीले नाथमलाई वार्षिक १ करोड ६२ लाख १० हजार ७ सय ७७ रुपैयाँ भाडा तिर्नेछ । होटेल पूर्ण रूपमा सञ्चालनमा आएपछि (दुई वर्षभित्र) भाडा तिर्न सुरु गर्ने गरी दुई पक्षबीच सम्झौता भएको छ । कम्पनीले एक वर्षभित्र नै सञ्चालनमा ल्याउन सके पहिलो वर्ष भाडामा ५० प्रतिशत छुट दिने गरी नाथमले सहुलियत दिएको छ । होटेल व्यवस्थापन तथा सञ्चालन गर्ने कम्पनीले आफ्नो डिजाइनअनुसार होटेलको भित्री र बाहिरी संरचना तयार पार्न अधिकतम दुई वर्षको समय तोकिएको हो ।
http://www.enayapatrika.com/2017/06/25/158960/
Comments
Post a Comment