अच्युत पुरी, काठमाडौँ | जेठ ०६, २०७४

श्रम सहचारी नियुक्तिबारे कडा मापदण्ड कार्यान्वयनमा ल्याएको श्रम तथा रोजगार मन्त्रालयले विभिन्न ६ मुलुकमा काउन्सिलर (श्रम) तथा श्रम सहचारी नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले काउन्सिलर (श्रम) तथा श्रम सहचारी नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ बमोजिम श्रम सहचारीमा जान इच्छुक कर्मचारीबाट दरखास्त आह्वान गरेको हो ।
मापदण्ड पूरा गर्ने श्रम तथा रोजगार मन्त्रालय र मन्त्रालय मातहतका निकायमा कार्यरत कर्मचारीले ३५ दिनभित्र दरखास्त दिन पाउनेछन् । यसका लागि निजामती सेवाको अधिकृतस्तरको कर्मचारीका रूपमा सेवा प्रवेश गरी तीन वर्ष काम गरिसकेका कर्मचारी मात्र योग्य मानिनेछन् ।
अंग्रेजी भाषामा दक्षता अनिवार्य
अंग्रेजी भाषा पढाउने इन्स्टिच्युटबाट ‘अंग्रेजी भाषा राम्रो रहेको’ विवरण उल्लेख गरी प्रमाणपत्र पेस गरेको आधारमा कर्मचारीले श्रम सहचारीमा नियुक्ति लिन थालेपछि अहिले मन्त्रालयले श्रम सहचारीका लागि कडा मापदण्ड बनाएको छ । मापदण्डअनुसार श्रम सहचारीमा योग्य हुन कर्मचारीले अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रमअनुसार अंग्रेजी भाषामा दक्ष हुनुपर्छ ।

अंग्रेजी भाषामा आइइएलटिएस टेस्टको पूर्णांक (९ अंक)मध्ये कम्तीमा ५ अंक अथवा टोफेल गर्ने कर्मचारीले पिबिटी–सिबिटी–आइटिबीमध्ये कुनै एक परीक्षामा कम्तीमा क्रमशः ५००, १७३, ६१ अंक ल्याउनुपर्छ । पिटिई परीक्षामा सहभागी हुने कर्मचारीले भने कम्तीमा ३५ अंक नल्याए श्रम सहचारीका लागि अयोग्य बन्ने गरी मापदण्ड बनाइएको छ ।
शैक्षिक इन्स्टिच्युटबाट अंग्रेजी भाषासम्बन्धी नक्कली प्रमाणपत्र पेस गरी श्रम सहचारी बन्ने र विदेशमा गइसकेपछि व्यावहारिक रूपमा काम गर्दा भाषागत कमजोरी देखिएपछि मापदण्डमार्फत कडाइ गरिएको हो ।
८ मुलुकमा हुन्छन् श्रम सहचारी
श्रम तथा रोजगार मन्त्रालयका अनुसार अहिले खाडीका ६ तथा दक्षिण कोरिया र मलेसियास्थित नेपाली दूतावासमा श्रम सहचारीको दरबन्दी छ । कुवेत, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन, कतार, युएई र साउदी अरबमा श्रम सहचारीको दरबन्दी छ । वैदेशिक रोजगार ऐन २०६४ अनुसार ५ हजारभन्दा बढी कामदार कार्यरत मुलुकमा श्रम सहचारी नियुक्त गर्नुपर्ने प्रावधान छ । एक हजारभन्दा बढी महिला कामदार रहेको मुलुकमा महिला श्रम सहचारी नियुक्त गर्नुपर्छ । श्रम तथा रोजगार मन्त्रालयले ५ हजारभन्दा बढी नेपाली कामदार कार्यरत करिब दुई दर्जन मुलुकमा श्रम सहचारी नियुक्त गर्ने योजना बनाए पनि कार्यान्वयन हुन सकेको छैन ।

को हुन् श्रम सहचारी ?
श्रम सहचारी विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगमा श्रमसम्बन्धी विषय हेर्न मन्त्रालयबाट खटाइएका उपसचिव तथा शाखा अधिकृतस्तरका कर्मचारी हुन् । यस पदमा योग्य हुन अवकाशको अवधि कम्तीमा दुई वर्ष बाँकी रहेको तथा अधिकृतस्तरको सेवामा प्रवेश गरी कम्तीमा तीन वर्ष काम गरिसकेको हुनुपर्छ । उक्त कर्मचारीले श्रम सहचारीबाट फर्र्किएपछि पनि कम्तीमा एक वर्ष श्रम तथा रोजगार मन्त्रालय र मातहतका निकायमा सेवा गर्नुपर्छ । यी कर्मचारीलाई वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या र मुद्दालाई नजिकबाट अध्ययन गरी आफू मातहतका निकायमा रिर्पोटिङ गर्नुपर्ने कार्यभार तोकिएको हुन्छ ।

श्रम सहचारी नियुक्ति हुने मुलुक र स्तर
दक्षिण कोरिया : उपसचिव
मलेसिया : उपसचिव
ओमन : शाखा अधिकृत
साउदी अरब : शाखा अधिकृत
कुवेत : शाखा अधिकृत
युनाइटेड अरब इमिरेट्स : शाखा अधिकृत
दक्षिण कोरिया : उपसचिव
मलेसिया : उपसचिव
ओमन : शाखा अधिकृत
साउदी अरब : शाखा अधिकृत
कुवेत : शाखा अधिकृत
युनाइटेड अरब इमिरेट्स : शाखा अधिकृत
http://www.enayapatrika.com/2017/05/20/148705/
Comments
Post a Comment