अच्युत पुरी, काठमाडौँ | २६ जेठ

एउटा बोइङ ग्राउन्डेड र अर्को सी–चेकमा गएपछि प्रभावित हुँदै आएको उडान नियमित गर्ने प्रयास
नेपाल वायुसेवा निगमका लागि भाडामा एउटा जहाज उपलब्ध गराउन दुई कम्पनी इच्छुक देखिएका छन् । अहिले अन्तर्राष्ट्रिय उडान गरिरहेको बोइङ ७५७ जहाज सी–चेक (बृहत् मर्मत)का लागि ग्राउन्डेड हुने अवधिभर सञ्चालन गर्न निगमले एउटा जहाज भाडामा लिन लागेको हो । सी–चेक लामो समय लगाएर हुने मर्मतको चरण हो । यस चरणमा इन्जिनबाहेक विमानका हरेक पार्टपुर्जाको जाँच गरिन्छ ।
निगमले ११ वैशाखमा पहिलोपटक १५ दिने म्याद राखेर ग्लोबल टेन्डर आह्वान गरेको थियो । उक्त अवधिमा कुनै पनि कम्पनी इच्छुक देखिएनन् । त्यसपछि एकपटक १५ दिन र अर्कोपटक ७ दिने म्याद राखेर ग्लोबल टेन्डरको म्याद बढाइएको थियो । पछिल्लोपटक दुईवटा कम्पनीबाट निगमलाई भाडामा जहाज दिन प्रस्ताव आएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।
दुई कम्पनीको प्रस्ताव मूल्यांकनपछि एक साताभित्रै एक कम्पनी छनोट गरी जहाज ल्याउने प्रक्रिया थालिने महाप्रबन्धक कंसाकारले जानकारी दिए । निगमले अहिले अन्तर्राष्ट्रियतर्फ तीनवटा जहाज (दुईवटा ए३२० र एउटा बोइङ७५७)बाट नियमित उडान गरिरहेको छ । त्यसमध्ये बोइङ सी–चेकमा जाँदा उडान प्रभावित भई निगमको विश्वसनीयता नघटोस् भन्ने उद्देश्यले जहाज भाडामा लिन लागिएको कंसाकारले बताए ।
निगमलाई आफ्नो जहाज बेच्न सकस
निगमले अधिकतम १७ करोड रुपैया“ मूल्यांकन गरी बिक्रीमा राखेको बोइङ ७५७ खरिद गर्न बिहीबारसम्म एउटा पनि प्रस्ताव आएको छैन । यसमा पनि निगमले दोस्रोपटक ग्लोबल टेन्डर आह्वान गरेको हो । उक्त जहाज विगत एक वर्षभन्दा लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमको ह्यांगरमा थन्किएर बसेको छ । मर्मत गर्नुको साटो बिक्री गर्दा फाइदा हुने निष्कर्षमा पुगी निगम उक्त जहाज विस्थापित गर्ने योजनामा छ ।

भाडामा जहाज दिन तयार कम्पनी
भुटान एयर : भुटान
स्टार एभिएसन : युक्रेन
भुटान एयर : भुटान
स्टार एभिएसन : युक्रेन
-निगमले एयरबस कम्पनीका ए३१९-ए३२०-ए३२१ मध्ये जुनसुकै मोडलको जहाज भए पनि भाडामा लिने गरी प्रस्ताव गरेको थियो ।
– पहिलोपटक ४५ दिन र १५ दिन थप गर्न सकिने सर्त राखी दुई महिनाका लागि निगमले जहाज भाडामा लिन लागेको हो ।
– जहाज १ साउनबाट उडानमा लगाउने योजना छ
कुन गन्तव्यमा उड्नेछ भाडाको जहाज ?
– काठमाडौं–बैंग्लोर : साताको तीन उडान
– काठमाडौं–दिल्ली : साताको तीन उडान
– काठमाडौं–दोहा : साताको चार उडान
-काठमाडौं–क्वालालाम्पुर : साताको तीन उडान
– काठमाडौं–दिल्ली : साताको तीन उडान
– काठमाडौं–दोहा : साताको चार उडान
-काठमाडौं–क्वालालाम्पुर : साताको तीन उडान
http://www.enayapatrika.com/2017/06/09/154118/
Comments
Post a Comment