नयाँ पत्रिका | २७ जेठ

अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
गत सोमबार साउदी अरेबियासहित खाडी क्षेत्रका ७ छिमेकी मुलुकले कतारसँगको कूटनीतिक तथा व्यापारिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन् । यससँगै कतारमा आर्थिक मन्दी आउने र मानवीय संकट उत्पन्न हुने आशंका गर्न थालिएको छ । कतार संकटको छिटाबाट नेपाल पनि अछुतो रहन सक्दैन । किनकि कतारमा ५ लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ । यो मुलुक वैदेशिक रोजगारीका लागि नेपालीको मलेसियापछिको दोस्रो आकर्षक गन्तव्य हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमलप्रसाद ढकालले कतार संकटले तत्काल त्यहाँको रोजगारी र कार्यरत नेपालीलाई असर नपुग्ने भन्दै नआत्तिन आग्रह गरेका छन् । उनले कतार संकटबाट आगामी दिनमा नेपालले सिक्नुपर्ने पाठलाई यसरी बताए :
धैर्यता प्रदर्शन
छिमेकी मुलुकहरूबाट भएको कूटनीतिक सम्बन्धविच्छेद र नाकाबन्दीका कारण अहिले नेपालको एक मित्रराष्ट्र कतार संकटमा छ । पछिल्लो घटनाक्रमले कतार जति समस्यामा छ, त्यहाँ कार्यरत नेपाली कामदारलाई भने कुनै समस्या परेको या अप्ठ्यारो परिस्थिति सिर्जना भएको सूचना कतारस्थित नेपाली दूतावास तथा रोजगारदाता कम्पनीबाट प्राप्त भएको छैन । अहिलेसम्म परिस्थिति सामान्य नै रहेका कारण नेपालमा रहेका परिवार तथा आफन्तजन आत्तिहाल्नुपर्ने या कुनै हतार गरिहाल्नुपर्ने अवस्था छैन । नेपाल सरकारले पनि यो परिस्थितिलाई निकै नजिक र गम्भीरतापूर्वक हेरिरहेको बताएको छ । त्यसकारण सरोकारवाला निकाय धैर्यपूर्वक रहनुको विकल्प छैन ।

कामदार स्वयं सचेत हुनुपर्छ
बाहिरबाट हेर्दा त्यति छिट्टै प्रभाव नपरेको भए पनि आन्तरिक रूपमा त्यसको प्रभाव देखिन सक्छ । हिजोको जस्तो सामान्य अवस्था पक्कै नहुन सक्छ । यस्तो परिस्थितिमा कामदार स्वयंको पनि केही दायित्व हुन्छ । कानुनबमोजम त्यसको परिपालना गर्नुपर्छ । आफ्नो सम्झौता अवधि समाप्त भएपछि घर फिर्ता हुनेदेखि लिएर सम्बन्धित मुलुकको नियम–कानुनको पालना गर्ने, स्थानीय प्रशासनले दिएको सुझाब र आदेश पालना गर्नुपर्छ । नेपालभित्र रहेका र कतार जाने योजनामा रहेका कामदार पनि केही समय पर्खेर परिस्थिति सामान्य भएपछि मात्र जान सक्छन् । सरकार र रोजगारदाता कम्पनीको दायित्व एक स्थानमा रहन्छ । तर, कामदार पनि उत्तिकै सचेत हुनुपर्छ ।

कूटनीतिक नियोगको सक्रियता
कतारमा कूटनीतिक संकट देखिएसँगै कतारमा रहेका नेपालीको यथार्थ स्थितिको अवगत नेपालमा गराउने दायित्व सरोकारवाला कूटनीतिक नियोगको हो । अहिले सोही प्रणालीको प्रयोग गरी परराष्ट्र मन्त्रालयले सूचना संकलन गरिरहेको छ । परराष्ट्र मन्त्रालयबाट आउने सूचना र जानकारीका आधारमा श्रम तथा रोजगार मन्त्रालयले थप कदम चाल्छ । म्यानपावर व्यवसायीहरू पनि रोजगारदाता कम्पनीले कामदारका विषयमा जारी गर्ने सूचना र जानकारीहरूलाई नजिकबाट नियालिरहेका छन् । अहिले सरकारले कतारस्थित कार्यरत कामदार, नेपालमा म्यानपावर व्यवसायी र अन्य सरोकारवालालाई अनुमानको भरमा कुनै पनि प्रतिक्रिया दिन रोक लगाएको छ । कामदार र उनीहरूका परिवारलाई त्रास सिर्जना गर्नेखालका कुनै पनि प्रतिक्रिया सामाजिक सञ्जाल, सञ्चारमाध्यमबाट दिनुहुँदैन । सरकारको यस मान्यतामा हामी पनि सहमत छौँ ।

कतार संकट नेपालको मात्र समस्या होइन
नेपाल सरकारका विभिन्न निकायहरू अहिले सरोकारवाला निकायहरूसँग निरन्तर छलफलमा छन् । खासगरी सरकार परिवर्तन भएसँगै नयाँ मन्त्रीहरूले यस विषयलाई गम्भीरतापूर्वक लिएको हामीले पाएका छौँ । शुक्रबार पनि परराष्ट्र र श्रम तथा रोजगारमन्त्रीले व्यवसायीहरूसँग भेट गरी पछिल्लो परिस्थितिबारे जानकारी लिनुभएको छ । खासमा कतार संकट उसको आन्तरिक मामला हो । यो संकट छिटो शान्तिपूर्ण तवरबाट टुंगिन्छ भन्ने हाम्रो विश्वास छ । यो परिस्थिति जति धेरै लामो समय जान्छ, त्यसले कतारको अर्थतन्त्रदेखि धेरै पक्षमा नकारात्मक असर पर्छ । अर्कोतर्फ कतारमा नेपालका मात्र नभई अन्य धेरै मुलुकका कामदार कार्यरत छन् । त्यसकारण हामीले नेपालमा गरेको अनुमानका भरमा यो समस्या समाधान हुँदैन ।

प्रमुख प्राथमिकता सुरक्षा
कतार समस्या एउटा प्रतिनिधि उदाहरण मात्र हो । आज जति पनि नेपाली दाजुभाइ विदेशमा कार्यरत छन्, उनीहरूबारे हरेक अवस्थामा चासो राख्नु राज्यको दायित्व हो । सामान्यतया विदेश जाने नेपालीलाई दुईवटा पक्षमा ढुक्क हुने वातावरण बनाउनुपर्छ । एउटा उनीहरूको जिउ–ज्यानको सुरक्षा, आराम र उपचार भने अर्को परिश्रमअनुसारको पारिश्रमिक तथा रोजगारीको ग्यारेन्टी । यी दुई विषयमा कुनै पनि पक्षले लापरबाही गर्न पाउँदैन । यसमा स्वयं कामदारदेखि व्यवसायी र सरकारसमेत जिम्मेवार हुनुपर्छ । विदेश जाँदा सम्झौतामा तोकिएअनुसार सेवा–सुविधाको ग्यारेन्टी तथा कामदारको ज्यानको सुरक्षा नभएसम्म कुनै पनि मुलुक सुरक्षित मानिँदैन । कतारमा अहिले कामदारको चिन्ता हुनु पछिल्लो असामान्य अवस्थाको कारणले हो । तर, समग्र मुलुकमा वैदेशिक रोजगारीमा गएका नागरिकको सुरक्षा प्राथमिकतामा रहनुपर्छ ।

गुणस्तरीय गन्तव्यको खोजी
नेपाल सरकारसँग आधिकारिक तथ्यांक नभए पनि अहिले कतारमा ५ देखि ६ लाख नेपाली कार्यरत रहेको अनुमान छ । मलेसियामा योभन्दा बढी कामदार कार्यरत छन् । मलेसियालगायत खाडी मुलुक नेपालका परम्परागत गन्तव्य हुन् । अब यसको विकल्पमा अन्य सम्भावित गन्तव्यको पनि खोजी गर्नुपर्छ भन्ने महसुस नेपाल सरकार तथा वैदेशिक रोजगार व्यवसायीहरूले गरिसकेका छन् । यसै क्रममा नयाँ गन्तव्यको खोजी गरी त्यहाँ नेपाली कामदार पठाउने वातावरण तयार पार्न श्रम तथा रोजगार मन्त्रालयमा एक समिति गठन भएर काम भइरहेको छ । श्रम राज्यमन्त्रीको संयोजकत्वमा गठन भएको यो समितिले सरकारले पूर्णता पाएसँगै पुनः काम थाल्नेछ ।

कानुनको पूर्ण पालनामा जोड
वैदेशिक रोजगारीको सिलसिलामा कामदारले कुनै पनि प्रकारको जोखिम उठाउन खोज्नु गलत काम हो । कानुनभन्दा माथि कोही हुँदैन । त्यसकारण नेपालभित्रका कानुन र रोजगारदाता मुलुकको सम्बन्धित कानुनलाई पनि अक्षरशः पालना गर्नुपर्छ । खासगरी सम्झौताअवधि सकिएपछि सम्बन्धित मुलुकको कानुनले गैरकानुनी ठहर्याउने अवस्था सिर्जना गर्नुहुँदैन । किनकि समयावधि सकिएका कामदारका बारेमा एक त रोजगारदाता कम्पनी जिम्मेवार नहुने र अर्कोतर्फ सम्बन्धित मुलुकको कानुनले पनि दोषी ठहर्याउने अवस्थामा खासगरी कतारमा झैँ कुनै समस्या आइपर्यो र आकस्मिक उद्धार गर्नुपर्यो भने समस्या पर्छ । अर्कोतर्फ कामदार बढी उच्छृंखल बन्ने, प्रतिबन्धित गतिविधि गर्ने प्रवृत्ति छ । यसमा कामदार स्वयं सचेत हुनुपर्छ ।

रोजगारदाता मुलुकसँग न्यानो सम्बन्ध
कतारमा पछिल्लो संकट आउनुअगाडि अन्य मुलुकमा पनि संकट देखा परेपछि सरकारले आफ्ना नागरिकको आकस्मिक उद्धार गरेको इतिहास छ । आफ्ना नागरिकको जिउ–ज्यानको रक्षा गर्नुपर्ने अवस्थामा सरकारले कूटनीतिक पहल गरी समस्या समाधानको प्रयास गर्छ भने अर्कोतर्फ आकस्मिक उद्धारका सिलसिलामा जहाज चार्टर्ड गरेर पनि नागरिकलाई स्वदेश फर्काइएको छ । त्यसकारण अहिले हतारमा कुनै पनि निर्णय लिइहाल्नु गलत हुन्छ । आज कतारलाई समस्या परेका वेला सरकारले उसको विपक्ष हुने गरी कुनै निर्णय लिइहाल्यो भने भोलि दुई देशबीचको सम्बन्धमा असर पुग्न सक्छ । किनकि खाडी मुलुकहरूसँगको सम्बन्ध नेपालका लागि महत्वपूर्ण छ ।

http://www.enayapatrika.com/2017/06/10/154410/
Comments
Post a Comment