अच्युत पुरी | जेठ १५, २०७४

विश्वको सर्वोच्च चुचुरो (८,८४८मिटर) सगरमाथामा मानव पाइला पुगेको सोमबार ६४ वर्ष पुगेको छ । न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले २९ मे १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका थिए । त्यसपछि प्रारम्भ भएको आरोहण यात्राका दौरान अहिलेसम्म ५ हजारभन्दा बढी आरोही सगरमाथा चुचुरोमा पुगेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार डिसेम्बर २०१४ सम्म ४ हजार ४ सय २८ जना आरोही सगरमाथा चुचुरोमा पुगेका छन् । त्यसयता सन् २०१५ मा सगरमाथा आरोहण हुन सकेन । सन् २०१६ को वसन्त ऋतुमा २ सय ८९ आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए भने सोही वर्ष विदेशी र स्वदेशी सहयोगीसहित ४ सय आरोही चुचुरोमा पुगेको अनुमान छ । सन् २०१७ को वसन्त ऋतुमा ४२ टोलीका ३ सय ७५ आरोही सगरमाथामा छन् ।
सगरमाथाबाट के लाभ ?
नेपालमा खर्चालु पर्यटक भित्र्याउने महत्वपूर्ण प्रडक्ट पर्वतारोहण हो । नेपाल पर्वतारोहण संघका अनुसार नेपालमा सगरमाथा चढ्न आउने एक आरोहीले एकपटकको नेपाल बसाइमा करिब ३५ देखि ६० लाख रुपैया“ हाराहारी खर्च गर्छन् । स्प्रिङ सिजन (फागुन–वैशाख)को समयमा सगरमाथा आरोहणमा आउने पर्यटकबाट नेपालले सर्वाधिक आम्दानी गर्ने संघका अध्यक्ष आङछिरिङ शेर्पाको भनाइ छ । यस मौसमका लागि सरकारी रोयल्टीदेखि हवाई भाडा, शेर्पा सहयोगी, खाना–बसाइ, होटेल खर्च, उपकरण र अक्सिजनजस्ता आधारभूत आवश्यकताका लागि मात्र उक्त रकम खर्च हुने गरेको छ । सरकारलाई बुझाउने रोयल्टीबाहेक प्रत्येक आरोहीले ४ हजार डलर धरौटी बुझाउनुपर्छ । जुन धरौटी सगरमाथामा आफूले उत्पादन गरेको फोहोर ल्याएर आएपछि फिर्ता हुन्छ ।

सन्दर्भः सगरमाथा दिवस
तथ्यमा सगरमाथा
सन् १९२२ः सगरमाथा आरोहणका लागि गएका ७ जना शेर्पाको निधन, सगरमाथामा निधन भएको पहिलो घटना ।
सन् १९५३ः २९ मेमा तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीबाट सगरमाथाको सफल आरोहण ।
सन् १९७५ः जापानकी जुनको ताबेई, उनले १६ मे १९७५ मा विश्वकै पहिलो महिला आरोहीका रूपमा सगरमाथा चढेकी हुन् ।
सन् १९९३ः २३ अप्रिल १९९३ मा पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरिन् । उनको आरोहणपछि फर्कने क्रममा सोही दिन निधन भयो ।
सन् १९९९ः विनाअक्सिजन सबैभन्दा लामो समय सगरमाथा चुचुरोमा समय बिताएको कीर्तिमान बाबुछिरी शेर्पाद्वारा कायम । उनी २१ घन्टा त्यहाँ रहेका थिए । उनका नाममा अन्य धेरै कीर्तिमान बनिसकेका छन् ।
सन् २०००ः नेपालकी दोस्रो महिला लाक्पा शेर्पाले १८ मे २००० मा सफल आरोहण गरिन् ।
सन् २००१ः तेम्बाछिरी शेर्पा, नेपालको सबैभन्दा कान्छो उमेर (१६ वर्ष)मा सगरमाथा आरोहण गर्ने कीर्तिमान ।
सन् २००१ः इरिक विहेनमेयर, पहिलो दृष्टिविहीन आरोही ।
सन् २००३ः आङछिरिङ शेर्पा, पहिलो पत्रकार, २२ मे २००३ मा आरोहण ।
सन् २०११ः सरकारी कर्मचारीको एक टोलीद्वारा सगरमाथाको सफल आरोहण । यो टोलीलाई तत्कालीन सचिव लीलामणि पौडेलले नेतृत्व गरेका थिए ।
सन् २०१४ सम्म २ सय ७९ महिला आरोही चुचुरोमा ।
– सगरमाथा आरोही औसत ७० दिन नेपालमा बस्छन्, कुल पर्यटकको औसत बसाइ १३ दिन मात्र रहेको छ ।
– नेपालमा दुई दर्जन कम्पनीले व्यावसायिक रूपमा सफल आरोहणको व्यवस्थापन गरिरहेका छन् ।
– नेपालमा ३ हजार दक्ष शेर्पा सहयोगी छन्, जसको भरमा विश्वभरका पर्यटक चुचुरो पुग्न सफल हुन्छन् ।
– सहयोगीले एक सिजनमा ३ लाख रुपैया“सम्म आम्दानी गर्छन् ।
–नेपालमा पर्वतारोहण क्षेत्रले मात्र करिब ५४ हजार रोजगारी सिर्जना गरेको अनुमान छ ।
– पर्वतारोहणबाट वार्षिक औसत ४० करोड रुपैयाँसम्म राजस्व संकलन हुन्छ । यसमध्ये ठूलो हिस्सा सगरमाथाको छ ।

२ सय ५० भन्दा धेरै आरोहीको निधन
सन् १९२२ मा ७ जना शेर्पा सहयोगीको निधन भएपछि सगरमाथामा निधन भएका आरोहीको रेकर्ड राख्न सुरु गरिएको थियो । त्यसयता हालसम्म २ सय ५० भन्दा धेरै आरोहीको निधन भएको अनुमान छ । तर, यसको यकिन तथ्यांक भने सरकारस“ग छैन । यसबीचमा सन् २०१४ र २०१५ मा सगरमाथामा ठूलो मानवीय क्षति भएको थियो । यी दुई वर्षमा सगरमाथामा १६–१६ जनाले ज्यान गुमाएका थिए । सन् १९९६ मा १५ जनाले ज्यान गुमाएका थिए । सन् २०१६ को वसन्त ऋतुमा मात्र ५ जना आरोहीको निधन भएको थियो भने जारी मौसममा आधा दर्जन आरोही र सहयोगीको निधन भएको छ ।

http://www.enayapatrika.com/2017/05/29/151067/
Comments
Post a Comment