अच्युत पुरी, काठमाडौं | बैशाख ३०, २०७४
आतिथ्य सेवा (होटेल–रेस्टुरेन्ट)को वार्षिक वृद्धिदर पाँच वर्षयताकै उच्च बिन्दुमा रहने अनुमान
पर्यटन विकासका लागि अत्यावश्यक एक प्रडक्ट आतिथ्य सेवा (होटेल–रेस्टुरेन्ट)को वार्षिक वृद्धिदर पाँच वर्षयताकै उच्च बिन्दुमा रहने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७३/०७४ मा यस क्षेत्रको वृद्धिदर ७ दशमलव शून्य ९ प्रतिशत रहनेछ । यो पछिल्लो पाँच वर्षयताकै सबैभन्दा उच्च वृद्धि हो । नेपालले पर्यटन वर्ष मनाएको आव ०६८/६९ मा आतिथ्य सेवाको वृद्धिदर ७ दशमलव ३८ प्रतिशत थियो ।
त्यसयता निरन्तर खस्किएको वृद्धिदर यस आवमा भने उल्लेख्य बढ्ने अनुमान विभागले प्रकाशित गरेको ‘आर्थिक वर्ष ०७३-७४ को राष्ट्रिय लेखा तथ्यांक’मा उल्लेख छ । भूकम्प र नाकाबन्दीको सामना गर्नुपर्दा पर्यटक आगमन खस्किएको अघिल्लो आवमा आतिथ्य सेवाको वृद्धिदर ऋणात्मक थियो । उक्त आवमा यो क्षेत्रको वृद्धिदर माइनस ९ दशमलव ६८ प्रतिशत रहेको तथ्यांक छ ।

जिडिपीमा १.९८ प्रतिशतको योगदान
आतिथ्य सेवाले चालू आवको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा १ दशमलव ९८ प्रतिशत योगदान गर्ने अनुमान विभागको छ । गत आवमा यस क्षेत्रले जिडिपीमा २ प्रतिशत योगदान दिएको थियो । नेपालको जिडिपीमा सबैभन्दा ठूलो योगदान कृषि (२८.८९ प्रतिशत)को रहेको छ ।

वार्षिक उत्पादन १ खर्ब ४५ अर्ब
केन्द्रीय तथ्यांक विभागका अनुसार होटेल तथा रेस्टुरेन्टको वार्षिक उत्पादन १ खर्ब ४५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ रहेको छ । यो गत आवको तुलनामा १६ अर्ब ३० करोड २० लाख रुपैयाँले बढी हो । विभागका अनुसार होटेल तथा रेस्टुरेन्टको उत्पादन यस आवमा सबैभन्दा उच्चतम बिन्दुमा पुगेको हो । गत आवमा होटेल तथा रेस्टुरेन्ट क्षेत्रको उत्पादन १ खर्ब २९ करोड ६३ करोड ४० लाख रुपैयाँ थियो ।

अकुपेन्सी ८० प्रतिशतमाथि
पर्वतारोहण, पदयात्रा तथा कैलाश यात्रामा जाने पर्यटकको आगमनसँगै नेपालका तारे तथा पर्यटकस्तरीय होटेलको व्यापार ह्वात्तै बढेको छ । होटेल संघ नेपाल (हान)का अनुसार जारी पर्यटकीय सिजन (चैत–जेठ)मा होटेलहरूका ८० प्रतिशत कोठा बिक्री-बुकिङ भएका छन् । उपत्यकाबाहिर नेपालजन्जमा अकुपेन्सी दर उच्च रहेको हानका कार्यकारी निर्देशक प्रवेश अर्याल बताउँछन् ।

यसकारण आतिथ्य सेवा सकारात्मक दिशामा
– सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमन उल्लेख्य बढेको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१६ मा हवाई तथा स्थलमार्ग हुुँदै कुल ७ लाख ५३ हजार २ जना पर्यटक नेपाल आएका छन् । सन् २०१५ मा ५ लाख ३८ हजार ९ सय ७० जना पर्यटक मात्र नेपाल आएका थिए ।
– ०७३ लाई सरकारले घुमफिर वर्षका रूपमा मनाएको छ । यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ । जसले गर्दा होटेल तथा रेस्टुरेन्टको व्यापार बढेको हो ।
– ऊर्जा समस्या समाधान भई होटेल तथा रेस्टुरेन्टका लागि आवश्यक ऊर्जा उपलब्ध हुनुले पनि अघिल्ला आवहरूमा संकुचन भएको यो क्षेत्रले निकै प्रगति गरेको तथ्यांक विभागले उल्लेख गरेको छ ।
– आतिथ्य सेवामा लगानी बढेको छ । पछिल्लो समय स्तरीय होटेल तथा रेस्टुरेन्टले उपत्यकाबाहिर समेत सेवा विस्तार गरेपछि व्यापार बढेको होटेल संघ नेपाल (हान)को भनाइ छ ।
http://www.enayapatrika.com/2017/05/13/145850/
Comments
Post a Comment