राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्ताव : अच्युत पुरी, काठमाडौं | जेठ ११, २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण अभियानमा जनशक्तिको चरम अभाव मेटाउन वैदेशिक रोजगारीमा खाडी मुलुकमा जाने हरेक युवाले कम्तीमा दुई महिना नेपालमा अनिवार्य काम गर्नुपर्ने अवधारणा प्रस्ताव गरेको छ ।
एकातर्फ मुलुकभित्र जनशक्ति अभावको समस्या केही हदसम्म समाधान हुने र अर्कातर्फ विदेशमा निर्माणको क्षेत्रमा जाने जनशक्तिको दक्षता वृद्धि हुने लक्ष्यसहित यो अवधारणा ल्याइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलले जानकारी दिए । उनका अनुसार भूकम्पपछि ग्रामीण क्षेत्रमा जनशक्ति अभावका कारण पुनर्निर्माणले गति लिन सकेको छैन भने सम्पदा पुनर्निर्माणमा पनि दक्ष जनशक्तिको चरम अभाव छ ।
रोजगारदाता कम्पनीको सिएसआर
प्राधिकरणको अवधारणाअनुसार रोजगारीमा जाने पक्का–पक्की भइसकेका कामदारले दुई महिना नेपालको पुनर्निर्माणको कुनै पनि क्षेत्रमा काम गर्नेछन् । उनीहरूको सेवासुविधाको व्यवस्था रोजगारदाता कम्पनीले गर्नेछ । जसले गर्दा कामदारलाई नेपालमा खर्चिएको श्रम अनुत्पादक भएको अनुभूति हुनेछैन । यस अवधारणालाई प्राधिकरणले रोजगारदाता कम्पनीको सिएसआरका रूपमा व्याख्या गरेको छ । ‘यो अवधारणाले मूर्त रूप भने लिइसकेको छैन,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने, ‘हामी खाडी मुलुकमा जनशक्ति पठाउने म्यानपावर कम्पनीलाई बोलाएर यस सम्बन्धमा छलफल गर्दै छौँ ।’

खाडी मुलुकमा जाने नेपालीलाई केही महिना नेपालमा काम गराउँदा एउटा मुलुकभित्र पनि अवसर छन् भन्ने सन्देश प्रवाह हुने र अर्कोतर्फ उक्त मुलुकमा दक्षताका आधारमा सेवा–सुविधा पनि बढ्नेछ । प्राधिकरणको यो अवधारणा सफल भए पुनर्निर्माणका धेरै कामले गति लिने र मुलुकले भोग्दै आएको जनशक्ति अभावको समस्या केही हदसम्म समाधान हुने उनको अपेक्षा छ ।
खाडीमा छन् धेरै नेपाली
नेपालबाट सबैभन्दा धेरै कामदार गएको मुलुक मलेसिया हो । तर, खाडीका विभिन्न मुलुकमा नेपालीको संख्या अधिक छ । वैदेशिक रोजगारीमा गएकामध्ये ५० प्रतिशतभन्दा बढी नेपाली नागरिक खाडी मुलुकमा रहेको अनुमान छ । कतार, साउदी अरेबियाजस्ता मुलुकमा
धेरैजसो अदक्ष कामदार गएका छन् । उनीहरूलाई घर, सडक, पुल, रंगशालालगायत संरचना निर्माणमा बढी खटाइने गरे पनि आम्दानी भने न्यून हुन्छ । नेपालबाट बर्सेनि ३३ प्रतिशतभन्दा बढी अदक्ष कामदार रोजगारीको खोजीमा बाहिरिने गरेको सरकारको अनुमान छ ।

जनशक्ति र रकम अभावले बनेनन् घर
प्राधिकरणले करिब एक लाख १४ हजार घरमा गएर गरेको अध्ययनबाट जनशक्ति अभाव र कमजोर आर्थिक अवस्थाकै कारण घरहरू बन्न नसकेको निष्कर्ष निकालेको छ । सोही कारण जनशक्ति व्यवस्थापनका लागि विकल्पको खोजी थालिएको थियो । ‘हाम्रो अध्ययनले के पत्ता लाग्यो भने भत्किएका घर पुनर्निर्माणको कामले गति लिन नसक्नुमा जनशक्ति अभाव मुख्य हो,’ उनले भने, ‘किनकि गाउँमा काम गर्ने मान्छे नै छैनन् ।’ दक्ष जनशक्ति उत्पादन गरी उनीहरूलाई पुनर्निर्माणको काममा परिचालन गर्ने गरी अहिले देशभर विभिन्न स्थानमा १० हजार मानिसले विभिन्न प्रकारको तालिम लिइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

http://www.enayapatrika.com/2017/05/25/150197/
Comments
Post a Comment