अच्युत पुरी, काठमाडौं | जेठ ०८, २०७४
अमेरिकी आरोही रोनाल्ड इयरउड र स्लोभाकियाका नागरिक भ्लादिमिर स्ट्रबाको आइतबार मृत्यु

जारी पर्वतारोहण सिजनमा आइतबारसम्म सगरमाथामा पाँच आरोहीको निधन भएको छ भने एकजना हराइरहेका छन् । आइतबार अमेरिकी आरोही रोनाल्ड इयरउड र स्लोभाकियाका आरोही भ्लादिमिर स्ट्रबाको निधन भएको हो । पर्यटन विभागका अनुसार सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले इयरउडको निधनको जानकारी दिए पनि कारण खुलेको छैन । सगरमाथाको चुचुरोभन्दा करिब चार सय मिटर तल उनको निधन भएको हो । उनको आठ हजार चार सय मिटर (बाल्कोनी क्षेत्र)मा निधन भएको हो । ५० वर्षीय उनको टोलीको आरोहणको चा“जोपा“जो एभरेस्ट परिवार एस्क्पिडिसन प्रालिले मिलाएको थियो ।
आइतबारै एक स्लोभाकियाका आरोहीको पनि सगरमाथा आरोहण गरेर फर्कने क्रममा मृत्यु भएको छ । स्लोभाकियाका नागरिक भ्लादिमिर स्ट्रबा रोयल अर्किड ट्रेक्स एन्ड एक्स्पिडिसन एजेन्सीमार्फत सुसी नेपाल एक्स्पिडिसनका नाममा एकल सगरमाथा आरोहणमा गएका थिए ।
यस घटनासहित जारी सिजनमा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउने आरोहीको संख्या नेपालतर्फ चार पुगेको छ भने तिब्बततर्फ एकजनाको निधन भएको छ । एक आरोही हराइरहेका छन् । आइतबार तिब्बततर्फबाट सगरमाथा आरोहण गर्ने क्रममा एक अस्टे«लियन आरोहीको निधन भएको छ ।
यस घटनासहित जारी सिजनमा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउने आरोहीको संख्या नेपालतर्फ चार पुगेको छ भने तिब्बततर्फ एकजनाको निधन भएको छ । एक आरोही हराइरहेका छन् । आइतबार तिब्बततर्फबाट सगरमाथा आरोहण गर्ने क्रममा एक अस्टे«लियन आरोहीको निधन भएको छ ।
यसअघि सगरमाथाको क्याम्प टु हुँदै नुप्त्से हिमाल (७,८६१ मि.) आरोहण गर्ने क्रममा चर्चित स्विस आरोही युली स्टेकको १७ वैशाखमा निधन भएको थियो । एकै सिजनमा नुप्त्से, ल्होत्से र सगरमाथा गरी तीन चुचुरा चुम्ने गरी अनुमति लिएका स्टेक सगरमाथाको क्याम्प टुमा पुगेपछि नुप्त्से हिमालतर्फ जाने क्रममा दुर्घटनामा परेका थिए । सबैभन्दा वृद्ध उमेरमा सगरमाथाको सफल आरोहण गरी कीर्तिमान बनाउने लक्ष्यसहित त्यसतर्फ लागेका आरोही मीनबहादुर शेरचनको २३ वैशाखमा निधन भएको थियो । ८६ वर्षीय उनको सगरमाथा आधार शिविरमै हृदयाघातका कारण निधन भएको पर्यटन विभागले जानकारी दिएको छ ।
भारतीय आरोही बेपत्ता
भारतीय आरोही रवि कुमार शनिबारदेखि बेपत्ता छन् । पर्यटन विभागका अनुसार सगरमाथाको सफल आरोहण गरी आधार शिविर फर्कने क्रममा उनी बेपत्ता भएका हुन् । उनी पनि आठ हजार चार सय मिटर (बाल्कोनी) क्षेत्रबाटै बेपत्ता भएको विभागले जनाएको छ । उनीसहितको आरोहण टोलीको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको थियो ।
एक साताभित्र सबै आरोही चुचुरोमा
नेपाल पर्वतारोहण संघ (एनएमए)का अनुसार आगामी एक साताभित्र सबै सगरमाथा आरोही चुचुरोमा पुगिसक्नेछन् । अहिले धेरैजसो आरोही क्याम्प फोरमा रहेको र निरन्तर माथि चढ्ने तथा सफल आरोहीहरू तल झर्ने क्रम जारी रहेको एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए । पर्यटन विभागका अनुसार आइतबार मात्र करिब ६० देखि ६५ जना आरोही चुचुरोमा पुगिसकेका छन् । शनिबार करिब ४० आरोहीले सफल आरोहण गरेका थिए । अहिले हिमालको मौसम अनुकूल रहेका कारण आरोहणमा ठूलो समस्या नरहेको एनएमएका अध्यक्ष शेर्पाले जानकारी दिए ।
http://www.enayapatrika.com/2017/05/22/149251/
Comments
Post a Comment