अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं १५, फागुन
एक पिलरका भरमा उभिएर तराजु शैलीमा निर्मित भब्य भौतिक संरचनासहित लम्पसार परिरहेको पुल हुँदै बर्दियाबाट कैलालीको चिसापानी प्रवेश गर्ने जो कोही यात्रुलाई लाग्दैन, यतिबेला म सुदुरपश्चिममाञ्चल विकास क्षेत्रमा छुँ । कर्णाली नदी पहाड छेडेर तराई झर्दै गर्दा चल्ने तिब्र वायु र सिरेटोले स्वागत गर्ने चिसापानीबाटै प्रारम्भ हुन्छ सुदरपश्चिमको चिनारी । अलौकिक प्राकृतिक सम्पदा, ऐतिहासिक तथा सांस्कृतिक धरोहरले भरिपूर्ण तथा मानवनिर्मित संरचनाको मिश्रण सुदुरपश्चिम यतिबेला पर्यटकको पखाईमा छ । राजनीतिक रूपमा अखण्डताको वकालत गर्ने सुदुरपश्चिम पर्यटकीय प्रडक्टको हिसावले बहुआयामिक सम्भावना बोकेको क्षेत्र हो ।
काठमाडौं १५, फागुन
एक पिलरका भरमा उभिएर तराजु शैलीमा निर्मित भब्य भौतिक संरचनासहित लम्पसार परिरहेको पुल हुँदै बर्दियाबाट कैलालीको चिसापानी प्रवेश गर्ने जो कोही यात्रुलाई लाग्दैन, यतिबेला म सुदुरपश्चिममाञ्चल विकास क्षेत्रमा छुँ । कर्णाली नदी पहाड छेडेर तराई झर्दै गर्दा चल्ने तिब्र वायु र सिरेटोले स्वागत गर्ने चिसापानीबाटै प्रारम्भ हुन्छ सुदरपश्चिमको चिनारी । अलौकिक प्राकृतिक सम्पदा, ऐतिहासिक तथा सांस्कृतिक धरोहरले भरिपूर्ण तथा मानवनिर्मित संरचनाको मिश्रण सुदुरपश्चिम यतिबेला पर्यटकको पखाईमा छ । राजनीतिक रूपमा अखण्डताको वकालत गर्ने सुदुरपश्चिम पर्यटकीय प्रडक्टको हिसावले बहुआयामिक सम्भावना बोकेको क्षेत्र हो ।
टिकापुर शान्त छ पर्यटक पठाइदिनुस
नयाँ संविधान जारी हुनुअघि गत भदौ पहिलो साता कैलालीको टिकापुर पूर्णतया अशान्त बन्यो । भदौ ७ गते भएको हिंसात्मक घटनाबाट आधा दर्जनभन्दा बढी सुरक्षाकर्मी र नाबालकको हत्या भएपछि राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा टिकापुरबारे नकारात्मक सन्देश फैलियो । विशेषगरी आदिवासी थारु समूदायको बाहुल्य रहेको टिकापुरलाई कलङ्कित बनाउने यस घटनापछि केवल कैलालीले मात्र होइन समग्र सुदुरपश्चिमको छवि नराम्रो बन्न पुग्यो ।
घटनापछि पाठ सिक्दै नागरिक अगुवा, स्थानिय राजनीतिक दल, व्यवसायी र पेशाकर्मी टिकापुरको नकारात्मक छवि पुनः परानै अवस्थामा फर्काउने प्रयासमा छन् । ‘यहाँ हामी सबै जातजात धर्मका मानिस मिलेर बसेका छौं,’ चिसापानी पर्यटन विकास समितिका सदस्य मातृका तिमल्सिना भन्छन्, ‘गलत तत्वले राजनीतिक अभिष्ठ पुरा गर्न घटाएको उक्त घटनालाई अब बिर्सनुपर्छ ।’
घटनापछि धरासायी बनेको व्यापार व्यवसायले गति लिन थालेको छ भने अन्य गतिविधि सामान्य बनेका छन् । तर, पर्यटकीय सम्भावनाको खानी भएपनि टिकापुर र यस आसपासको क्षेत्रमा पर्यटन गतिविधि भने अझै सामान्य बन्न सकेको छैन । व्यवसायी भने पर्यटकको स्वागतका लागि तयार छन् । टिकापुर उद्योग वाणिज्य संघ, स्थानिय होटल व्यवसायी, पर्यटन व्यवसायी, उद्यमी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, पेशाकर्मीलगायतले गत साता एउटै मञ्चबाट टिकापुर सुरक्षित रहेको र पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश प्रवाह गरेका छन् ।
कृतिम र प्राकृतिक सम्पदाको मिश्रण
कैलालीको टिकापुर आफैमा एक पर्यटकीय गन्तब्य हो । व्यवस्थित शहरीकरणको नमुनाका रूपमा विकास गरिएको टिकापुरस्थित बृहत पार्कमार्फत शाहकालिन वैभवलाई नजिकबाट नियाल्न सकिन्छ । दैनिक सयौं आन्तरिक पर्यटकले भ्रमण गर्ने र विभिन्न जिल्लाबाट पिकनिक मनाउन आउने मानिसको भिडले टिकापुरलाई प्रख्यात बनाएको छ । केरा खेतिसँगै केरा रिसोर्ट स्थापना गरेर नेपालकै उत्कृष्ट कृषक बन्न सफल कालु हमालको पौरख पनि टिकापुरको पर्यटकीय प्रडक्टभित्र पर्न थालेको छ ।
कैलाली पुग्ने पर्यटकले मौलिक थारु संस्कृतिमा रमाउनुसँगै जाल्पादेवि मन्दिर, राधाकृष्ण मन्दिर, शिव मन्दिर, गणेशमन्दिरको दर्शन गर्न पाउँछन् । यसैक्रममा पूर्व सांसद सुकदया चौधरीको अगुवाईमा कैलालीको पथलैया गाबिसस्थित बक्लौवा मुक्त कमैया शिविरमा थारु होमस्टे शुरु गरिएको छ ।
कैलालीको धनगढी पुग्ने हरेक पर्यटकका लागि एयरक्राफ्ट संग्रहालय पुग्नैपर्ने स्थल बनिसकेको छ । पाइलट बेद उप्रेतीले कस्मिक एयरको विमान धनगढी पु¥याएर स्थापना गरेको यो म्यूजियम हवाई यात्रासम्बन्धमा चासो राख्ने सबैका लागि आकर्षक गन्तब्य हो । यसबीचमा पर्ने घोडाघडी ताल तथा कर्णाली नदी आफै पनि पर्यटक आकर्षित गर्ने माध्यम हुन् । अर्कोतर्फ कंचलनपुर जिल्लास्थित चाँदनी–दोधारा जोड्ने एसियाकै लामो झोलुंगे पुलसमेत सुदुरपश्चिमको चिनारी बनिसकेको छ ।
खुला चिडियाखाना ः शुक्लाफाँटा
सामान्यतया केही घण्टाका लागि गरिने जंगल सफारीका क्रममा जंगली जनावर भेट्न मुस्किल पर्छ । तर, कंचनपुरको महेन्द्रनगरस्थित शुक्लाफाँटा बन्यजन्तु आरक्ष एउटा खुला चिडियाखाँना हो, जहाँ पुग्ने पर्यटकले आँखै अगाडी सयौं जंगली जनावर प्रत्यक्ष देख्न पाउँछन् । विशेषगरी बाह्रसिंगा र मृगका लागि प्रख्यात यो आरक्ष थुप्रै प्रजातीका चराचुरुङ्गी, बाघ, गैँडाजस्ता जनावरको बासस्थान हो ।
पहाड र हिमालमा यातायात समस्या
प्रकृति प्रदत्त अपार सम्पदालाई नजिकबाट अनुभूति गर्न भने सुदुरपश्चिमका पहाडी तथा हिमाली इलाकामा समेत पुग्नुपर्ने हुन्छ । बडीमालिका, खप्तड, रामारोशनजस्ता स्थान अझै पनि पर्यटकको पर्खाइमा छन् । भौतिक पूर्वाधारको अभावले ति स्थानसम्म पर्यटक पु¥याउन नसकिएको सरोकारवाला बताउँछन् ।
होटल–लजको उपलब्धता
सुदुरपश्चिमको भ्रमणलाई प्रवद्र्धन गर्ने उद्देश्यले व्यवसायीहरुले विभिन्न प्रकारका प्याकेज ल्याउन थालेका छन् । व्यवसायी स्वयमको प्रयासमा थुप्रै प्रयास थालिएका छन् । सुदुरपश्चिम आउने पर्यटकले स्तरीय बास र खानका लागि चिन्ता गर्नु नपर्ने महेन्द्रनगरस्थित शुक्लाफाँटा जंगल रिसोर्टका संचालक परमानन्द भण्डारी बताउँछन् । शहरबाट नजिकका गन्तब्यमा स्तरीय होटल, रिसोर्ट र लजहरु खुलेका छन् । पहाडी र हिमाली जिल्लाका गन्तब्यमा भने खानबस्नका लागि सुविधा उपलब्ध हुन सकेको छैन ।
पर्यटन बोर्डको टोली टिकापुरमा
टिकापुर घटनापछि प्रभावित भएको पर्यटन व्यवसायलाई पुरानै अवस्थामा पु¥याउने उद्देश्यले नेपाल पर्यटन बोर्डको अगुवाईमा एक टोलीले टिकापुरको औपचारिक भ्रमण गरेको छ । गत हप्ता मध्य तथा सुदुरपश्चिमका विभिन्न पर्यटकीय स्थलको प्रवद्र्धनमा निस्किएको टोलीले टिकापुरमा स्थानिय उद्योग वाणिज्य संघद्धारा आयोजित औपचारिक कार्यक्रममा सहभागी भएको थियो । कार्यक्रममा सहभागीहरुले सुदुरपश्चिम क्षेत्रको पर्यटन विकासका लागि विगतका तित्तता बिर्सेर एकजुट हुनुको विकल्प नरहेको बताएका थिए ।
उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री बलबहादुर महतले हिमालदेखि तराई एक भएमात्र सुदुरपश्चिमलाई पर्यटकीय गन्तब्य बनाउन सकिने बताएका थिए । सांसद गरिमा शाह, नेपाल एशोसिएशन आफ टूर एण्ड ट्राभल एजेण्ट्स (सुप च्याप्टर)का अध्यक्ष माया प्रकाश भट्ट, नेपाल पर्यटन बोर्डका सदस्य घनेन्द्र श्रेष्ठ, पर्यटन बोर्डका वरिष्ठ अधिकृत केबी शाह, सुप पर्यटन अभियन्ता किशोर खड्कालगायतले यस क्षेत्रको विकासमा पर्यटनको विकल्प नरहेको बताएका थिए । राजधानीबाट गएको टोलीले समग्र पर्यटकीय बजारमा सकारात्मक सन्देश लैजाने र टिकापुर तथा सम्पूर्ण सुदुरपश्चिमलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने सांसद शाहले बताइन् ।
सुदुरपश्चिमबाट फर्किएपछि
Comments
Post a Comment