अच्युत पुरी, काठमाडौँ | असार ०३, २०७४

चालू आव ०७३-७४ को नीति तथा कार्यक्रममा उल्लेख नेपाल भ्रमण वर्ष २०१८ अझै मन्त्रिपरिषद्बाट पास भएको छैन
आर्थिक वर्ष ०७३-७४ को नीति तथा कार्यक्रममार्फत सरकारले सन् २०१८ लाई ‘नेपाल भ्रमण वर्ष’का रूपमा मनाउने घोषणा गरेको थियो । वार्षिक १० लाख पर्यटक भित्राउने लक्ष्यसहित घोषणा गरिएको यो कार्यक्रम कार्यान्वयनमा आउन अब ६ महिनाभन्दा पनि कम समय बाँकी छ । तर, यसको तयारी हुनु त कता हो कता अहिलेसम्म मन्त्रिपरिषद्बाटै पारित हुन बाँकी छ ।
नीति तथा कार्यक्रममा उल्लेख ‘नेपाल भ्रमण वर्ष २०१८’ अभियान मन्त्रिपरिष्दबाट अनुमोदन नभई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा फिर्ता भएको छ । ‘सरकार परिवर्तन भएसँगै यो प्रस्ताव अहिले फिर्ता भएको छ,’ पर्यटन मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘पर्यटनमा नयाँ मन्त्री आएपछि प्रस्ताव पुनः मन्त्रिपरिषद् पठाउँछौँ ।’

७ वर्षपछि पनि १० लाख पर्यटकको लक्ष्य
यसअघि नेपालले सन् २०११ मै १० लाख पर्यटक ल्याउने गरी नेपाल पर्यटन वर्ष मनाइसकेको छ । सो वर्ष त्यो लक्ष्य पूरा हुन सकेन । तर, त्यसपछिको वर्ष त्यसको प्रभावस्वरूप सन् २०१२ मा इतिहासमै सर्वाधिक ८ लाख ३० हजार ९२ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसयता नेपाल आउने पर्यटक संख्या निरन्तर घट्दो क्रममा छ । सात वर्षपछि अर्को भ्रमण वर्ष आयोजनाको तयारी गर्दा पनि लक्ष्य भने फेरिएन । १० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको थियो ।

२० लाखको लक्ष्य असम्भव
भिजन २०२० कार्यान्वयनमा रहेको वर्तमान स्थितिमा सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । तर, त्यो लक्ष्यसँग मेल नखाने गरी सन् २०१८ मा जम्मा १० लाख पर्यटक भित्राउने लक्ष्य सरकारले तय गरेको छ । यस हिसाबले त्यसको २ वर्षमा थप १० लाख पर्यटक भित्राउन असम्भव नै भएको सरोकारवाला बताउँछन् । वैशाख २०७२ को भूकम्पपछि लक्ष्य प्राप्ति असम्भव भएको सरकारी अधिकारीले बताउने गरेका छन् । तर, सरकार स्वयंले यो अभियानलाई प्राथमिकता दिन नसकेको सरोकारवालाको भनाइ छ ।

प्राथमिकतामै परेन भ्रमण वर्ष
मन्त्रालयका उच्च अधिकारी यो कार्यक्रम पनि राजनीतिक अस्थिरता र खिचातानीको सिकार भएको बताउँछन् । ‘नीति तथा कार्यक्रममा राखिए पनि नेपाल भ्रमण वर्ष कहिले पनि सरकारको प्राथमिकतामा नै परेन,’ एक अधिकारी भन्छन्, ‘सोहीकारण मन्त्रिपरिषद्बाट अनुमोदन नभई पुनः मन्त्रालयमै फिर्ता भएको छ ।’ यो नीति तथा कार्यक्रम आएपछि पर्यटन मन्त्रालयमा तीनजना मन्त्री फेरिएका छन् । जसको प्रत्यक्ष असर भ्रमण वर्ष २०१८ को तयारीमा समेत परेको छ ।

एसिया प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे यो अभियान सरकार, निजी क्षेत्रका संघसंस्था र सरोकारवाला कसैको पनि प्राथमिकतामा नपरेको स्वीकार गर्छन् । ‘निजी क्षेत्रले यसको स्वामित्व लिएर सरकारलाई निरन्तर झक्झकाउनुपर्ने थियो,’ उनले भने, ‘भ्रमण वर्ष लक्षित गरी कुनै छलफल भएजस्तो लाग्दैन ।’

पर्यटन बोर्डको आफ्नै तयारी
सरकारले नीति तथा कार्यक्रममार्फत सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेसँगै पर्यटन प्रवद्र्धनको मुख्य जिम्मेवारी पाएको निकाय नेपाल पर्यटन बोर्डले अहिले सोही अभियानलक्षित विविध गतिविधि गरिरहेको छ ।

सोही क्रममा बोर्डले युरोपमा ‘भिजिट युरोप इयर २०१७’ अभियान सञ्चालन गरिरहेको छ । बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदीका अनुसार यस अभियानअन्तर्गत युरोपका सवारीसाधनमा नेपाल प्रवद्र्धन हुने स्टिकर बाँड्ने, दूतावास र गैरआवासीय नेपाली संघहरूसँगको समन्वयमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन भइरहेका छन् । साथै आफ्नो आधिकारिक वेबसाइटबाट नेपाल प्रवद्र्धन हुने खालका सामग्री (भिडियो, तस्बिरलगायत)बाट पनि भ्रमण वर्षको प्रचार–प्रसार गरिरहेको बोर्डका वरिष्ठ अधिकृत सुवेदीले जानकारी दिए ।
http://www.enayapatrika.com/%E0%A4%85%E0%A4%B2%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A5%8B-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2-%E0%A4%AD%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%A3/
Comments
Post a Comment