अच्युत पुरी, काठमाडौँ | जेठ १६, २०७४

त्रिभुवन विमानस्थल स्तरोन्नति योजना –
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्तरोन्नति गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । आर्थिक वर्ष ०७४-७५ को बजेटमा कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङ मार्गमा परिणत गरी त्यसमाथि विमानस्थलको धावनमार्ग र पार्किङ वे थप गर्ने उल्लेख छ ।
अहिले पनि त्रिभुवन विमानस्थलको क्षमता विस्तार आयोजनाअन्तर्गत विविध काम भइरहेका छन् । सरकारले पहिलोपटक कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङमार्गमा परिणत गरी धावनमार्ग र पार्किङ वे विस्तारको योजना बनाएको हो । विमानस्थलको ट्राफिक चाप न्यूनीकरण गर्ने उद्देश्यसहित यो योजना ल्याइएको बजेट वक्तव्यमा उल्लेख छ ।
निजगढ विमानस्थलको बोलपत्र
सरकारले निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको आव ०७४-७५ मै बोलपत्र आह्वान गर्ने योजना बनाएको छ । यो विमानस्थलका लागि चालू आव ०७३-७४ मा १ अर्ब ५० करोड छुट्याएको सरकारले जग्गाप्राप्ति तथा सीमांकनको काम गरिरहेको छ । चालू आवभित्रै विस्तृत परियोजना प्रतिवेदन र कार्यान्वयनको ढाँचा तय गर्ने तथा स्रोत व्यवस्थापनका लागि पनि पहल गर्ने योजना सरकारको छ । आगामी आवबाट यस आयोजनालाई कार्यान्वयनमा लैजाने तयारी सरकारले गरेको छ ।

भैरहवा विमानस्थल निर्माण अवधि एक वर्ष सर्यो
मुख्य ठेकेदार कम्पनी र स्थानीय निर्माण कम्पनीबीचको विवादले भैरहवामा निर्मार्णाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य एक वर्षपछाडि सरेको छ । चालू आवको बजेट वक्तव्यमार्फत सरकारले यो विमानस्थल माघ ०७४ बाट सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । तर, आगामी आवको बजेट वक्तव्यमा भने यो आयोजना चैत ०७५ भित्र सम्पन्न गर्ने उल्लेख छ । बजेटबाटै समयावधि बढाइएपछि यो आयोजना पूर्वनिर्धारित समयमा नबन्ने निश्चित भएको छ ।

पोखरा विमानस्थलको काम सुरु हुने
१ वैशाख ०७३ मा शिलान्यास भए पनि एक वर्षसम्म प्रक्रियागत झन्झटमै अल्झिएको पोखरा क्षेत्रीय विमानस्थलको निर्माण आगामी आवबाट सञ्चालनमा ल्याउने सरकारको योजना छ । यी तीनवटा विमानस्थलको कार्यान्वयनका १३ अर्ब ७२ करोड रुपैयाँ बजेट छुट्याइएको छ । चालू आवमा पनि यी तीनवटा विमानस्थलका लागि १३ अर्ब ७२ करोड रुपैयाँ नै विनियोजन भएको थियो । तर, कार्यान्वयन हुन नसक्दा खर्चको प्रगति भने ज्यादै न्यून छ ।

बजेटमा वायुसेवा कम्पनीहरूको सञ्चालन खर्च कम गर्ने गरी कुनै व्यवस्था नआएका कारण तत्काल उत्साहित हुनुपर्ने अवस्था नरहेको वायुसेवा सञ्चालक संघ (आयोन)का प्रवक्ता घनश्याम आचार्यले बताए । ‘अहिले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेकाले सञ्चालन खर्च धान्न सक्ने अवस्था छ,’ उनले भने, ‘राजनीतिक कारणले बजेटमा सहुलियतका कार्यक्रम राख्न नपाएको घाटा त्यतिवेला देखिनेछ, जतिवेला इन्धनको मूल्य बढ्न गई समस्या आउन थाल्नेछ ।’
पर्यटनका गुरुयोजना कार्यान्वयन
सरकारले अहिले सबै प्रदेशमा पर्यटन विकासका सम्भावना उजागर गर्दै गन्तव्य विस्तार गर्ने उद्देश्यसहित गुरुयोजना बनाइरहेको छ । आगामी आवमा बनिसकेका गुरुयोजना कार्यान्वयन गर्ने र बाँकी स्थानमा गुरुयोजना बनाउने योजना बनाएको छ । त्यसबाहेक पर्यटन व्यवसायी र पर्यटकलाई उत्साहित गराउने कार्यक्रम भने बजेटले समेटेको छैन । ‘पर्यटन क्षेत्रका लागि बजेटले कुनै ठोस कार्यक्रम ल्याउन सकेको छैन,’ होटेल संघ नेपाल (हान)का महासचिव विनायक शाह भन्छन्, ‘परिस्थतिवश आएको यस बजेटमा जुन कार्यक्रम समेटिएका छन्, त्यसको कार्यान्वयन महत्वपूर्ण पक्ष हो ।’

पर्यटनका खुद्रे कार्यक्रम स्थानीय तहमा
यसअघि पर्यटन मन्त्रालय, पर्यटन विभाग र पर्यटन बोर्डबाट कार्यान्वयन हुने खुद्रे कार्यक्रम अब स्थानीय तहबाटै कार्यान्वयन हुनेछन् । यसबाट मन्त्रालय, विभाग र बोर्ड आफ्नो वास्तविक काममा केन्द्रित हुन सहयोग पुग्नेछ । मन्त्रालय, विभाग र बोर्डले यसअघि ५० हजार रुपैया“सम्मका कार्यक्रमसमेत आफैँले बनाएर कार्यान्वयन गरिरहेका थिए । अब भने गाउँपालिकाभित्र ५० लाखसम्म, नगरपालिकाभित्र १ करोडसम्म र उपमहानगरपालिका र महानगरपालिकाको हकमा २ करोडसम्मका आयोजना मन्त्रालयले साउन मसान्तभित्र स्थानीय तहमा रकमसहित हस्तान्तरण गर्नुपर्नेछ ।

बजेटमा पर्यटनका कार्यक्रम
– पशुपति क्षेत्र र लुम्बिनी क्षेत्रको गुरुयोजना कार्यान्वयनमा तीव्रता
– पशुपति क्षेत्रको दोस्रो चरणको बृहत् गुरुयोजना र बृहत् लुम्बिनी क्षेत्र विकास गुरुयोजना तयार गरी कार्यान्वयनको विधि तयार गरिने ।
-पर्यटन क्षेत्रका कार्यक्रमलाई थप परिष्कृत बनाई निरन्तरता दिइने
– पर्यटकीय प्रचुरता भएका प्रमुख स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तयार पारिएको गुरुयोजना कार्यान्वयन गरिने
– तयार नभएका स्थानमा गुरुयोजना बनाइने
– पर्यटकीय पदमार्ग निर्माण र विकासका कार्यक्रमलाई निरन्तरता दिइने
– बृहत् जनकपुर क्षेत्र विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने
http://www.enayapatrika.com/2017/05/30/151429/
Comments
Post a Comment