अच्युत पुरी, काठमाडौं | बैशाख २७, २०७४

होटेल तथा ट्राभल कम्पनीका सवारीलाई पर्यटन बोर्डबाट सिफारिसपत्र वितरण
सम्पूर्ण सवारीसाधन बन्द हुने स्थानीय तह निर्वाचनको दिन ३१ वैशाखमा पर्यटकको आवतजावत भने प्रभावित नहुने भएको छ ।नेपाल पर्यटन बोर्डले अहिले विदेशबाट आउने पर्यटक र नेपालबाट स्वदेश उड्नुपर्ने पर्यटकलाई विमानस्थलदेखि होटेल र होटेलदेखि विमानस्थलसम्म पुर्याउने गरी होटेल तथा ट्राभल कम्पनीका सवारीलाई सिफारिसपत्र वितरण गरिरहेको छ । सोही सिफारिसका आधारमा ती कम्पनीले जिल्ला प्रशासन कार्यालयबाट सवारीसाधन सञ्चालन अनुमति पास प्राप्त गर्नेछन् ।
‘उक्त दिन नेपाल आउने र यहाँबाट स्वदेश फिर्ता हुने कुनै पनि पर्यटकले सास्ती भोग्नुनपर्ने गरी व्यवस्था मिलाएका छौँ,’ नेपाल पर्यटन बोर्डका सञ्चार प्रमुख शरद प्रधानले भने, ‘अहिले धमाधम सिफारिस वितरण गरिरहेका छौँ ।’
साइटसिइङ र टिम्स काउन्टर बन्द
३१ वैशाखका लागि जिल्ला प्रशासन कार्यालयबाट पास प्राप्त गर्ने सवारीसाधनले विमानस्थलदेखि होटेल र होटेलदेखि विमानस्थलसम्म मात्र सवारी चलाउन पाउनेछन् । प्रधानका अनुसार ‘त्यस दिन काठमाडौं उपत्यकाभित्र र आसपासका क्षेत्रमा साइटसिइङका प्याकेजहरू भने सञ्चालन हुनेछैनन् ।’

स्थानीय तहको निर्वाचन हुने ३१ वैशाखको दिन नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)बाट ट्रेकर्स इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) कार्डको वितरण पनि बन्द हुने भएको छ । टिम्स काउन्टर सञ्चालन गर्ने या नगर्ने भन्ने सम्बन्धमा नेपाल पर्यटन बोर्डले अहिलेसम्म औपचारिक निर्णय नगरे पनि निर्वाचनको दिन टिम्स वितरण हुने सम्भावना नरहेको बताइएको छ ।
टानले उक्त दिन काठमाडौंको मालीगाउँ, ठमेल तथा पोखराका टिम्स काउन्टर बन्द रहने जानकारी दिएको छ । पदयात्रा र पर्वतारोहणको मौसम चलिरहेका कारण अहिले नेपालमा पर्यटक आगमन उच्च छ । सोही कारण उक्त दिन अगाडि नै आवश्यक टिम्स कार्डको जोहो गरिसक्न टानले आग्रह गरेको छ ।
पोखरामा पर्यटक बसको सुविधा
पर्यटन बोर्डको पोखरास्थित कार्यालयले पोखराका होटेल तथा ट्राभल व्यवसायीलाई ३१ वैशाखलाई लक्षित गरी पासका लागि सिफारिसपत्र वितरण गरिरहेको छ । पोखरामा पनि विमानस्थलदेखि होटेल र होटेलदेखि विमानस्थलसम्म मात्र सवारीसाधन चलाउन पाउने गरी पासको व्यवस्था हुने पर्यटन बोर्डले जानकारी दिएको छ ।

नेपाल पर्यटन बोर्डले सवारीसाधन नचल्ने गरी हुने बन्द, हडताल तथा अन्य अवरोधका वेला पनि पर्यटक सवारीका लागि विशेष व्यवस्था गर्दै आएको छ । यसबाट अन्तर्राष्ट्रिय पर्यटन बजारमा सकारात्मक सन्देश प्रभावमा सहयोग पुग्ने बोर्डका अधिकारीहरू बताउँछन् ।
http://www.enayapatrika.com/2017/05/10/145048/
Comments
Post a Comment