अच्युत पुरी, काठमाडौं | बैशाख १८, २०७४
एकै सिजनमा नुप्त्से, ल्होत्से र सगरमाथा गरी तीन चुचुरा चुम्ने अनुमति लिएका स्टेक नुप्त्से हिमाल जाँदा लडेका थिए

सगरमाथाको क्याम्प टु हुँदै ७,८६१ मिटरको नुप्त्से हिमाल आरोहण गर्ने क्रममा चर्चित स्विस आरोही युली स्टेकको निधन भएको छ । एकै सिजनमा नुप्त्से, लोत्से र सगरमाथा गरी तीन चुचुरा चुम्ने गरी अनुमति लिएका स्टेक सगरमाथाको पहिलो आरोहण क्याम्प टुमा पुगेपछि नुप्त्से हिमालतर्फ जाने क्रममा आइतबार बिहान लडेका थिए ।
पर्यटन विभागले स्विस आरोही स्टेकको निधन भएको पुष्टि गरेको छ । विभागका अनुसार स्टेक १५ सदस्यीय समूहको एक सदस्यका रूपमा नुप्त्से हिमाल आरोहण गर्न उक्लिरहेका थिए । त्यसक्रममा उनले बाटो बिराएपछि दुर्घटनाको सिकार हुनुपरेको रिपोर्ट प्राप्त भएको विभागको पर्वतारोहण शाखाका कर्मचारी खेमराज अर्यालले जानकारी दिए ।
सगरमाथा र नुप्त्से जाने बाटो एउटै
सगरमाथा आधार शिविर तीनवटा हिमाल सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहीले प्रयोग गर्ने आधार शिविर हो । आधार शिविर हुँदै माथि लागेपछि क्याम्प टुबाट सगरमाथा र नुप्त्से हिमाल जाने रुट परिवर्तन हुन्छ । पर्यटन विभागका अनुसार स्विस आरोही स्टेक निर्धारित रुटभन्दा फरक रुटबाट नुप्त्से आरोहणको प्रयासमा थिए । टोली आरोहणका क्रममा उपयुक्त वातावरण नबनेकाले तलमाथि गरिरहेको थियो । सोहीक्रममा बिहान करिब ६ बजे लडेर करिब १ सय मिटर तल खसेका स्टेकको घटनास्थलमै ज्यान गएको हो । उनको शव हेलिकोप्टरमार्फत लुक्ला हुँदै आइतबार नै काठमाडौं ल्याइएको विभागले जानकारी दिएको छ ।
सगरमाथा चढ्ने टोलीका नेता
स्विस आरोही स्टेक नुप्त्से आरोहणका क्रममा नेपाली आरोही छाङ्दावा शेर्पाको नेतृत्वमा गएका थिए । टोलीमा नेपाली, स्विट्जरल्यान्ड, चीन, भारत, बेलायतलगायत मुलुकका आरोही सदस्य थिए ।
यसबाहेक स्टेकले अर्को एक टोलीलाई नेतृत्व गरी सगरमाथा आरोहणमा जाने योजनामा थिए । उनको आरोहणको चाँजोपाँजो सेभेन समिट नामक कम्पनीले मिलाएको हो ।
यसबाहेक स्टेकले अर्को एक टोलीलाई नेतृत्व गरी सगरमाथा आरोहणमा जाने योजनामा थिए । उनको आरोहणको चाँजोपाँजो सेभेन समिट नामक कम्पनीले मिलाएको हो ।
९८ टोलीका ७ सय ९६ आरोही हिमालमा
जारी सिजन (वसन्त ऋतु)मा सगरमाथासहित नेपालका हिमाल आरोहण गर्न अनुमति लिने टोली संख्या आइतबारसम्म ९८ पुगेको छ । अनुमति लिने टोली संख्या गत वर्ष पनि ९८ नै थियो ।
यो वर्ष ९८ टोलीका ७ सय ९६ जना आरोहीले नेपाल सरकारबाट आधिकारिक रूपमा हिमाल चढ्ने परमिट प्राप्त गरेका छन् । गत वर्ष ९८ टोलीका ७ सय ४५ जना आरोहीले यो सिजनमा आरोहण गर्ने गरी पर्यटन विभागबाट परमिट लिएका थिए ।
यो वर्ष ९८ टोलीका ७ सय ९६ जना आरोहीले नेपाल सरकारबाट आधिकारिक रूपमा हिमाल चढ्ने परमिट प्राप्त गरेका छन् । गत वर्ष ९८ टोलीका ७ सय ४५ जना आरोहीले यो सिजनमा आरोहण गर्ने गरी पर्यटन विभागबाट परमिट लिएका थिए ।
सगरमाथामा मात्र ३९ टोली
पर्यटन विभागका अनुसार संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आइतबारसम्म कुल ३९ टोलीले परमिट लिइसकेका छन् । ३९ टोलीका ३ सय ६५ जना आरोहीका लागि परमिट जारी भएको हो ।
अहिलेसम्म आरोहण अनुमति पाएका सबै टोली विभिन्न हिमालको आधार शिविरतर्फ प्रस्थान गरिसकेका छन् भने मौसम उपयुक्त भएका हिमालमा आरोहणसमेत प्रारम्भ भएको छ । यस वर्ष करिब ७५ जना सरकारी कर्मचारी सम्पर्क अधिकृतका रूपमा हिमालमा खटिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभागबाट ६५ जना कर्मचारी खटिएका छन् ।
को हुन् स्टेक ?
४० वर्षीय पर्वतारोही स्टेक १७ वर्षको उमेरबाटै हिमाल आरोहणतर्फ आकर्षित भएका थिए । विश्वभरका पर्वतारोही उनलाई स्विस मेसिनका रूपमा चिन्छन् । दर्जनौँ हिमाल आरोहणमा थुप्रै कीर्तिमान राखेका उनले यसअघि अतिरिक्त अक्सिजनविना नै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
http://www.enayapatrika.com/2017/05/01/143001/
Comments
Post a Comment