अच्युत पुरी, काठमाडौं | २१ चैत 

बिबिसी, ट्रिप एड्भाइजर र रोयटर्समा नेपाल प्रवद्र्धनसम्बन्धी सामग्री
नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका सिलसिलामा पहिलोपटक एकसाथ तीन ठूला अन्तर्राष्ट्रिय आमसञ्चारमाध्यमस“ग सहकार्य थालेको छ । नेपाली पर्यटकीय प्रडक्ट र गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने उद्देश्यले बिबिसी, ट्रिप एड्भाइजर र रोयटर्ससँग सहकार्य थालेको हो । बोर्ड र यी तीन संस्थाबीच अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रवद्र्धन गर्ने उद्देश्यसहित सोमबार छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतासँगै संसारको सबैभन्दा ठूलो ट्राभल साइट टिप एड्भाइजरबाट मंगलबारदेखि नै नेपाल प्रवद्र्धनसम्बन्धी सामग्री प्रकाशित हुन थाल्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले जानकारी दिए । सम्झौतामा बोर्डका तर्फबाट जोशी तथा बिबिसी, ट्रिप एड्भाइजर र रोयटर्सका तर्फबाट क्रमशः दक्षिण एसिया निर्देशक विशाल भट्नाकर, भरतनाथ पाल र एसएम भादुरीले हस्ताक्षर गरे ।
बिबिसीमा दैनिक १२ पटकसम्म नेपालको विज्ञापन
संसारको सबैभन्दा ठूलो सञ्चारमाध्यममध्ये एक बिबिसीको टेलिभिजन माध्यमबाट दैनिक ६ देखि १२ पटकसम्म विज्ञापन बजाउने गरी बोर्ड र बिबिसीसँग सम्झौता भएको छ । उक्त विज्ञापन ३० सेकेन्ड समयावधिको हुने र संसारभर बिबिसी वल्र्डबाट प्रसारण हुनेछ । ‘जसले बिबिसी हेर्छन्, उनीहरूमध्ये नेपालबारे नसुनेका मानिसले पनि पहिलोपटक नेपालबारे जान्नेछन्,’ सिइओ जोशीले भने, यसबाहेक बिबिसीकै अनलाइन पोर्टल र अन्य माध्यममा पनि नेपालको ब्यानर विज्ञापन र सामग्री प्रकाशित हुनेछन् ।’ बोर्ड र बिबिसीबीच दोस्रोपटक सहकार्य हुन लागेको हो । नेपाल भ्रमण वर्षको अवसर पारी सन् २०११ मा बोर्डले बिबिसीबाट नेपाल प्रवद्र्धनसम्बन्धी विज्ञापन बजाएको थियो । बिबिसीमा दुई सातापछि नेपाल प्रवद्र्धनबारे विज्ञापन बज्न थाल्नेछ ।

रोयटर्समा स्टोरी र सरोकारवालालाई तालिम
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र बोर्डबीचको सम्झौताअनुसार १ मे बाट नेपाल प्रवद्र्धन तथा नेपाली पर्यटनका सकारात्मक समाचार सामग्रीलाई विश्वभरका सञ्चारमाध्यमसम्म पुर्याउन थालिनेछ । ती समाचारहरू नेपाल पर्यटन बोर्डले रोयटर्सलाई उपलब्ध गराउनेछ । रोयटर्सले विभिन्न अन्तर्राष्ट्रिय भाषामा समेत अनुवाद गरी ती सामग्री प्रकाशन–प्रसारणमा सहयोग गर्ने रोयटर्सका प्रतिनिधि एसएम भादुरीले जानकारी दिए । यसबाहेक रोयटर्सले कस्ता सामग्री उत्पादन गरे त्यसलाई अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा उपयोग गर्न सकिन्छ भन्नेबारे काठमाडौं, पोखरा र चितवनमा सरोकारवालाबीच तालिम कार्यक्रम सञ्चालनका लागि समेत सहयोग गर्ने सम्झौता भएको छ ।

दुई-दुई महिनामा प्रभाव मूल्यांकन
बोर्डले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट विज्ञापनजन्य सामग्री बजाएपछि त्यसले पर्यटक आगमन तथा समग्र पर्यटनमा पारेको प्रभाव मूल्यांकन गरी थप सम्झौता गर्ने या सम्झौता टुंग्याउने भन्ने निधो गर्नेछ । हरेक दुई-दुई महिनामा प्रभाव मूल्यांकन गरी सार्वजनिक गर्ने योजना रहेको सिइओ जोशीले जानकारी दिए । बोर्डले आफ्नो वार्षिक बजेटमै यो कार्यक्रम समावेश गरेको थियो । आर्थिक वर्ष सकिन साढे ३ महिना बाँकी रहेको अवस्थामा मात्र बोर्डले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग सम्झौता गर्न सकेको छ ।

सम्झौतापछि कसले के भने ?
पर्यटन आगमनमा सुधारको अपेक्षा
शंकरप्रसाद अधिकारी, सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
विदेशी सञ्चारमाध्यमहरूसँगको सम्झौताले नेपाली पर्यटनमा आमूल प्रभाव पार्ने विश्वास गरिएको छ । पर्यटन विकासका लागि महत्वपूर्ण मानिएको यो सम्झौताले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा रहेको एउटा कमी परिपूर्ति गर्नेछ । पर्यटन विकासमा प्रवद्र्धनसँगै पूर्वाधार विकास अर्को पाटो रहेका कारण हामी त्यसतर्फ पनि केन्द्रित हुनुपर्ने आवश्यकता छ ।

नेपालको सकारात्मक छवि बढाउनेछ
दीपकराज जोशी, सिइओ, नेपाल पर्यटन बोर्ड
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहकार्यले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको सकारात्मक छवि स्थापित गराउन सहयोग गर्नेछ । गन्तव्य विकासको आवश्यकता र विश्वप्रतिस्पर्धालाई ध्यानमा राख्दै हामीले यो सम्झौताको आधार तयार पारेका हौँ । हामीले छनोट गरेका सञ्चारमाध्यम संसारमा सबैभन्दा विश्वास गरिएका र एकसाथ धेरै मानिससँग पुग्ने क्षमता राख्ने संस्था हुन् ।

http://www.enayapatrika.com/2017/04/04/137042/
Comments
Post a Comment