अच्युत पुरी, काठमाडौं | ३० चैत 

कर्णालीका गन्तव्यमा हवाई सेवा प्रभावित
पछिल्लो समय नेपालगन्ज विमानस्थललाई आधार मानेर कर्णाली अञ्चलका विमानस्थलमा उडान गरिरहेका कम्पनीले उडान कटौती गर्दा यात्रु मारमा परेका छन् । पर्वतारोहणको मौसममा यस भेगमा नियमित उडान गर्ने मल्टिइन्जिन जहाज भएका कम्पनीले उडान काठमाडौं–लुक्ला तथा अन्य पर्यटकीय क्षेत्रमा डाइभर्ट गर्छन् । त्यसको साटो सिंगल इन्जिन जहाज उडाएर कर्णालीका जनतालाई सेवा दिँदै आएका कम्पनीलाई पछिल्लो समय भने पाइलट अभावले समस्या थपेको छ ।
गोमा एयरका दुईवटा सिंगल इन्जिन जहाज अहिले पाइलट अभावले थन्किएका छन् । ‘जहाज निकै राम्रो कन्सिडनमा छन्, उडाउने पाइलट नै नभएपछि थन्क्याउनुपरेको छ,’ गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले भने, ‘यो वर्तमान नेपाली नागरिक उड्डयनको साझा समस्या बनिसकेको छ ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा तीनवटा कम्पनी गोमा, काष्ठमण्डप र मकालु एयरसँग गरी कुल चारवटा सिंगल इन्जिन जहाज छन् । त्यसमध्ये गोमास“ग दुई तथा काष्ठमण्डप र मकालु एयरस“ग एक–एक जहाज छन् । यी कम्पनीले नेपालगन्ज र सुर्खेतलाई आधार मानेर कर्णाली अञ्चलका विमानस्थलमा उडान गर्दै आएका छन् । पाइलट अभावले अहिले गोमाका जहाज ग्राउन्डेड छन् भने काष्ठमण्डपको एओसी नवीकरण भएको छैन ।
किन अभाव जहाज उडाउने पाइलट ?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले सिंगल इन्जिन जहाज उडाउने कम्पनीमाथि गरेको व्यवहारले व्यवसाय नै टाट पल्टने अवस्थामा पुगेको कम्पनी गुनासो गर्छन् । खासगरी सिंगल इन्जिन जहाजलाई ‘ज्यानमारा एयरक्राफ्ट’का रूपमा स्थापित हुने गरी मन्त्रालय र प्राधिकरणको निर्णय आएपछि यी जहाज चलाउने पाइलट हतोत्साही भएको कम्पनीको भनाइ छ ।

एक वर्षअगाडि लगातार दुईवटा सिंगल इन्जिन जहाज दुर्घटनामा परेपछि मन्त्रालयले सिंगल इन्जिन जहाजमा यात्रु बोक्न रोक लगाएको थियो । त्यसपछि अदालतले कम्पनीको पक्षमा फैसला गरेपछि अहिले भने कम्पनीहरूले यात्रुसमेत बोक्न पाउँछन् । तर, चलाउने पाइलट नै नभएपछि राम्रो कन्डिसनमा रहेका जहाज पनि ग्राउन्डेड गर्नुको विकल्प नरहेको गोमा एयरका प्रबन्ध निर्देशक कार्की बताउँछन् । सिंगल इन्जिन जहाजले नियमित उडानको साटो चार्टर्ड उडान र कार्गो उडान मात्र गर्न पाउने गरी प्राधिकरणले अनुमति दिएको छ ।
सेवा प्रदायकमा गुनासोको चाङ
नेपालगन्जबाट कर्णाली अञ्चलका जिल्लामा हवाई सेवा नियमित हुन नसकेपछि सेवाग्राहीबाट निरन्तर गुनासो आइरहेको यती एयरलाइन्सका प्रवक्ता भीमराज राईले जानकारी दिए । यति एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले नेपालगन्जबाट कर्णालीका विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ । ‘दुर्गम क्षेत्रमा नाफा मात्र नहेरी सेवाका लागि मात्र भए पनि जहाज उडाउनुपर्छ भन्ने मान्यतामा हामी अडिग छौँ,’ यती एयरलाइन्सका बजार प्रबन्धकसमेत रहेका प्रवक्ता राईले भने, ‘तर, हाम्रो मात्र उडानले धान्ने अवस्था यहाँ छैन ।’ कर्णालीमा नियमित उडान गर्ने गरी अनुमति पाएका सबै कम्पनीले आफ्नो दायित्व पूरा गर्ने हो भने समस्या धेरै हदसम्म समाधान हुने उनले बताए ।

कर्णालीका गन्तव्यमा हजाई सेवा प्रभावकारी हुन नसकेको सम्बन्धमा गोमा एयरले पनि पर्याप्त गुनासो प्राप्त गरेको प्रबन्ध निर्देशक कार्कीले बताए । उनका अनुसार गोमाको एक मल्टिइन्जिन जहाज यसै साताबाट कर्णालीमा नियमित उडानका लागि फर्काउने तयारी छ ।
डलरमा मात्र जहाज उडाउने गरेको गुनासो
यस भेगमा उडान गर्ने अधिकांश वायुसेवा कम्पनीमाथि नेपाली यात्रुको साटो डलरका लागि मात्र जहाज उडाउने गरेको आरोप लाग्दै आएको छ । विदेशी पर्वतारोही तथा पदयात्री बोक्दा डलरमा कमाइ हुने समयमा लुक्ला, जोमसोम र पोखरातर्फ उडान डाइभर्ट गर्ने र मानसरोवर जाने सिजनमा भारतीय पर्यटक बोक्न केन्द्रित हुने, तर नेपाली यात्रुलाई आवश्यक पर्दा जहाज नउडाउने प्रवृत्ति रहेको आरोप कम्पनीहरूमाथि लाग्दै आएको छ । खासगरी नेपाल एयरलाइन्सले पनि सातामा एक–दुईवटा मात्र उडान गर्ने र त्यसको पनि टुंगो नलाग्दा कर्णाली भेगका जनता अत्यावश्यक पर्दा पनि हवाई सेवाबाट वञ्चित हुनुपरेको हो ।

नेपालगन्जलाई आधार मानेर उडान हुने गन्तव्य
-बाजुरा, डोल्पा, जुम्ला, सिमिकोट, ताल्चा, बझाङ (चार्टर्ड) नेपालगन्ज आधार मानेर कर्णालीमा जहाज उडाउने कम्पनी
-तारा एयर, गोमा एयर, सीता एयर, मकालु एयर, नेपाल एयरलाइन्स
विराटनगर विमानस्थलमा उडान प्रभावित हुने
धावनमार्ग सुधार तथा मर्मतका कारण विराटनगर विमानस्थलबाट हुने उडान–अवतरण प्रभावित हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ वैशाख ०७४ देखि ३१ वैशाखसम्म यो विमानस्थलको धावनमार्ग मर्मत गर्दै छ । त्यस अवधिमा हरेक दिन दिउँसो ३ बजेपछि उडान–अवतरण बन्द हुनेछ । यो विमानस्थल नेपालका व्यस्त विमानस्थलमध्ये एक हो । विराटनगरमा काठमाडौंबाट नियमित उडानसहित यसलाई आधार मानेर पूर्वी पहाडी जिल्लाका विभिन्न विमानस्थलमा उडान हुँदै आएको छ ।

कर्णालीमा मागअनुसार छैन उडान
नेपालगन्जबाट हिमाली र पहाडी जिल्लामा उडान गर्ने वायुसेवा कम्पनीले साविकको तुलनामा उडान घटाएका छन् । जहाज नियमित मर्मतका लागि काठमाडौं पठाउँदा तालिकाअनुसार उडान गर्न नसकिएको कम्पनीहरूको प्रतिक्रिया छ । अहिले तारा एयर, नेपाल एयरलाइन्स र सीता एयरले यस नेपालगन्जबाट हिमाली र पहाडी भेगमा उडान गर्दै आएका छन् । गोमा एयरले भने डेढ हप्तादेखि उडान गर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका एयर ट्राफिक कन्ट्रोलर किशोर आचार्यले जानकारी दिए । उनका अनुसार नेपाल एयरलाइन्सको पनि सातामा २ दिन मात्र उडान छ ।

http://www.enayapatrika.com/2017/04/12/138861/
Comments
Post a Comment