अच्युत पुरी, काठमाडौं | चैत १७, २०७३

पर्यटन मन्त्रालयद्वारा आगामी ३ वर्षको बजेट सीमा सार्वजनिक
सरकारले आगामी तीन आर्थिक वर्षभित्र निर्माणाधीन तथा क्षमता अभिवृद्धिको चरणमा रहेका चारवटा अन्तर्राष्ट्रिय विमानस्थलका लागि करिब ६० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७४–७५ देखि आव २०७६–७७ सम्मको बजेट सीमा सार्वजनिक गरेको छ । जसअन्तर्गत चारवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ६३ अर्ब ८१ करोड ३० लाख रुपैयाँ खर्च गर्ने योजना छ ।
मन्त्रालयको बजेट सीमाअनुसार आगामी तीन आवमा हवाई यातायात क्षमता अभिवृद्धि (त्रिभुवन अन्तर्राष्ट्रिय विस्तार आयोजना), दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना (गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल) र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्राथमिकतामा छन् ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्राथमिकतामा छैन
सरकारले आगामी तीन आवका लागि तोकेको बजेट सीमाअनुसार दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्राथमिकतामा छैन । चालू आर्थिक वर्ष २०७३–७४ मा १ अर्ब ५० करोड बजेट छुट्याइएको यो विमानस्थलका लागि आगामी तीन आवमा करिब ५ अर्ब रुपैयाँ मात्र बजेट सीमा तोकिएको छ । यो विमानस्थल निर्माणको मोडालिटी नबनिसकेको र स्रोतको समेत जोहो हुन बाँकी रहेका कारण व्यवस्थापकीय कार्यका लागि मात्र बजेट छुट्याइने मन्त्रालय स्रोतको भनाइ छ । तीन आवमा अन्य निर्माणाधीन तीन अन्तर्राष्ट्रिय विमानस्थलले भने पर्याप्त बजेट पाउनेछन् । यसमध्ये सबैभन्दा बढी भैरहवा र पोखरा विमानस्थलमा खर्च हुनेछ । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारमा ठूलो रकम खर्च गर्ने योजना सरकारको छ ।

http://www.enayapatrika.com/2017/03/30/135746/
Comments
Post a Comment