अच्युत पुरी | फागुन २४, २०७३

शेरचनको कीर्तिमान मे २०१३ मा जापानी आरोही युचिरो मिउराले खोसेका थिए
काठमाडौं/सबैभन्दा पाको उमेरमा सगरमाथा आरोहणको कीर्तिमान आफ्नो नाममा लेखाउने अठोट लिएका मीनबहादुर शेरचन यस वर्ष पुनः आरोहणको तयारीमा जुटेका छन् । ७६ वर्षको उमेरमा २५ मे २००८ मा सगरमाथा चढेर विश्व कीर्तिमान बनाएका शेरचनको कीर्तिमान मे २०१३ मा जापानी आरोही युचिरो मिउराले खोसेका थिए । युचिरो त्यतिखेर ८० वर्षका थिए । उक्त कीर्तिमान आफ्नो नाममा लेखाउने अठोट लिएका शेचरन ८६ वर्षको उमेरमा पुनः सगरमाथा आरोहण गर्न लागेका हुन् ।
यसअघि सन् २०१३ र सन् २०१५ मा उनले आरोहणको प्रयास गरे पनि सफल हुन सकेका थिएनन् । पछिल्लोपटक सन् २०१५ मा आरोहण परमिट लिएका शेचरन सो वर्ष भूकम्पले आरोहण प्रभावित भएपछि आधारशिविरबाटै फर्किएका थिए । ‘यस वर्ष म चढ्ने मात्र होइन, सकुशल फिर्ता भएर मानव कल्याण र विश्वशान्तिका लागि अझ बढी योगदान गर्ने अठोट लिएको छु,’ सोमबार आफ्नो आरोहण तयारीबारे जानकारी गराउँदै शेरचनले भने, ‘म मेरो व्यक्तिगत स्वार्थभन्दा पनि राष्ट्रका लागि आरोहणमा जाँदै छु ।’
१९६० देखिको आरोहण यात्रा
म्याग्दी जिल्लामा जन्मिएका शेरचनले सन् १९६० (वि.सं. २०१६) देखि हिमाल आरोहणको यात्रा प्रारम्भ गरेका हुन् । उक्त वर्ष शेरचनले धौलागिरि हिमालमा ५ हजार ७ सय मिटरसम्म आरोहण गरी फर्किएका थिए । त्यसयता उनले थुप्रैपटक नेपालको पूर्व–पश्चिम तथा उत्तर–दक्षिण पैदल यात्रा गरी विविध अभियानहरूमा सहभागी हुँदै आएका छन् । पेसाले उनी पूर्वगौर्खा सैनिक हुन् ।

करिब १ करोड खर्चको अनुमान
सन् २०१७ को आरोहण अभियानलाई म्याग्दी प्रवासी नेपाली संघ बेलायत, गैरआवासीय नेपाली संघ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायतलगायत संघ–संस्थाले सहयोग गर्दै छन् । सामान्यतया एउटा आरोहणका लागि ४० देखि ५० लाख रुपैयाँसम्मले पुग्ने गर्छ ।

शेरचनको आरोहण अभियानका लागि भने करिब १ करोड रुपैयाँ लाग्ने अनुमान आयोजकको छ । आकस्मिक उपचार, सुरक्षा तथा सबै बन्दोबस्तीका लागि थप रकम खर्च हुने बताइएको छ । परिवारको सहमतिमा सगरमाथा आरोहणमा जान लागेका शेरचनको आरोहणका लागि सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिएको शेरचनको आरोहणलाई संयोजन गरिरहेका भूतपूर्व क्याप्टेन जितबहादुर घर्तीमगरले जानकारी दिए । यस आरोहण अभियानको व्यवस्थापन समिट नेपाल ट्रेकिङले गर्नेछ । शेरचन चैत अन्तिम साता आधारशिविरतर्फ लाग्ने तयारीमा छन् ।
परमिट वितरण सुरु
वसन्त ऋतु (चैत–वैशाख) नेपालमा हिमाल आरोहणका लागि सबैभन्दा व्यस्त सिजन मानिन्छ । यस सिजनका लागि आरोहण अनुमति (परमिट) वितरण प्रारम्भ भइसकेको पर्यटन विभागले जानकारी दिएको छ । यस सिजनमा जेठ मध्यसम्म आरोहीहरू सगरमाथा चुचुरोमा पुगिसकेका हुन्छन् । सन् २०१४ को एभरेस्ट हिमपहिरो र सन् २०१५ को भूकम्पका कारण परमिट लिएर पनि आरोहणमा जान नपाएका आरोही पनि यस वर्ष सहभागी हुन पाउनेछन् ।

http://www.enayapatrika.com/2017/03/07/130193/
Comments
Post a Comment