अच्युत पुरी | फागुन २०, २०७३

सरकारी ग्यारेन्टीको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी
काठमाडौं/नेपाल वायुसेवा निगमलाई दुईवटा ठूला (वाइडबडी) जहाज खरिद गर्न आवश्यक रकमको जोहो गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । निगमका लागि जहाज खरिद गर्न सरकार ग्यारेन्टी बस्ने अर्थमन्त्रीस्तरीय निर्णय मन्त्रिपरिषद्मा लैजाने तयारी मन्त्रालयले गरेको छ । जहाज खरिद गर्न निगमलाई ऋण उपलब्ध गराउने प्रस्ताव कर्मचारी सञ्चय कोषले गरिसकेको छ । सोही क्रममा सरकारी ग्यारेन्टीको प्रस्ताव मन्त्रिपरिष्द लैजाने फाइल अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेको हो । निगमले न्यारोबडी जहाज किन्न सञ्चय कोषबाट ऋण लिँदा मन्त्रिपरिषद्बाट सरकार ग्यारेन्टी बस्ने निर्णय भएको नजिरका आधारमा यसपटक पनि सञ्चय कोषले मन्त्रिपरिषद्कै निर्णय खोजेको पर्यटन मन्त्रालय स्रोतको भनाइ छ ।
९ प्रतिशत ब्याजदरमा सहमतिको सम्भावना
पर्यटन मन्त्रालय स्रोतका अनुसार निगम र सञ्चयकोषबीच ९ प्रतिशत ब्याजदरमा सहमति हुने सम्भावना छ । निगमले त्योभन्दा कम ब्याजदर माग गरे पनि सञ्चयकोषले यसअघि न्यारोबडी जहाज किन्न दिएको ऋणको ब्याजदरकै समान हुने गरी ऋण दिन सकिने प्रस्ताव गरेको छ । ‘९ प्रतिशतभन्दा माथिको ब्याजदरमा निगमले ऋण लिन सक्दैन,’ पर्यटन मन्त्रालयका सहसचिव तथा निगम सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछाने भन्छन्, ‘त्योभन्दा जति कममा भयो, त्यति राम्रो ।’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार निगमले साढे सातदेखि आठ प्रतिशतसम्म ब्याजदरमा ऋण उपलब्ध गराउन प्रस्ताव गरेको छ । सञ्चय कोष भने नौ प्रतिशतभन्दा कममा दिन नसकिने अडानमा छ । सञ्चय कोषले निगमलाई दुई वटा न्यारोबडी जहाज किन्न १० अर्ब रुपैयाँ ऋण दिइसकेको छ । खरिद गरिएका ती जहाज अहिले सेवामा छन् ।

२५ अर्ब ऋणको प्रस्ताव
निगम र कोषबीच अहिले २५ अर्ब ऋण लिने सम्बन्धमा छलफल चलिरहेको छ । रकमको अन्तिम टुंगो भने निगम र जहाज उपलब्ध गराउने अमेरिकी कम्पनी एएआरबीचको खरिद सम्झौतापछि मात्र लाग्नेछ । ‘हाम्रो अनुमान २५ अर्ब रुपैयाँ हो,’ कंसाकारले भने, ‘जहाज खरिद सम्झौतापछि यसको टुंगो लाग्छ, मेरो विचारमा योभन्दा बढी हुन्न, अझ घट्छ ।’ एएआरले १० अर्ब ४० करोड रुपैया“ हाराहारीमा एउटा जहाज उपलब्ध गराउने प्रस्ताव गरेकाले अनुमान गरेभन्दा कम ऋण लिँदा पनि पुग्ने अवस्था छ । निगम सञ्चालक समितिले भने कुन निकायबाट ऋण लिने भन्ने विषयमा अझै निर्णय गरेको छैन । सञ्चय कोषसहित नेपालभित्र र बाहिरका अन्य निकायबाट पनि ऋण दिने प्रस्ताव आइरहेको र सबैको प्रस्ताव अध्ययन भइरहेको महाप्रबन्धक कंसाकारले जानकारी दिए ।

खरिद सम्झौताको तयारीमा निगम
यसैबीच निगमले वाइडबडी एयरबस ३२०–२०० जहाज खरिदसम्बन्धी सम्झौताको तयारी थालेको छ । त्यसका लागि निगमले एक समिति गठन गरी काम सुरु गरिसकेको महाप्रबन्धक कंसाकारको भनाइ छ । ‘आगामी साता एएआर कम्पनीको टोली नेपाल आउने सम्भावना छ,’ उनले भने, ‘त्यसअघि निगमले गर्नुपर्ने आन्तरिक तयारीका लागि एक समिति बनाएर काम सुरु भइसकेको छ ।’ दुई पक्षबीच वार्ता गरी खरिद सम्झौता टुंग्याउने तयारी छ । निगमले अमेरिकी कम्पनी एएआर कम्पनीस“ग दुईवटा वाइडबडी जहाज किन्दै छ । कम्पनीसँग जहाज खरिद सम्झौता गरेपछि खरिद प्रक्रिया पूरा भई जहाज आपूर्तिको मिति तय हुनेछ ।

वाइडबडी जहाज खरिदसम्बन्धी टाइमलाइन
– माघ २०७२ : निगमको माघ २०७२ मा अन्तर्राष्ट्रियतर्फ ४ र राष्ट्रियतर्फ ४ गरी थप ८ जहाज खरिद गर्न प्रक्रिया थाल्ने निर्णय
– २९ भदौ २०७३ : निगमका लागि जहाज खरिद गर्न सरकार ग्यारेन्टी बस्ने निर्णय
– ११ मंसिर २०७३ : ४५ दिने म्याद राखेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
– १ माघ २०७३ : अमेरिकाको एएआर कम्पनीसँग साझेदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय
– २ माघ २०७३ : एएआर कम्पनीलाई पत्र पठाइएको
– १४ माघ २०७३ : एएआर कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर
– मार्च महिनाभित्रै खरिद सम्झौता सक्ने तयारी
-सन् २०१७ भित्र दुईवटै जहाज नेपाल आइसक्ने

http://www.enayapatrika.com/2017/03/03/129333/
Comments
Post a Comment