अच्युत पुरी/नयाँ पत्रिका , काठमाडौं, १४ फागुन

नेपालमा लगानी गर्न सतलज र बैंक तथा वित्तीय संस्थालाई बाटो खुला, निर्धारित समयमै वित्तीय व्यवस्थापन हुने
आन्तरिक उडानतर्फ ६ वटा जहाज पुगेपछि नेपाल वायुसेवा निगमले देशभर २१ विमानस्थलमा उडान गर्ने गरी तालिका बनाएको छ । नेवानिले काठमाडौं, नेपालगन्ज र विराटनगर गरी तीनवटा विमानस्थललाई आधार मानेर देशभरका २१ विमानस्थलमा उडान गर्नेछ । आन्तरिक उडानमा निगमसँग दुईवटा ट्विनअटर, दुईवटा ५६ सिट क्षमताको एम ६० र दुईवटा वाई १२ जहाज पुगेका छन् ।
निगमले यसै महिना दुई जहाज थप गरेपछि निगमका उडान संख्या बढ्न लागेको हो । निगमले नेपाल नागरिक उड्डन प्राधिकरणबाट विन्टर सिजनका लागि प्राप्त गरेको उडान तालिकाअनुसार सातामा कुल १ सय ६८ उडान हुनेछन् । त्यसमध्ये अधिकतम २६ (आइतबार-सोमबार) उडान हुनेछन् भने मंगलबार र शनिबार २२-२२ उडान हुनेछन् । निगमले प्राधिकरणबाट यो उडान तालिका प्राप्त गरे पनि तत्काल भने यो संख्यामा उडान नहुने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।
तत्काल सातामा ९० उडान
निगमले तत्काल आफ्ना सबै विमानबाट सातामा ९० उडान गर्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको भनाइ छ । ‘४ वटा जहाज हुँदा निगमले सातामा ७० उडान गर्ने गरी तालिका बनाएको छ,’ यसैसाता अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई नेवानिको उडान तालिकाबारे जानकारी गराउँदै उनले भने, ‘अब दुई जहाज थपिएपछि सातामा ९० उडान हुनेछन् । चिनियाँ जहाजका पार्टपुर्जा र पाइलट सहज रूपमा प्राप्त हुन थालेपछि भने उडान क्रमशः विस्तार गर्दै जाने योजना निगमको छ ।’

पाइलट अभावको मारमा निगम
निगमले अहिले नयाँ चिनियाँ जहाज पूर्ण क्षमतामा उडाउन पाइलटको अभाव रहेको भन्दै त्यसपछि मात्र प्राधिकरणबाट लिइएको उडान तालिकाअनुसार जहाज उडाउन सकिने महाप्रबन्धक कंसाकारले जानकारी दिए । ‘नेपाल एयरलाइन्सले पाइलट मागेर विज्ञापन गर्यो भने निजी क्षेत्रका कम्पनीले पाइलटको तलबभत्ता बढाइदिन्छन्,’ उनले भने, ‘त्यसकारण हामीले पाइलट अभाव बेहार्नुपरिरहेको छ ।’ निगमले पछिल्लो समय पाइलटको भत्ता वृद्धि गर्ने निर्णय गरी पर्यटन मन्त्रालय पठाएको थियो । सो प्रस्ताव अहिले सहमतिका लागि अर्थ मन्त्रालय पुगेको छ ।

काठमाडौं आधार मानेर उडान हुने विमानस्थल
-पोखरा, भैरहवा, सिमरा, नेपालगन्ज, विराटनगर, भद्रपुर, धनगढी, ताप्लेजुङ, फाप्लु, लामीडाँडा, खानीडाँडा, रुकुम, चौरजहारी, रुम्झाटार, थामखर्क, लुक्ला

नेपालगन्ज आधार मानेर उडान हुने विमानस्थल
-सिमिकोट, डोल्पा, ताल्चा, जुम्ला, चौरजहारी, रुकुम, बाजुरा

विराटनगर आधार बनाएर उडान हुने विमानस्थल
-थामखर्क, लामीडाँडा, खानीडाँडा
-थामखर्क, लामीडाँडा, खानीडाँडा

http://www.enayapatrika.com/2017/02/25/128075/
Comments
Post a Comment