अच्युत पुरी/नयाँ पत्रिका , काठमाडौं, ७ फागुन |

नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल (टिआइए)बाट एक वर्षको अवधिमा १ सय २२ उडान ट्रान्जिट परेका छन् । त्रिभुवन विमानस्थलको तथ्यांकअनुसार सन् २०१६ मा यो संख्यामा जहाज ट्रान्जिट भएका हुन् । सन् २०१५ मा टिआइएबाट ३ सय २९ वटा ट्रान्जिट उडान भएका थिए । सो वर्ष भूकम्पका कारण बढी ट्रान्जिट भएको विमानस्थल व्यवस्थापनको भनाइ छ । तर, सन् २०१६ मा भने भारतको नाकाबन्दीपछि नेपालमा इन्धनको चरम अभावका समयमा त्रिभुवन विमानस्थलबाट सबैभन्दा बढी ट्रान्जिट उडान भएको तथ्यांकले देखाएको छ । यस वर्ष जनवरी (पुस-माघ)मा सर्वाधिक ट्रान्जिट भएका छन् । यस समय नेपालमा इन्धनको चरम अभाव थियो । सोहीकारण नेपालमा यात्रु कम थिए भने जहाजहरूलाई प्राविधिक उडान गनुपर्ने बाध्यता थियो ।
के हो ट्रान्जिट उडान
एक गन्तव्यबाट उडेको जहाज लक्षित गन्तव्यमा नपुग्दै बीचको अर्को गन्तव्यमा पुगी रोकेर केही समयको विश्रामपछि पुनः उडान गरी लक्षित गन्तव्यमा पुग्छ भने बीचमा रोकिएको अवस्थालाई ट्रान्जिट मानिन्छ । सामान्यतया सीधा उडान सम्भव नभएका गन्तव्यमा पुग्दा, साना जहाजमा इन्धन भर्न र यात्रु झार्ने तथा थपघट गर्ने प्रयोजनका लागि ट्रान्जिट उडान गरिन्छ । उदाहरणका लागि काठमाडौंबाट अमेरिकाका लागि उडेको चाइना इस्ट्रनको जहाज चीनको कुनमिङ र चीनकै सांघाईमा ट्रान्जिट पछि मात्र अमेरिका पुग्ने गर्छ ।

नेपालमा ट्रान्जिट उडानको अनुमति छैन
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि वायुसेवालाई ट्रान्जिट उडानको अनुमति दिएको छैन । तर, आकस्मिक अवस्थामा प्राविधिक अवतरण गर्नुपर्ने भएमा भने विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका वायुसेवाले अवतरण गर्न सक्छन् । ‘टिआईमा अहिलेसम्म कुनै पनि वायुसेवा कम्पनीलाई ट्रान्जिट उडानको अनुमति छैन,’ विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘यस वर्ष भने नाकाबन्दीको समयमा असहज परिस्थिति उत्पन्न भएपछि दिइएको हुन सक्छ ।’

टिआएमा २७ हजार उडान–अवतरण
एक वर्षको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ वायुसेवा कम्पनी तथा विशेष उडानमा आएका जहाजहरूमार्फत २७ हजार १ सय १८ वटा उडान भएका छन् । सन् २०१६ मा त्रिभुवन विमानस्थलबाट १३ हजार ५ सय ६० उडान तथा १३ हजार ५ सय ५८ अवतरण भएको तथ्यांकमा उल्लेख छ । यी उडान अवतरणमार्फत कुल ३५ लाख १० हजार ७ सय ४२ जना यात्रुले हवाईयात्रा गरेका छन् । नेपालमा व्यावसायिक उडान गरिरहेका २८ कम्पनीमध्ये नेपाल वायुसेवा निगमले सर्वाधिक ३ हजार १ सय ५१ उडान–अवतरणमार्फत ३ लाख ८४ हजार ३ सय २७ जना यात्रुलाई सेवा दिएको छ ।

कुन वर्ष कति ट्रान्जिट उडान
सन् २०१२ : ३४२
सन् २०१३ : २२३
सन् २०१४ : २८४
सन् २०१५ : ३२९
सन् २०१६ : १२२
सन् २०१२ : ३४२
सन् २०१३ : २२३
सन् २०१४ : २८४
सन् २०१५ : ३२९
सन् २०१६ : १२२
कुन महिनामा कति ट्रान्जिट उडान ?
जनवरी : ११५
फेब्रुअरी : २
मार्च : १
अप्रिल : २
मे : १
जुन : १
वायुसेवाका कति ट्रान्जिट उडान ?
फ्लाइ दुबई : ११५
थाई एयरलाइन्स : ७
स्रोत : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

http://www.enayapatrika.com/2017/02/18/126611/
Comments
Post a Comment