दुर्घटनाको दुई सातापछि छानबिन आयोग
अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, २० असोज
पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत हवाई क्षेत्रलाई नियमन गरिरहेका हाकिमहरू लामो विदेश भ्रमणमा निस्किएपछि हवाई दुर्घटना छानबिन आयोग गठन प्रभावित भएको छ । नेपालमा गम्भीर प्रकृतिका हवाई दुर्घटना भएपछि सोही दिन या अर्को दिन नै छानबिन आयोग गठन गरी अनुसन्धान थाल्ने प्रचलन छ । तर, ८ असोजमा भैरहवा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको यति एयरलाइन्सको जहाजबारे छानबिन गर्न भने दुई सातापछि बुधबार आयोग गठन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेका अनुसार मंगलबारको निर्णयअनुसार छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो । काठमाडौंबाट भैरहवाका लागि उडेको यति एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको थियो । जहाजमा सवार यात्रु तथा चालक दलका सदस्य भने सकुशल रहेको थिए ।
किन प्रभावित भयो ?
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ३९औँ महासभामा भाग लिन नेपालको हवाई उद्योगको नियमनकारी निकायका अधिकांश हाकिम क्यानडामा छन् । यस टोलीमा पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम सहभागी छन् । साथै मन्त्रालयमातहतको हवाई उद्योग व्यवस्थापन विभाग र हवाई सुरक्षा विभागका नेतृत्वकर्ता सहसचिव पनि सोही कार्यक्रमका दौरान विदेशमा छन् । टोलीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकसमेत साथमा छन् । मन्त्रालय स्रोतका अनुसार मन्त्रीसहित हवाई क्षेत्रतर्फका सबै हाकिम विदेशमा भएपछि दुर्घटना छानबिन प्रभावित भएको हो । ‘अन्य प्राविधिक कारण पनि हुन सक्छ,’ मन्त्रालयका एक अधिकारीले भने, तर, मन्त्रालयमा हवाई क्षेत्र हेर्ने विभागका प्रमुखहरू नै नभएपछि छानबिन आयोग गठनमा ढिलाइ भएको हो ।’ आइकाओले नेपालमा दुर्घटनापछिको अनुसन्धान प्रभावकारी हुन नसकेको बताउँदै आएको छ ।

को–को छन् आयोगमा
मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा चार सदस्यीय छानबिन आयोग गठन गरेको छ । आयोगमा वरिष्ठ इन्जिनियर (गोमा एयर) रमेशकुमार सिंह र वरिष्ठ पाइलट (नेपाल वायुसेवा निगम) सदस्य छन् । सदस्यसचिवको जिम्मेवारी मन्त्रालयका उपसचिव हरिबहादुर खड्कालाई दिइएको छ । आयोगले ७५ दिनभित्र दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस प्रकारका दुर्घटना हुन नदिने सुझाबसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको छ ।

क्यानाडाको संसद्मा मन्त्री शाहीको सम्बोधन
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को महासभामा भाग लिन गएका पर्यटनमन्त्री जीवनबहादुर शाहीले क्यानाडाको संसद्लाई सम्बोधन गरेका छन् । क्यानाडाको हाउस अफ कमन्सका सदस्य जेन ताङको निमन्त्रणामा मन्त्री शाहीले यो अवसर प्राप्त गरेको बताइएको छ । सोही अवसरमा नेपाल–क्यानाडा संसदीय मैत्री संघसमेत गठन गरिएको मन्त्री शाहीको सचिवालयले उल्लेख गरेको छ ।

Comments
Post a Comment