अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, ४ कात्तिक
१२ वैशाख ०७२ को भूकम्पबाट प्रभावित देशभरका होटेलमध्ये ९९ प्रतिशत पुनः सञ्चालनमा आइसकेका छन् । भूकम्प प्रभावित जिल्लामा क्षति पुगेका करिब १ हजार ५ सय सानाठूला होटेलमध्ये अधिकांश सञ्चालनमा आइसकेको होटेल संघ नेपाल (हान)ले जानकारी दिएको छ । हानका अध्यक्ष अमरमान शाक्यका अनुसार राजधानीमा पाँचतारे होटेल एभरेस्ट र ठमेलस्थित बजेट होटेलबाहेक सबै होटेल सञ्चालनमा छन् । ‘कतिपय होटेलले भत्किएका पुराना संरचना हटाएर पुनर्निर्माण गरिसकेका छन्,’ उनले भने, ‘कतिपय होटेल भने भत्किएका संरचना थाती राखेर आंशिक रूपमा भए पनि सञ्चालनमा छन् ।’

ध्वस्तै भएको थियो बजेट होटेल
भूकम्पका कारण ठमेलस्थित बजेट होटेलमा सबैभन्दा ठूलो क्षति भएको थियो । उक्त होटेलमा स्वदेशी तथा विदेशी गरी नौजनाले ज्यान गुमाएका थिए ।

रातो स्टिकर लागेको एभरेस्ट उठ्नै सकेन
भूकम्पपछि प्रभावित होटेलहरूको अनुगमनका क्रममा जोखिमपूर्ण पाइएपछि काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटेलमा सहरी विकास तथा भवन निर्माण विभाग र पर्यटन विभागले रातो स्टिकर टाँसेको थियो । त्यसयता होटेल पूर्णतया बन्द छ । रातो स्टिकर टाँस्नासाथ बन्द भएको होटेलले संरचना पुनर्निर्माणका लागि कुनै पहल नै नगरेका कारण एभरेस्ट बन्द हुनुमा आन्तरिक कारण हुन सक्ने विभागका अधिकारीहरू बताउँछन् ।

‘अन्य धेरै स्थानका होटेल पुनर्निर्माणपछि सञ्चालनमा आइसकेका छन्,’ विभागका प्रवक्ता दुर्गादत्त ढकालले भने, ‘रातो स्टिकर टाँसेपछि उठ्नै नसक्ने एभरेस्टमा भने भूकम्पभन्दा अन्य कारण हुन सक्छन् ।’ ढकालका अनुसार ललितपुरस्थित गोदावरी रिसोर्ट आंशिक रूपमा सञ्चालनमा छ । भूकम्पपछि बन्द भएका ९९ प्रतिशत होटेल सञ्चालनमा रहेको र छिटपुट बन्द भएका होटेलले पुनर्निर्माण गर्नुभन्दा नियतवश बन्द गर्ने मनसाय राखेको हुन सक्ने अनुमान सरोकारवालाको छ ।
राजधानीका दुईमा रातो स्टिकर
भूकम्पपछि पर्यटन विभाग र सहरी विकास तथा भवन निर्माण विभागको अनुगमनका क्रममा अधिकांश होटेल सुरक्षित पाइएका थिए । त्यसवेला एभरेस्ट होटेल र अन्नपूर्ण होटेलस्थित क्यासिनो अन्नाको भवनमा रातो स्टिकर टाँसिएको थियो । अन्नपूर्णले अन्नाको भवन भत्काइसकेको छ ।

कति भएको थियो क्षति ?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार भूकम्पबाट पर्यटनमा मात्र करिब ४३ अर्ब ९९ करोड रुपैयाँबराबरको क्षति भएको थियो । त्यसमध्ये होटेलको मात्र क्षति १६ अर्ब रुपैयाँ हाराहारी थियो । यो क्षति होटेलले गर्ने आम्दानीसमेत अनुमान गरी निकालिएको थियो । मन्त्रालयका अनुसार देशभर १ हजार ५ सय ५९ होटेलमा क्षति पुगेको थियो । साथै, ३ सय ४४ वटा होमस्टेसमेत भूकम्पबाट प्रभावित भएका थिए ।

कुन जिल्लाका कति होटेलमा क्षति ?
रसुवा : ३ सय ६७
काठमाडौं : ३ सय
सोलुखुम्बु : २ सय १०
दोलखा : १ सय ३०
धादिङ : १ सय २७
गोरखा : १ सय १४
भक्तपुर : १ सय ११
सिन्धुपाल्चोक : १ सय
काभ्रे : ५०
ललितपुर : ५०
रसुवा : ३ सय ६७
काठमाडौं : ३ सय
सोलुखुम्बु : २ सय १०
दोलखा : १ सय ३०
धादिङ : १ सय २७
गोरखा : १ सय १४
भक्तपुर : १ सय ११
सिन्धुपाल्चोक : १ सय
काभ्रे : ५०
ललितपुर : ५०

Comments
Post a Comment