नयाँ पत्रिका
काठमाडौं,२० कात्तिक
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको अन्तिम दिन शुक्रबार दुईपटक गरी करिब पौने दुई घन्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । भिभिआइपी उडानका कारण विमानस्थल बन्द भएको हो ।

शुक्रबार बिहान जनकपुर प्रस्थान गर्ने क्रममा १० बजेदेखि १०ः४० सम्म विमानस्थल बन्द गरिएको थियो । राष्ट्रपति मुखर्जी जनकपुरबाट सीधै पोखरा गएका थिए । पोखराबाट काठमाडौं फर्किएपछि शुक्रबार सा“झ नै उनी दिल्ली फर्किएका छन् । भारतीय वायुसेवाको बोइङ७३७ जहाजबाट साँझ ६ बजे मुखर्जी दिल्ली फर्किएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।
उनी आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पार्किङ गरिएको थियो । भारतीय सञ्चारकर्मी तथा अन्य सहभागीका लागि भने एयर इन्डियाको जहाज चार्टर्ड गरिएको थियो । शुक्रबार साँझ ४ः५८ बजेदेखि ६ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।
व्यवस्थापन गर्न हम्मेहम्मे
नेपालमा चाडबाडको समय भएकाले आन्तरिक तथा बाह्य उडानको चाप रहेका वेला भिभिआइपी उडान व्यवस्थापन गर्न विमानस्थललाई हम्मेहम्मे परेको अधिकारीले जनाएका छन् । ‘विमानस्थलमा एकातर्फ ठूला जहाजलाई पार्किङको अभाव छ भने अर्कोतर्फ यात्रुको चाप अत्यधिक छ,’ प्रवक्ता ठाकुरले भने, ‘त्यसैले व्यवस्थापन गर्न निकै कठिन भयो ।’ त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ ९ वटा पार्किङ वे छन् । त्यसमध्ये एउटा नियमित मर्मतमा रहेकाले पार्किङ समस्या उच्च रहेको व्यवस्थापनका अधिकारीको गुनासो छ ।

जनकपुर–पोखरा सीधा उडान
बुद्ध एयरले बुधबार जनकपुर पोखरा रुटमा सीधा उडान गरेको छ । भारतीय राष्ट्रपतिसहितको टोलीलाई लिएर बुद्धले यस रुटमा चार्टर्ड उडान गरेको हो । काठमाडौंबाट जनकपुर गएको राष्ट्रपति मुखर्जीको टोली त्यहाँबाट सीधै पोखरा पुगेको थियो । पोखराबाट सकुसल काठमाडौं फिर्ता भएपछि भिभिआइपी उडान सफलतापूर्वक सम्पन्न गरिएको बुद्ध एयरका बजार तथा बिक्री निर्देशक परासरजंग पाण्डेले जानकारी दिए ।

राष्ट्रपतिलाई मायाको चिनो
भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पोखरा विमानस्थलमा बुद्ध एयरको तर्फबाट मायाको चिनो प्रदान गर्दै बुद्ध एयरका प्रशिक्षक पाइलट रन्जनकुमार शर्मा । राष्ट्रपति मुखर्जीसहितको टोलीलाई बुद्ध एयरको दुई जहाजले काठमाडौं–जनकपुर–पोखरा–काठमाडौं रुटमा चार्टर्ड उडान गरेको थियो । जहाजलाई वरिष्ठ पाइलट शर्मा र सुनील गुरुङले उडाएका थिए ।

Comments
Post a Comment