अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, १ मंसिर
२१ दिनमा ३१ वटा ‘अनक्लाइम्ड माउन्टेन (आरोहण नभएका)’ हिमाल आरोहण गरी विश्व कीर्तिमान बनाएको दाबी गर्ने अमेरिकी नागरिक सिन बर्चबारे सरकारले छानबिन गर्ने भएको छ । बर्चले २६ कात्तिकमा नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी आफूले २१ दिनभित्र ३१ वटा हिमाल आरोहण गरी कीर्तिमान बनाएको दाबी गरेका थिए । उनको दाबी सार्वजनिक भएसँगै पर्यटन विभागको ध्यानाकर्षण भएको प्रवक्ता दुर्गादत्त ढकालले जानकारी दिए ।

खासगरी उनले चढेका दाबी गरेका केही हिमाल आरोहण गर्न विभागबाट अनुमति लिनुपर्नेमा त्यो नपाइएको र २१ दिनमा ३१ हिमाल आरोहण प्राविधिक कारणले पनि सम्भव नहुने भन्दै विभागले छानबिनको तयारी गरेको हो । ‘अहिलेसम्म सिन बर्चसँग सम्पर्क हुन सकेको छैन,’ ढकालले भने, ‘पर्वतारोहण शाखालाई के भएको रहेछ भन्नेबारे बुझ्न आग्रह गरिएको छ ।’
विनापरमिट आरोहण
सिन बर्चले आफ्नो फेसबुक पेजमा हुम्लामा पर्ने चन्डी हिमाल र चाङ्ला हिमाल आरोहण गरेको तस्बिर पोस्ट गरेका छन् । तर, यी हिमालको कुनै पनि आरोहीले रुट परमिट नलिएको पर्यटन विभागले जानकारी दिएको छ । ‘यी हिमालको जारी सिजनमा कुनै पनि आरोहीले परमिट लिएको तथ्यांक छैन,’ विभागका एक अधिकारीले भने ।

‘चाङ्ला हिमाल कम्तीमा तीनजना नेपाली आरोहीविना चढ्न नपाइने स्तरको हिमाल हो,’ उनले भने, ‘यसअनुसार यो हिमालमा पनि गैरकानुनी आरोहण भएको देखिन्छ ।’ बर्चले यी हिमाल सोलो आरोहण गरेको भन्दै प्रचार–प्रसार गरेका थिए । सरकारले सुदूरपश्चिम तथा मध्यपश्चिममा रहेका हिमाल आरोहण गर्दा दस्तुर लिँदैन । तर, आरोहणको परमिट भने अनिवार्य हुन्छ । परमिट लिँदा कामदारको बिमा तथा फोहोर व्यवस्थापनका लागि धरौटी पनि सँगै तिरेको हुनुपर्छ ।
आरोहण नै नखुलेको हिमाल चढेको दाबी
सिन बर्चले ३१ हिमाल चढेको दाबी गरे पनि तीनवटा हिमालको नाम भने प्रेस रिलिजमार्फत सार्वजनिक गरेका थिए । चन्डी, चाङ्ला र काङनुन हिमाल आरोहणको दाबी गरेका उनले अन्य हिमालको नाम लुकाएका छन् । यसमध्ये काङनुन हिमाल अहिलेसम्म सरकारले पर्वतारोहणका लागि खुला नै नगरेको हिमाल हो ।

के छ कानुनी प्रावधान
पर्यटन विभागको पछिल्लो तथ्यांकअनुसार नेपालमा ४ सय १४ वटा हिमाल आरोहणका लागि खुला भएका छन् । पर्वतारोहणका लागि खुला नगरिएको कुनै हिमाल आरोहण गरेमा या त्यसको प्रयास गरेमा ५ वर्षसम्म नेपाल प्रवेशमा रोक र १० वर्षसम्म नेपालमा पर्वतारोहण गर्न रोक लगाउने प्रावधान छ । खुला नगरिएको हिमाल चढे सगरमाथा आरोहण गर्दा लाग्ने रकमबराबरको दस्तुर जरिवानास्वरूप तिर्नुपर्ने पर्यटन ऐनमा उल्लेख छ ।

चढेको दाबी गरेका हिमाल बिक्न गाह्रो हुन्छ
विनापरमिट आरोहणको हल्ला फिँजाएपछि उनले चढेको दाबी गरेका हिमाल अब बिक्न गाह्रो हुने पर्यटन विभागको भनाइ छ । ‘एकपटक पनि नचढेको हिमालमा पहिलो पाइला टेक्नु धेरै आरोहीको सपना हुन्छ,’ विभागका एक अधिकारीले भने, ‘तर, एउटै व्यक्तिले ३१ हिमाल चढेको दाबी गरेपछि ती हिमाल अब बिक्न कठिन हुन्छ ।’

कञ्चनजंघा हीरक महोत्सवको तयारी पूरा
विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजंघा हिमाल आरोहणको ६० वर्ष पूरा भएको उपलक्ष्यमा मनाइने कञ्चनजंघा हीरक महोत्सवको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । २५ मे १९५५ मा यो चुचुरोको पहिलो आरोहण भएको थियो । महोत्सवका अवसरमा यो हिमाल आरोहण गर्ने पर्वतारोहीको सम्मान, सरसफाइ तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । ताप्लेजुङको सुकेटारमा आयोजना हुने विशेष कार्यक्रम ७ देखि ९ मंसिरसम्म सञ्चालन हुँदै छ । महोत्सव अवधिभर करिब ५० हजार आन्तरिक तथा बाह्य पर्यटक सुकेटार पु¥याउने लक्ष्य लिइएको कञ्चनजंघा हीरक महोत्सव २०१६ आयोजक समितिका संयोजक छोवाङ शेर्पाले जानकारी दिए ।

Comments
Post a Comment