अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, २६ कात्तिक
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई दुईवटा वाइडबडी जहाज बेच्न ११ कम्पनी इच्छुक देखिएका छन् । निगमले ४५ दिनको समय दिएर १० असोजमा बोलपत्र आह्वान गरेको थियो ।

बुधबार राति १२ बजेसम्मको अवधिमा प्राप्त भएका बोलपत्र निगमले बिहीबार खोलेको छ । दुई एयरबडी जहाज खरिद गर्न ११ वटा कम्पनीको आवेदन परेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । निगमले आफ्नो इतिहासमै पहिलोपटक वाइडबडी जहाज खरिद गर्दै छ ।
८ असोजमा बसेको सञ्चालक समितिको बैठकले दुईवटा वाइडबडी जहाज किन्ने निर्णय गरेको थियो । सोहीअनुसार १० असोजमा खरिद गर्न चाहेको जहाजबारे विस्तृतमा उल्लेख गर्दै बोलपत्र आह्वान गरिएको थियो ।
मूल्यांकन समिति गठन
निगम व्यवस्थापनले प्राप्त बोलपत्रबाट मूल्यांकन गरी अन्तिम कम्पनीका रूपमा एउटा छनोट गर्न मूल्यांकन समिति गठन गरेको छ । ११ सदस्यीय समितिले हरेक कम्पनीबाट प्राप्त आशयपत्रको अध्ययन गरी अन्तिम निर्णयका लागि सिफारिस गर्ने महाप्रबन्धक कंसाकारले जानकारी दिए ।

‘मूल्यांकन समितिले यी सबै कम्पनीको प्रस्तावलाई एक–एक पाना गरी अध्ययन गर्छ,’ उनले भने, ‘त्यसपछि अन्तिम छनोटका लागि सिफारिस गर्नेछ ।’ मूल्यांकन समितिको सिफारिस आएपछि सञ्चालक समितिमार्फत वाइडबडी जहाज किन्ने कम्पनीको टुंगो लगाइने कंसाकारको भनाइ छ ।
स्रोत व्यवस्थापन कसरी हुन्छ ?
निगमका अनुसार वाइडबडी जहाज किन्ने प्रयोजनका लागि ऋण लिन विभिन्न निकायसँग छलफल भइरहेको छ । ‘कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष तथा निजी बैंक पनि ऋण दिन तयार छन्,’ महाप्रबन्धक कंसाकारले भने, ‘छलफल जारी छ, कुन निकायबाट ऋण लिने भन्ने टुंगो भने लागिसकेको छैन ।’

निगमले दुईवटा वाइडबडी जहाज जहाज किन्ने र त्यसका लागि २५ अर्ब रुपैयाँ आवश्यक पर्ने प्रस्तावमा जमानी बस्न आग्रह गर्दै अर्थ मन्त्रालयमा पत्र पठाएपछि ऋण लगानीकर्ताका थुप्रै प्रस्ताव आएको बताएको छ । निगमले सबैभन्दा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने संस्था तथा कम्पनीबाट जहाज किन्न ऋण लिनेछ । निगमले अहिले व्यावसायिक उडान गरिरहेका दुईवटा एयरबस ३२० जहाज किन्ने क्रममा कर्मचारी सञ्चय कोषले १० अर्ब रुपैयाँ लगानी गरेको थियो ।
सरकार जमानी बस्दै छ
निगमले माघ ०७२ मा अन्तर्राष्ट्रियतर्फ चार र राष्ट्रियतर्फ चार गरी थप आठ जहाज खरिद गर्न प्रक्रिया थाल्ने निर्णय गरेको थियो । सोहीबमोजिम निगमले ११ माघमा निगम सुधारका तीन वर्षे कार्ययोजनासहित वाइडबडी जहाज खरिद गर्नेसम्बन्धी टाइमलाइन सार्वजनिक गरेको थियो । प्रक्रियाबमोजिम जमानी बस्न आग्रह गर्दै निगमले अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो । भदौ अन्तिम सातादेखि अर्थ मन्त्रालयले निगमको जहाज खरिदसम्बन्धी योजनालाई प्राथमिकता दिँदै प्रक्रिया अगाडि बढाएको थियो । सोहीबमोजिम नेपाल सरकार जमानी बस्न तयार भएपछि अन्ततः निगम जहाज खरिदको अन्तिम प्रक्रियामा पुगेको हो ।

कुन जहाज किन्दै छ निगम ?
युरोपेली जहाज निर्माता कम्पनी एयरबसको जहाज खरिद गर्दै छ । निगमले एयरबस ३३०–२०० मोडलको जहाज खरिद गर्ने योजनासहित बोलपत्र आह्वान गरेको थियो । जहाजमा २ सय ६० देखि २ सय ८० सिटसम्म रहनेछन् । जहाज २०१४ पछि निर्माण भएको हुनुपर्नेछ । बढीमा १ हजार घन्टासम्म मात्र उडेको जहाज खरिद गर्ने योजना निगमको छ । निगमले उडान सुरक्षालाई ध्यानमा राखी खरिदका लागि स्वीकृत वाइडवडी विमानमा ‘रोल्स र्वायस ट्रेन्ट ७७२ वी इन्जिन’ हुनुपर्ने प्रावधान राखेको छ । यी जहाजले एक उडानमै १० घन्टासम्मको दूरी पार गर्न सक्ने क्षमता राख्छन् ।

लक्ष्य के छ ?
निगमले अहिले एयरबस कम्पनीका २ न्यारोबडी जहाज र एउटा बोइङ ७५७ बाट पाँच मुलुकका ८ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्छ । वाइडबडी विमान ल्याइसकेपछि काठमाडौंबाट लामो दूरीका गन्तव्यसँगै थप क्षेत्रमा उडान गर्न सकिने निगमले उल्लेख गरेको छ । निगमका अनुसार एयरबस ३२०–२०० न्यारोबडी सेवामा लगाएपछि अन्तर्राष्ट्रियतर्फ निगमको बजार हिस्सा ५ प्रतिशतबाट बढेर १० प्रतिशत पुगेको छ । दुई वाइडबडी आएपछि बजार अंश १६ प्रतिशत पुग्ने अपेक्षा निगमको छ ।

यी हुन् प्रस्ताव पेस गर्ने कम्पनी
- के एल एरो पार्टस
- केजेटी इन्भेस्टमेन्ट एन्ड वान वल्र्ड क्लोजआउट्स लिमिटेड
- रोन मोट्टा एन्ड एसोसिएट्स एयरक्राफ्ट सेल्स एन्ड पार्टस्
- एयरक्राफ्ट इन्भेस्टमेन्ट ग्रुप
- क्राउन कमर्सियल सर्भिसेज लिमिटेड
- सिनर्जी एरोस्पेस
- एसटी एरोस्पेस
- ली ग्रुप डेल्टा
- एएआर कर्पोरेसन
- सूर्य एयर सपोर्ट
- रोल्स रोएस

Comments
Post a Comment