अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, १६ असोज
काठमाडौं, १६ असोज
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल शनिबार एक घन्टा बन्द भएको छ । धावनमार्गको नियमित मर्मतसम्भारमा ढिलाइले विमानस्थलमा उडान अवतरण रोकिएको हो ।
बिहान ६ बजेदेखि एक घन्टा विमानस्थल बन्द गरिँदा दुई जहाज आकासमै होल्ड गरिएको थियो भने एउटा जहाज डाइभर्ट गरिएको भयो । विमानस्थल बन्द भएपछि टर्किस एयर र नेपाल एयरलाइन्सको जहाज आकासमै होल्ड गरिएको थियो । फ्लाई दुबईको जहाजलाई भने लखनउ डाइभर्ट गरिएको विमानस्थल व्यवस्थापनले जानकारी दिएको छ । जहाज होल्ड या डाइभर्ट गर्नुपर्दा एउटै उडानमा कम्पनीले ठूलो घाटा बेहोर्नुपर्छ ।
अब रातको १२ बजेपछि आएका विमान अनिवार्य डाइभर्ट
सामान्यतया त्रिभुवन विमानस्थल रातको १२ बजेदेखि बिहान ६ बजेसम्म बन्द हुन्छ । तर, पछिल्लो समय नेपाल एयरलाइन्सका जहाज विभिन्न गन्तव्यबाट आइपुग्दा ढिला हुने भएकाले डेढ घन्टासम्म खुल्ने गरेको थियो । शनिबार भत्काइएको धावनमार्ग मर्मतको काम पूरा हुन नसकेर उडान प्रभावित भएपछि रातको १२ बजेपछि आउने सबै विमान अनिवार्य डाइभर्ट गर्नुपर्ने निर्णय व्यवस्थापनले गरेको छ ।

वर्षाको संकेत पाए मर्मत नगर्ने
शनिबार वर्षाले मर्मत प्रभावित भएपछि विमानस्थलले साँझ वर्षा हुने संकेत पाएमा त्यस रात मर्मत नगर्ने निर्णय गरेको जानकारी दिएको छ । तीन हजार मिटर लामो र ६० मिटर चौडा धावनमार्ग मर्मतमा अझै एक महिना समय लाग्ने अनुमान गरिएको छ । एउटा मात्र धावनमार्ग रहेको र सबै प्रकारका विमान उडान–अवतरण गर्नुपर्ने बाध्यताले त्रिभुवन विमानस्थलको धावनमार्ग पटकपटक उप्किने र उडान–अवतरण प्रभावित हुने गरेको छ । यो धावनमार्गको क्षमता अहिले दुई सय टनसम्म रहेको बताइन्छ । भूकम्पका वेला विमानस्थल व्यवस्थापनले एक सय ९६ टनभन्दा बढी भारका विमान आउन रोक लगाएको थियो ।

एउटा एप्रोन मर्मतमा गएपछि पार्किङ अभाव
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रियतर्फ पार्किङको अभाव भएपछि नेपाल वायुसेवा निगम र हिमालयन एयरबाहेक आएका सबै विमानलाई उसकै गन्तव्यमा फर्काउनुपर्ने बाध्यता नेपालको छ । सोही कारण व्यस्त तालिकामा विमानस्थल सञ्चालन हुने गरेको छ । विमानस्थलमा अहिले नौ वटा एप्रोन (जहाज पार्किङ स्थल) छन् । त्यसमध्ये एउटा नियमित मर्मतमा छ । विमानस्थलले १ देखि ३ नम्बर एप्रोनमा वाइड बडी र ४ देखि ९ नम्बर एप्रोनमा न्यारो बडी जहाज पार्किङ गर्दै आएको छ ।

- जहाजको चाप थेग्नै सकेन त्रिभुवन विमानस्थलले
आन्तरिक तथा बाह्य उडानमा जहाजका चाप बढेपछि व्यवस्थापन गर्न विमानस्थललाई समस्या परेको छ । चाडबाडसँगै नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय जहाज र आन्तरिक उडानको संख्यामा भारी वृद्धि भएको छ । जसले गर्दा विमानस्थल व्यवस्थापन गर्न हम्मेहम्मे परेको विमानस्थलका एक अधिकारीले जानकारी दिए । विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक ७० भन्दा माथि उडान–अवतरण तथा आन्तरिकतर्फ तीन सय वटासम्म उडान–अवतरण हुने गरेका छन् । ‘विमान तथा यात्रुको चाप थेग्नै मुस्किल परेको छ,’ उनले भने, ‘साँघुरो भौतिक संरचनाका बीचमा अत्यन्त चुनौतीपूर्ण तरिकाले विमानस्थल सञ्चालन गरिरहेका छौँ ।’ धावनमार्ग मर्मत चलिरहेकाले विमानस्थलमा उडान–अवतरणमा अझै समस्या हुने गरेको छ, जसका कारण जहाज डाइभर्ट गर्नुपर्ने तथा आकासमै होल्ड गर्नुपर्ने समस्या बारम्बार देखिइरहेको छ किन दोहोरिन्छ समस्या ? - एक मात्र धावनमार्ग
- जहाज र यात्रुको चाप
- पुरानो र साँघुरो संरचना
- वैकल्पिक विमानस्थल अभावसन् १९७५ मा दुई हजार मिटरबाट तीन हजार मिटर पु-याइएको धावनमार्ग त्यसपछि भने मर्मत मात्रै हुँदै आएको छ । धावनमार्ग मर्मत गर्दा दैनिक निश्चित दूरीको उप्काउने, टाल्ने र सुकाउने गरिन्छ । तीन दशकअघिको यात्रु चापलाई आधार मानेर बनाइएको संरचना विस्तार नगर्ने र वैकल्पिक विमानस्थल निर्माणमा केन्द्रित नभएपछि एक साथ धेरै समस्या देखिएको व्यवस्थापनका अधिकारीहरू बताउँछन् ।संरचनाको अभाव छ
प्रेमनाथ ठाकुर, विमानस्थलका प्रवक्ता
स्थान र संरचनाको अभावले विमानस्थल व्यवस्थापनमा धेरै चुनौती छन् । यहाँ आउने विमान र यात्रुलाई अहिलेकै संरचनाले थेग्न मुस्किल छ । धेरै आवश्यकताको अभावका बीच पनि हामीले सेवा दिनुपरेको छ ।

Comments
Post a Comment