अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, २१ कात्तिक
दुई साताअगाडि मुस्ताङ यात्रा गर्न राजधानीबाट निस्किएका तीनजना युवाको एक टोली गन्तव्यसम्म नपुगी फर्कियो । सार्वजनिक यातायातमार्फत मुस्ताङ हिँडेको उक्त टोली मुस्ताङ पुग्न लाग्ने समय र खर्चको अतिरिक्त जोहो नगरी गएका कारण बाटोमा एक दिन अवरोध आएपछि गन्तव्यमा नपुगी फर्कनुपरेको हो । उक्त टोली पोखरा झरेपछि हवाईमार्गबाट काठमाडौं फर्कने योजनामा थियो । तर, आजको भोलि नै हवाई टिकट उपलब्ध हुन नसकेपछि टोलीका एक सदस्यले सामाजिक सञ्जालमार्फत व्यवसायीले विदेशी पर्यटकभन्दा नेपालीलाई कम प्राथमिकता दिएको भन्दै आक्रोश पोखे ।

आन्तरिक गन्तव्यमा घुमफिर गर्ने नेपालीको संख्या बढेसँगै ती गन्तव्यमा आन्तरिक पर्यटकलाई प्राथमिकता नदिइएको गुनासो हरेक वर्ष सुनिन्छ । तर, आन्तरिक पर्यटक प्याकेज किनेर योजनाबद्ध घुमफिरमा जानुको साटो अन्धाधुन्ध निस्कँदा समस्या आउने गरेको व्यवसायीहरू बताउँछन् । ‘नेपालीहरू आन्तरिक गन्तव्यमा प्याकेज किनेर जाँदा मूल्य महँगो पर्ने भ्रममा हुन्छन्,’ सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष यम खड्का भन्छन्, ‘तर, गन्तव्यमा पुगिसकेपछि ठगिने, बास नपाउने र सास्ती भोग्नुपर्नेतर्फ भने ख्याल नै गर्दैनन् ।’
योजनाबद्ध रूपमा घुम्दैनन् नेपाली
सन् २०१७ मा नेपाल आउने गरी विभिन्न मुलुकका नागरिकले नेपालका तारे होटेलहरूमा अग्रिम बुकिङ गरिसकेका छन् । होटेल संघ नेपालका अनुसार ठूला तारे होटेलका ६० देखि ६५ प्रतिशत कोठा अग्रिम बुकिङ भइसकेका छन् । यसको मतलब विदेशीले घुमघामका लागि लामो समयदेखि योजना बनाउँछन् । तर, नेपाली भने आजको भोलि नै घुमफिरमा निस्कने प्रवृत्ति रहेको सरोकारवालाको अनुभव छ । सोट्टो नेपालका अध्यक्ष खड्काले भने, ‘आज चिया गफमा योजना बनाएर भोलि बिहानै आफ्नै घोडा, बाइकमा घुमफिरमा निस्कने अनि दुःख पाएपछि नेपालीलाई प्राथमिकता दिइएन भन्ने प्रचलन आन्तरिक पर्यटकमा छ ।’

अग्रिम बुकिङ गर्दैनन्
दुर्गम भेगका गन्तव्यमा पर्यटकको सेवाका लागि सीमित होटेल–रेस्टुरेन्ट रहेका हुन्छन् । पर्यटकीय सिजनमा ती होटेल–रेस्टुरेन्टमा विदेशी पर्यटकले अग्रिम बुकिङ गरेका हुन्छन् । ‘त्यसकारण अग्रिम बुकिङ नगरी पाइहालिन्छ नि भन्दै निस्कने धेरै आन्तरिक पर्यटक समस्यामा परेको देखिन्छ,’ होटेल संघ नेपालका कार्यकारी प्रमुख प्रवेश अर्याल भन्छन्, ‘पहिलाजस्तो अहिले छाला हेरेर कोठा दिन्नँ भन्ने प्रवृत्ति छैन ।’ यससँगै विनागाइड घुमफिरमा निस्किँदा पनि धेरै आन्तरिक पर्यटक अलपत्र पर्ने गरेको व्यवसायीहरू बताउँछन् । प्रतिरात ५० जना क्षमताको रारामा अन्धाधुन्ध ३ सय पर्यटक पुग्दा २ सय ५० जनाले स्वाभाविक रूपमा सास्ती भोग्नुपर्ने व्यवसायीहरू बताउँछन् । अग्रिम बुकिङपछि जाने आन्तरिक पर्यटकमा भने यस्तो समस्या नरहेको उनीहरूको भनाइ छ ।

अन्धाधुन्ध घुमफिरको जोखिम
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का महासचिव कर्ण लामाका अनुसार अहिले कुन नेपाली कहाँ घुमफिरमा छ भन्ने तथ्यांक कुनै पनि निकायसँग छैन । खासगरी व्यावसायिक रूपमा प्याकेज नलिई जाँदा आन्तरिक पर्यटकको सही तथ्यांक संकलन गर्न सकिएको छैन ।

यस अवस्थामा पदमार्ग या पर्यटकीय गन्तव्यमा हुने घटना–दुर्घटनाका वेला आकस्मिक उद्धार गर्न निकै चुनौती हुने उनले बताए । ‘नेपाल पर्यटन बोर्ड या टानबाट पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लिएर जाने विदेशी पर्यटकको सबै सूचना यी निकायसँग हुन्छ,’ उनले भने, ‘तर, नेपाली भने कहाँ कुन अवस्थामा छ कसैलाई पत्तो छैन ।’
टानले आन्तरिक पर्यटकलाई पनि टिम्सकै स्वरूपको कार्ड वितरणमा ल्याउनुपर्ने माग गर्दै आएको छ । यस्तो कार्डबाहक पर्यटक गन्तव्यमा ठगिने सम्भावना कम हुने महासचिव लामाले बताए ।

Comments
Post a Comment